जनपत्रकार संगठन, नेपाल जिल्ला समिति रोल्पाको अध्यक्षमा हर्क घर्तीमगर

जनपत्रकार संगठन, नेपाल जिल्ला समिति रोल्पाको अध्यक्षमा हर्क घर्तीमगर

This image has an empty alt attribute; its file name is j1-4.jpg


१३ भाद्र, रोल्पा । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्राको पक्षमा हाम्रो प्रतिवद्दता, मानव अधिकारको रक्षा र समाजिक उत्तरदायित्वका लागि जनपत्रकारिता’ भन्ने मुल नारा सहित जनपत्रकार संगठन, नेपाल जिल्ला समिति रोल्पाको तेस्रो जिल्ला सम्मेलन आज लिबाङमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी रोल्पा जिल्ला सेक्रेटरी दिनेश विक्रम चन्दले राज्यले भ्रष्ट कम्पनिहरूबाट राजश्व संकलन नगर्दा देशको विकासमा प्रभाव परेको अवस्थामा पार्टीको नेतृत्वमा ति भ्रष्ट कम्पनिहरूलाई कारवाही गर्दा राज्यबाट प्रतिबन्धित हुनु परेको भन्दै अपत्ति व्यक्त गर्नुभयो । उहाँले समाजको चरित्र अनुसार राजनीतिकदलहरू अगाडि बढ्न नसकेपछि नेतृत्व सफल नहुने धारणा व्यक्त गर्नुभयो । विज्ञान अनुसार सत्य तथ्यले कहिल्यै असफल नहुने भएकोले पार्टीले उत्पीडित जनताको एजेण्डा बोकेको हुँदा पार्टी सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
उहाँले रोल्पा जिल्लाको पत्रकारिता खोज, अनुसन्धान, सत्य, तथ्य हुनुपर्ने आवश्यकता औल्याउनुभयो । नेपाली समाजमा अमेरिका, वेलायत, जापन जस्ता मुलकका कुराहरू अनुसरण गरेर राष्ट्रको विकास सम्भव भएकोले राष्ट्रको मौलिकतामा मात्र परिवर्तन सम्भव भएको उहाँले बताउनुभयो । पार्टी र तत्कालिन राज्यसँग भएको तीन बुदे सम्झौतामध्ये पार्टीले अक्षरह पालना गर्दै आएको छ । तर, राज्यले कुनै पनि बुदा कार्यन्वयन नगरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । नेपाली जनताले शान्तिपुर्ण परिवर्तन चाहान्छन् । तर, जनताको माग राज्यले वेवास्ता गरिए त्यसबाट उत्पन्न समस्याको जवाफदेही स्वयम राज्य बन्नुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समयमा राजनीतिक पार्टीप्रति नागरिकको चासो छैन भने आवद्व राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरू पनि सन्तोष नभएको पार्टी पनि छाड्न नसकेको अवस्थामा परिवर्तन नहुने भएकोले युवा पुस्ताहरूले सोच्नै पर्ने आश्यकता औल्याउनुभयो ।
त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि जनपत्रकार संगठन, नेपाल केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सम्मलेन समिति संयोजक दिपेश पराई विष्ट, अर्का विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगर, संस्थापक अध्यक्ष काशिराम डाँगी, पुर्व अध्यक्ष खेम बहादुर बुढामगर, निवर्तमान अध्यक्ष मानसिंह विश्वकर्मा, प्रेस युनियन रोल्पा जिल्ला अध्यक्ष लोकेन्द्र चन्द, गंगादेव गाउँपालिका प्रेस संयोजक एवम् अखिल क्रान्तिकारी रोल्पा सम्मेलन संयोजक अशोक वलि, दलित पत्रकार संघ रोल्पाका सचिव रेशम बि.क, हेल्थ केयर पत्रकार समाज रोल्पा जिल्लाको अध्यक्ष माधव कुमार वलि, जनआकांक्षा साप्तहिक पत्रिकाका प्रतिनिधि मिनराज रोका, पोस्ट पाटी डटकमको प्रबन्धक केवी गुरूङ, अखिल नेपाल शिक्षक संगठन रोल्पा जिल्लाको उपाध्यक्ष गोपाल वलि लगायका अतिथिहरूले शुभ कामना मनतव्य राख्नु भएको थियो । कार्यक्रमको वक्ताहरूले पत्रकारिताले प्रजातन्त्र, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जस्ता राज्य व्यवस्था स्थापनामा पत्रकार संघ संगठनहरूको भुमिका सहरानीय रहेको धारणा व्यक्त गरेका छन् । पत्रकारिताको विषयमा राजननीतिक आस्था विचारकै कारण पत्रकारहरू विभाजित हुँदा पत्रकारको हक अधिकारमा सुनिश्चित् हुन नसकेको भन्दै आगामी दिनमा पत्रिकारता, पत्रकारका सवालमा एक जुट हुनुपर्ने व्यक्ताहरुले दिनुभएको थियो ।
संगठनको ऐतिहासिक तेस्रो जिल्ला सम्मेलनले ३ जना पछि थप्ने गरी हर्क घर्तीमगरको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा कमानसिङ पुन, सचिवमा रविन्द्र पुन, सहसचिवमा चित्र झाँक्रीमगर र कोषाध्यक्षमा गोविन बि.क, सदस्यहरू हरिमाया महरा, कमल बि.क, सुशील परियार, चन्द्र पुन र सपना वली निर्वाचित हुनुभएको छ । तेस्रो जिल्ला सम्मेलन समितिको संयोजक हर्क घर्तीकोच अध्यक्षतामा सम्पन्न सम्मेलनको सञ्चालन चित्रवियोग झाँक्रीले गर्नु भएको थियो भने स्वागत कमानसिङ पुनले गर्नुभएको थियो ।

You may also like