नेपाली कला साहित्य डटकम प्रतिस्ठानद्वारा शनिबार आयोजित सिर्जना उत्वस कार्यक्रम सम्बन्धि सरोकारवाला निकाय बिच छलफल

नेपाली कला साहित्य डटकम प्रतिस्ठानद्वारा शनिबार आयोजित सिर्जना उत्वस कार्यक्रम सम्बन्धि सरोकारवाला निकाय बिच छलफल

This image has an empty alt attribute; its file name is r3-1024x768.jpg


९ कार्तिक, लिबाङ ।
नेपाली कला साहित्य डटकम प्रतिस्ठानको आयोजना र ललित साहित्य परिषद् रोल्पाको सह आयोजनामा शनिबार लिबाङमा आयोजित सिर्जना उत्वस कार्यक्रमको तयारी सम्बन्धि आज लिबाङमा सरोकारवाला निकाय बिच छलफल कार्यक्रम सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is r4-1024x768.jpg

उक्त प्रतिस्ठानको नियमित कार्यक्रम अन्तर्गत यस वर्षको कार्यक्रम रोल्पा जिल्लामा आयोजना हुँदै छ । प्रतिस्ठानद्वारा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको सल्लाहकार एवम् डी.बी.टुहुरो नेपाली कला साहित्य डट कम प्रतिष्ठानका लागि योगेश्वर स्मृति प्रतिष्ठानद्वारा स्थापित ‘योगेश्वर वाङ्मय पुरस्कार—२०७८’ बाट रु २५ हजार र नेपाली कला साहित्य डट कम प्रतिष्ठानका लागि नेपाली कलासंस्कृति प्रेमी प्रा.डा. ग्रेगरी जी. मस्कारिनेकद्वारा स्थापित ‘ग्रेगरी कलासंस्कृति पुरस्कार—२०७८’बाट रु २० हजार पुरस्कारबाट सोही निद पुरस्कृत हुँदै हुुनुहुन्छ । सोही दिन कविता, मयुर नाच, राष्ट्रियतासँग सम्बन्धित नृत्य प्रस्तुत गर्ने कार्यक्रम तय भएको ललित साहित्य परिषद् रोल्पाका उपाध्यक्ष नविन लोचन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नका लागि आयोजक र सह–आयोजकको तर्फबाट सक्रिय भुमिका निर्वाह गर्दै आएको जानकारी दिनुभयो । यस अघि प्रतिस्ठानले योगेश्वर वाङ्मय पुरस्कार क्रमश स्रष्टाहरू डा. कृष्णराज डी. सी, अमर गिरी, कृष्ण्भूषण बल, उषा शेरचन, वनमाली निराकार, मुकुन्द प्रयास, दिलिप शाह, कृष्णराज ओलिया, पद्मराज जोशी, पुरीचन्द्र देवकोटा र डा. मधुसुदन गिरी पुरस्कृत भइसक्नुभएको छ भने ग्रेगरी कलासंस्कृति पुरस्कारबाट क्रमश शेरबहादुर अधिकारी, पूर्ण समीर महतारा, खडानन्द चौलागाई र मनोहर लामिछाने पुरस्कृत गरि सकेको छ । छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको संस्थापक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेम बहादुर डाँगी लगायत सरकोरवाला निकायहरुको सहभागी रहेको थियो ।

You may also like