मृतकप्रति श्रद्धाञ्जली एवं उद्धार कार्यमा लाग्न नेकपाको अपिल

समाचारदाता
भाद्र २७ रोल्पा

रोल्पाको थबाङ गाउँपालिका वडा नं.२ छेर्लोबाङमा पहिरो पुरिएर मृत्यु भएका परी घरवेटी थबाङ गा.पा. २ छेर्लाेबाङका २८ वर्षिय श्रीकुमारी बुढा र निजका ४ वर्षिय छोरा असल बुढामगरको मृत्युको खवरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन कमिटीले दुख व्यक्त गर्दै मृतकप्रति श्रद्दाञ्जली व्यक्त गरेको छ ।
२७ गते विहानको पानीले घर पुरिएको मानवीय तथा पशुचौपायको क्षतिभएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला संगठन कमिटीका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर र सचिव हरीप्रसाद घर्तीमगरले रोल्पा समाचार अनलाईनसंग फोनमा कुरा गर्दै मृतकप्रति श्रद्दाञ्जली व्यक्त गर्दै सोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । बेपत्ताहरुको खोजीकार्य उद्धार तत्काल गरी र पीडितलाई राहत प्रदान गरि दिनका लागि समन्धीत सबै सरोकारवाला निकायलाई अपिल गर्नुभएको छ ।

जिल्ला सचिव हरीप्रसाद घर्तीमगरले भन्नुभयोः–“मृतकप्रति पार्टीको तर्फबाट श्रद्धाञ्जली छ । परिवार्रति समवेदना साथै उद्धारकार्यमा लाग्नका लागि सम्पूर्ण कार्यकर्ताहरुलाई अपिल गर्दछु ।” साथै बेपत्ताहरुको खोजीकार्य गरी तत्काल राहत प्रदान गर्न सबैमा अपिल गर्नुभएको छ ।

You may also like