सत्तारुढ दलहरुले प्रधानमन्त्रीलाई दार्चुलाको घट्ना सम्बन्धि सरकारको अडान स्पष्ट पार्न आग्रह

सत्तारुढ दलहरुले प्रधानमन्त्रीलाई दार्चुलाको घट्ना सम्बन्धि सरकारको अडान स्पष्ट पार्न आग्रह


This image has an empty alt attribute; its file name is p1-4-1024x682.jpg

१४ भदौ, रोल्पा । सत्ता गठबन्धनका नेताहरुले दार्चुलाका जयसिंह धामी वेपत्ता प्रकरणमा सरकारको अडान प्रष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
सत्तारुढ गठबन्धनको सोमबार बसेको बैठकमा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाश लगायतले छानविन समितिको प्रतिवेदन आउन ढिलाइ भएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । ‘तत्काल प्रतिवेदन ल्याउनु प¥यो, हाम्रो अडान प्रष्ट पार्नुप¥यो र त्यसका आधारमा भारत सरकारसँग वार्ता गर्नुपर्यो’ नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ भन्नुभयो । १५ साउनमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तार खुस्काइ दिँदा जयसिंह धामी महाकाली नदीमा खसी वेपत्ता हुनुभएको थियो । घटनाबारे छानविन गर्न भन्दै सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति बनाएको छ । तर, अहिलेसम्म समितिले प्रतिवेदन तयार पारेको छैन ।

You may also like