युग परिवर्तनका लागि लडेका वडा सदस्य घर्तीको चत्याङ लागेर मृत्यु


खुमबहादुर सुनार
साउन ४ गते
लिबाङ रोल्पा


साउन ३ गते साझ परेको अविरल वर्षाको बीचमा करिव ९ः३० मिनेट परेको चट्याङ लागेर सुनछहरी गाउँपालिका वडा नं। ३ का ४९ वर्षिय वडा सदस्य दिलबहादुर घर्तीमगरको मृत्यु भएको थियो । चत्याङ लागेर मृत्यु भएको हो । विगतको माओवादी जनयुद्धको बेलामा जनमुक्ति सेना भई निरन्तर युग परिवर्तनका लागि लड्नु भएको थियो । उहाँले जनमुक्ति सेना रही जनताको मुक्तिको लागि काम गर्नुभएको थियो । उहाँ नेकपा ९माओवादी केन्द्र० गाउँपालिका सदस्यको जिम्मेवारी बहन गर्दै २०७९ सालमा भएको स्थानीय वडा सदस्यमा माओवादी केन्द्रको तर्फबाट विजयी वडा सदस्य हुनुहुन्छ ।
घरसंगै मानिसहरु सुत्नका लागि बनाएको घरमा चत्याङले हानेपछि छपटाई बाहिर कोठाबाट बाहिर आएर निधन भएको हुन सक्ने वडा अध्यक्ष उद्विर घर्तीले बताउनुभयो । उहाँले रोल्पा समाचार सँंग भन्नुभयोः–“घरको नजिकै बनाईको घरको ९धर्मशाला० को कोठामा सुनिरहेको बेला एक्कासी परेको चत्याङ लागेर घाइते भएको र उहाँको भाई आउँदा कोठाबाट बाहिर मृत्यु भएको भेटाइएको थियो ।” मृत्यक दिलबहादुर घर्तीमगरको शुक्रबार नै दाससँस्कार गरिएको बताउनुभयो ।
बिहीबार राति परेर चट्याङ लागेर सुनछहरी गाउँपालिका वडा नं। ३ का ४९ वर्षीय दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिएको छ । मृतक घर्तीमगर आफ्नो कान्छो भाईको घरमा सुतेको बेला चट्याङमा परेको प्रहरीले जनाएको छ ।
चट्याङकौ सुछहरी गाउँपालिका वडा नं। २ मा परेको चट्याङमा परेर बालक सन्देश बुढामगरको टाउँको चोट रहेको हाल प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको छ । शन्देशको बज्यै समेत सामान्य घाइते भएका कार्यपालिका सदस्य मनबहादुर बिकले बताउनुभएको छ ।

You may also like