योङ कम्युनिष्ट लिग नेपाल पाछाबाङ रोल्पाको प्रथम बैठक


समाचारदाता

भाद्र २८ गते


योङ कम्युनिष्ट लिग नेपाल पाछाबाङ रोल्पाको प्रथम बैठक सम्पन्न भएको छ । शुक्रबार बैठक सम्पन्न भएको हो ।
बैठककमा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) प्रदेश सल्लाकार सदस्य दलबहादुर बुढा ‘लालकिरन’, बिशिष्ट अतिथि नेकपा (माओवादी केन्द्र) पार्टी गाउँपालिका उपाध्यक्ष मानसिङ बुढा, अतिथिहरू नेपाल प्रदेश सदस्य गोबिन्द वली, परिवर्तन इन्चार्ज हिमाल रसाइली, प्रदेश सदस्य पार्टी परिवर्तन ४ वडा अध्यक्ष कमल बुढा पार्टी ४ सचिव खकेन्द्र बि.क. लगाएत अतिथिहरूको उपस्थिति भएको थियो ।
बैठकको अध्यक्षता नवीन बुढा ४ को अध्यक्षतामा भएको थियो भने सञ्चालक उपाध्यक्ष अनिल रोका गर्नु भएको थियो । बैठकले पार्टीको तीन महिने अभियानमा पार्टीसँग जोडिएर जनताको घर दैलो पुग्ने जनताको सुझाब सङकलन गर्ने सदस्यता बितरण गरिने छ । हाम्रो पार्टीको सरकारले गरेका राम्रा कामहरूको जनतासँग पु¥याउने आदि कामहरू अभियान जोडिने गरी अगाडि बढ्ने निर्णय गरिएको छ ।

You may also like