खानेपानीको आयोजना उद्घाटनपछि जुबाङबासीहरु खानेपानीको सहज

खानेपानीको आयोजना उद्घाटनपछि जुबाङबासीहरु खानेपानीको सहज
जुनिश कुमार विष्ट
माघ २६ गते (पोबाङ–रोल्पा)


This image has an empty alt attribute; its file name is j1-1024x576.jpg

रोल्पा, सुनछहरी गाउँपालिका–५ नं. वडा जैमाकसलामा पातिहाल्ना खानेपानी आयोजनाको आज गाउँपालिका अध्यक्ष आश बहादुर पुनले उदेघाटन गर्नुभएको छ । जुबाङबासीहरुलाई खानेपानीको सहज बन्ने भएको छ ।
उहाँले खानेपानीको समस्या भएको गाउँमा नदिपारीबाट पानी ल्याएर गाउँमा पानीको आवश्यकता आपूर्ति गर्न सफल भएकोमा गाउँपालिकासँग साझेदारी गर्ने आईएनएफ रोल्पालाई हार्दिक आभार व्यक्त गर्नुभयो । प्राणी जगतमा पानीको महत्व धेरै भएकोले पानीको सदुपयोग र सरक्षण गर्न उपभोक्ताहरुलाई उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रममा आईएनएफ रोल्पाका कार्यक्रम अधिकृत अर्जुन काप्री, ५ नं. वडा अध्यक्ष तिर्ख बहादुर बुढाथोकी, वडा सदस्यहरु तिर्ख बहादुर घर्ती, सुमित्रा बि.क, नमुना माध्यमिक विद्यालय कसलाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष देविलाल रोकामगर, युवा समाजसेवी अटल रोका मगर, पत्रकार जुनिस कुमार विष्ट, आमा समूह, स्वास्थ्य स्वयंसेवीका, सामुदायिक वनका प्रतिनिधि लगायतको आतिथ्यता थियो । यो आयोजना गाउँपालिकाको रु १ लाख २७ हजार ५ सय, आईएनएफ रोल्पाको रु ७ लाख २० हजार २ सय र श्रमदान रु १८ लाख ४३ हजार ८ सय गरि रु २६ लाख ९१ हजार ६ सयको लागतमा निर्माण सम्पन्न भएको हो । आयोजनाबाट २४ घरधुरी लाभान्वित भएका छन् । उपभोक्ता समिति उपाध्यक्ष नरबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पुनराम थापाले गर्नभएको थियो भने स्वागत हरि घर्तीले गर्नुभएको थियो ।

You may also like