कर्मचारीको तलबमा वृद्धि

१५ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको छ । बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलव वृद्धि गरेका हुन् ।

सरकारले राष्ट्रसेवक कर्मचारीहरुका लागि खाइपाइ आएको शुरु तलव तलवको राजपत्र अनंकित तहका लागि २० प्रतिशत र राजपत्रांकित तहका लागि १८ प्रतिशतका दरले  फरक-फरक अनुपातमा आधारभूत तलब बढाएको छ ।

You may also like