सुविधाप्रति समयमानै चनाखो भएर लाभ लिनबाट किन बञ्चित  ?   

रेशम वि.क

लिबाङ, रोल्पा

नेपालको एक दशकको सशस्त्र द्वन्द्वको समयमा आमा बुबा गुमाएका टुहुरा बाल बालिकाहरूलाई नेपाल सरकारमार्फत जिल्ला प्रशासन कार्यालय रोल्पाबाट बर्षनी टुहुरा बाल बालिकालाहरूलाई राहात स्वरूप प्रदान गर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट प्रत्येक वर्षमा प्रति व्यक्ति ६० हजार रूपैया प्रप्ता गर्दै आएका छन् । गत वर्ष १ सय ८० जना टुहुरा बाल बालिकाहरू सिफारिस भई सोही संख्यामा राहत आउँदै गरेको थियो । गत आर्थिक वर्षमा १ सय ८० जना मध्ये टुहुरा बालबालिकाहरूमध्ये १ सय ४ जना टुहुरा बालबालिकाले आफ्नो राहत प्राप्त गरेका थिए । त्यसैले पनि आर्थिक वर्ष २०७२÷०७३ को लागि टुहुरा बाल बालिकाहरूको संख्या घटेर १ सय ३४ जना टुहुरा बालबालिका लागि मात्र बजेट आएको थियो । अहिलेसम्ममा जिल्ला प्रशासन कार्यालय रोल्पामा राहात फुकवाका लागि ८० जना टुहुरा बालिबालिकाले निवेदन दिएर राहात फुकुवा भइसकेको छ । ति टुहुरा बालबालिकाहरूले आफ्नो राहात आफ्नो खातामा राखि सकेका छन् । बाँकी ५४ जना टुहुरा बालिकाहरूले राहत बुझ्नका लागि जिल्ला प्रशासन कार्यालय रोल्पामा निवेदन दिन आएका छैनन् । आर्थिक मसान्तको नजिक नजिक आइरहेको समयमा जिल्ला प्रशासन कार्यालय रोल्पाले जिल्लाका सामुदायिक रेडियो र पत्रपत्रिकाहरूमा राहात बुझ्न आउनका लागि नियमित सूचना प्रसार–प्रसारण गरिरहेका छन् तर सूचना पाउन नपाएर वा  चासो जिज्ञसा नभएर पनि होला नि शुक्रबारसम्ममा राहत प्राप्त गर्नका लागि निवेदन दिन आएका छैनन् ।

यस आर्थिक वर्षको राहत प्राप्त गर्नका लागि जिल्ला प्रशासन कार्यालय रोल्पाले आसर १५ गतेसम्म मात्र आफ्नो टुहुरो राहत प्राप्त गर्न सकिन्छ तर असार १५ गते भन्दा पछाडि आफ्नो राहत प्राप्त गर्नका लागि निवेदन दिन आए पनि सो राहत उपलब्ध गराउन नसक्ने जिल्ला प्रशासन कार्यालय रोल्पाले आफ्नो सूचनामा उल्लेख गरेकोे छ । प्रकाशित सूचना अनुसार सो वजेट फिरिज हुन्छ । फिरिज हुनु भनेको आउँदो आर्थिकको राहत घटाउनमा राहत बुझनु नआउनुले पनि प्रभाव पर्दछ । त्यसै नेपाल सरकारले द्वन्द्व प्रभावित टुहुरा बाल बालिकाहरूलाई पढ्न सँगसँगै आवश्यक पूर्ति गर्नका लागि प्रदान गरिएको राहत किन बुझन आउने ? यसका लागि टुहुरा बालबालिका र ति बाल बालिकाहरूको संरक्षकहरूको पनि सम्बन्धित निकायमा समन्वय सम्पर्क गरी बुझ्न पर्ने कर्तव्य दायित्व पनि हो ।  आर्थिक मसान्त अन्तिम हुने आझै  केही दिन बाँकी  छ । यि बाँकी दिनमा राज्यले दिएको सेवा सुविधाबाट कनै पनि पीडित टुहरा बाल बालिकाहरूलाई बञ्चित नगराऔं । राज्यबाट आएको सेवा सुविधालाई फिरिज कि गराउने आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गरौं । जसरी नेपाल सरकारले आफ्नो उद्देश्य अनुसार विनियोजित वजेटको महत्व र नेपाल सरकारको उद्देश्य पूरा गर्नमा सर्मपित हऔं ।

द्वन्द्वको समयमा बुबा आमा गुमाएका टुहुरा बाल बालिकाको तँ समस्यमा मौ बल्झिएका छन् भने  जिल्ला प्रशासन कार्यालय रोल्पाबाट प्राप्त गरिहेको जीवन निर्वाह भत्ता पनि ७६ जनामध्ये ६८ जनाले आफ्नो जीवन निर्वाह भत्ता प्राप्त गरी सकेका छन् भने बाँकी ८ जनाले आफ्नो जीवन निर्वाह भत्ता प्राप्त गर्न आएका छैन । सञ्चारमाध्यममा सूचना प्रवाह हुँदा हुँदै पनि किन समयमा नै आएन ? यसमा पक्कै पनि कुनै नै समयस्या भएको भन्ने कुराको अनुमान गर्न सकिन्छ । जिल्लाका सबै स्थानका बासिन्दाहरू सूचनाको पहुँच पुगेको छैन । सूचनाको पहँुच नपुगेका स्थानका व्यक्तिहरूलाई सूचना प्रवाह गरी राज्यको सेवा सुविधाबाट बञ्चित गराउनु हुँदैन र हुनु पनि हुन्न । आफुले पाउने सेवा सुविधा प्रति समयमा नै चनाखो हुनु पर्दछ यदि होइन भने फिरिज भएर जाने निश्चित हो । त्यसैले यस्ता राहत वा भत्ता सम्बन्धित गाउँ विकास समितिबाट वितरण गर्ने व्यवस्था गरिएमा नेपाली जानतालाई विभिन्न शीर्षकमा प्रदान गरिने सेवा सुवधिा प्रदान गरिने व्यावस्था गरिएमा कुनै पनि शीर्षकको वजेट फिरिज नहुने निश्चित छ । आगामी दिनमा सम्बन्धित निकायले गाउँ किास समितिबाट वितरणको व्यावस्थाका आवश्यक पर्ने  नीति निर्माण गरी कार्यन्वय  पक्षको ध्यान जान पनि आवश्यक हो ।

You may also like