सुनछहरी गाउँपालिकाले गाउँपालिको पहिचान स्वरुप अर्गानिक ‘सुनौलो सुनछहरी बृत्तचित्र’ सार्वजनिक


मानसिंह विश्वकर्मा, जुनिस विष्ट

This image has an empty alt attribute; its file name is j1.jpg


२० साउन, पोबाङ । सुनछहरी गाउँपालिकाको समग्र प्राकृतिक, धार्मिक, युद्ध क्षेत्रका पर्यटकीय क्षेत्र, संस्कृति, जीवनशैली, रहनसहन, भेषभूषा समेटिएको भिडियो ‘सुनौलो सुनछहरी पर्यटन वृत्तचित्र’ बुधबार सार्वजनिक सुनछहरी पोबाङमा गाउँपालिका गरिएको छ । गाउँपालिकाको वास्तविक धरातलमा रहेर निर्माण गरिएको अर्गानिक बृत्तचित्रको अध्यक्ष आश बहादुर पुनले सार्वजनिक गर्नुभएको हो ।उहाँले कार्यक्रमा बोल्दै संघीय लोकतान्त्रिक गणतन्त्र निर्माणको लागि गाउँपालिकाबाट १९४ जना महान शहीदहरुले बलिदान गरेको आफूहरु बलिदान तथा तिनै महान शहीदहरुले देखाएको मुक्ति र स्वतन्ताको सपना पूरा गर्नका लागि निरन्तर लागिरहेको बताउनुभयो । उहाँले बलिदान र रगतसँग सातिएको गणतन्त्र संघीयतालाई बचाउँदै जनतालाई अनुभूति हुने गरी सेवा प्रदान गर्न र संघीयतालाई कार्यन्वयन गरिरहेको भयो । उहाँले भन्नुभयोः–“संघीयताका लागि नलडेकाहरुलाई के अपनत्व छ, बलिदानबाट सातेको जनयुद्धबाट लिएको संघीयता खारेजीको नारा लगाउन अधिकार छैन, ति प्रवृतिको विरुद्धमा लड्नु हाम्रो कतव्र्य हो, संघीयता नआएको भए, रोल्पाको सदरमुकामबाट गामका किसाहरुलाई अनुदान, गरिवहरुलाई राहत, कुन चरीको नाम हो, पहुच थिएन, अहिले हामी जनताको बीचमा त गएका छाँै । यो गाउँको विकासमा त लागेका छाँै ।”

This image has an empty alt attribute; its file name is sunchar-uddgata-1024x473.jpg


उहाँले गाउँपालिकाको बास्तविक धरातलमा रहेर निर्माण गरिएको बृत्तचित्र एउटा सुनछहरी र रोल्पा जिल्लाकै सम्पत्ति भएको बताउँदै आगामी दिनमा अझै अर्काे भाग लिनु पर्ने बताउनुभयो । साथै गाउँपालिकामा प्राकृतिक, धार्मिक पर्यटनसँगै जनयुद्धको उद्गम स्थल रोल्पा भित्रको गाउँपालिलाई युद्धपर्यटनमा बढी प्राथमिकता दिएर अगाडि बढिने बताउनुभयो । उहाँले सुनछहरी झरणा, गामको कोठीभिर, गोङबाङ तालिम केन्द्र, एउटै गा.वि.सबाट ७३ जना बलिदान गरेको जेलबाङ गाउँ, विद्रोहको केन्द्र जलजला, कलासँस्कृति भेष भुषालाई समेएिर निर्माणका गरेको सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । दुर्गम, विकतता, जनताको असिमित आवश्यकतामा पनि संघीयताको जग बसाउँदै जनहितमा काम गरेको बताउँदै आगामी दिनमा अझै निरन्तरता दिने बताउनुभयो ।
यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका सदस्य एवं विशिष्ट अतिथि धनबहादुर पुनमगरले गाउँपालिकाले मेहनतका साथमा निर्माण गरेको आफ्नो गाउँपालिकाको संक्षिप्त परिचयात्मक बोकेको बृत्तचित्र निर्माण गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा अझै निरन्तरता दिनका लागि अपिल गर्नुभयो । प्राकृतिक, धार्मिक, र बलिदानले भरीपूर्ण गाउँपालिकालाई आफूहरुले नै अगाडि बढाउनु पर्ने बताउनुभयो ।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरबहादुर पुनमगरले गाउँपालिकाबाट गाउँपालिकाको एउटा जिउदो इतिहास निर्माण गर्नका लागि बृत्तचित्रमा बजेट विनियोजित गरेको बताउँदै यसले गाउँपालिकाको बास्तविकता सबैको सामू लग्ने बताउनुभयो । उहाँले आगामी दिनमा अझै बृहत बनाउनको लागि गाउँपालिका लागि परेको बताउनुभयो ।
पर्यटन प्रवर्द्धन तथा गेमी होमस्ते सुनछहरी गाउँपालिका–७ जेलबाङको आयोजना एवं गाउँपालिकाको आर्थिक सहयोगमा तयार भएको वृत्त चित्रमा सुनछहरी गाउँपालिकाका पर्यटकीय क्षेत्र जेलबाङ,गाम र तिलाचनलाई समटेर भिडियो तयार गरिएको हो । पर्यटन प्रवद्र्वन तथा गेमी होमस्टेका अध्यक्ष पृथ्वी पुनले निर्देशन गर्नुभएको छ भने साहित्कार एवं लेखक विष्णु सन्यासी मगरले कथा लेखन गर्नुभएको थियो । यहाँको कला, संस्कृति, जीवनशैली, रहनसहन र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले भिडियो पर्यटन वृत्तचित्र तयार गरेका निर्देशक पृथ्वी पुनमगरले बताउनुभयो ।
स्क्रीष्ट लेखक विष्णु सन्यासी मगरले यो भुगोलको कथा लेख्दै कविता बनाउने यात्रामा करिव ७० को दशकदेखि लागेपनि अहिले इतिहास, पहिचान, भाषा, संस्कृति, परम्परा र भेषभूषाले महत्वपूूर्ण क्षेत्र भएको भन्दै सुनछहरी चिनाउन सकिएको बताउनुभयो । लेखक सन्यासले भन्नुभयो,‘रोल्पा जनयुद्वकालमा देश विदेशमा चिनिएको र रोल्पामा थुप्रै साना ठूला युद्व भएकोले जिल्लामा युद्व पर्यटनमा जोड दिनुपर्दछ हामी हामीसँग भएको बस्तुलाई बजारी गर्न सक्नुपर्दछ । जनयुद्ध रोल्पा कहिले पनि भुल्नु हुँदैन । भिडियो करिब २९ मिनेटको समयको रहेको डकुमेन्टी निर्माण गर्दा गाउँपालिकाकै भुगोलभित्र रहेर यतार्थ जीवनशैलीका बारेमा चर्चा गरिएको छ ।
भिडियोमा गाउँपालिकाको बलिदानी शान्ति जेलबाङ गाउँ, जलजला, सुनछहरी झरना, गाउँपालिका केन्द्र पोबाङ, गामको गोङबाङ युद्व स्थल, गामको बिबाङ दह, गाम कोठिभिर लगायतका पर्यटकीय स्थलहरुलाई समावेश गरिएको छ । त्यसैगरी, विभिन्न लोपोन्मुुख संस्कृति, भुमे नाच, सारङगे नाच, मारुनी नाच, पैसरु नाच लगाएत मगर समुुदायको बारेमा समावेश गरिएको छ ।

This image has an empty alt attribute; its file name is suchari-jhar-1024x473.jpg


कार्यक्रममा जिल्ला रोल्पा नगरपालिका ४ नं. वडा सदस्य एवम् रोल्पा नगरपालिका ४ गुरुङगाउँमा सञ्चालित होमस्टे गुरुङगाउँ होमस्टेका अध्यक्ष हरिजङ गुरुङ, गाउँपालिकाको वडा अध्यक्षहरुको तर्फबाट १ नं. वडा अध्यक्ष अध्यक्ष महावीर रानामगर, स्वर्गद्वारी नगरपालिका ४ नं. वडा अध्यक्ष एवँ धनमाङ मगर सामुदायिकका होमस्टेन मिनराज राना, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगर, सुनछहरीका अध्यक्ष रणबहादुर घर्ती, लगायतका अतिथिहरुले शुभकामना मनतव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष पृथ्वी पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव लाल बहादुर पुनले गर्नुभएको थियो भने स्वागत जुनकुमारी बुढामगरले गर्नुभएको थियो ।
सुनछहरी गाउँपालिका साच्चिकै युद्ध, प्राकृतिक, धार्मिक पर्यटन, स्थानीय भेषभुषा, कला, सँस्कृति, भाषा, कृषि उत्पादनले भरीपूर्ण क्षेत्र हो । यी उर्वर क्षेत्रलाई गाउँपालिकाले प्राथमिकता दिएर अगाडि बढाउने हो भने पर्यटनक्षेत्रबाटै सुनछहरी गाउँपालिका र गाउँपालिका बासीको लागि आर्थिक स्तर सुधारसँगै आर्थिक समृद्धि हुनेछ । गाउँपालिकाले आफ्नो सम्पत्तिहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गरेकोको छ यसले भविस्यमा सकरात्मक परिणाम दिने कुरामा कुनै शंका छैन ।

You may also like