ओलीको असंबैधानिक कदमको विरुद्धमा राष्ट्रिय अन्तर्राष्ट्रिय जगत छ संसद पुर्नस्थापना हुन्छ ः नेता कृष्णबहादुर महरा

रोल्पा समाचारदाता
मंसिर १४ रोल्पा लिबाङ


नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्यले कृष्णबहादुर महराले केपी शर्मा ओलीले संविधानमै नभएको असमवैधानिक कदम चालेर संसद विगठन गरी संघीयता लगायत परिवर्तनको ऐजेण्डा र व्यवस्थालाई नै धरापमा पारेको उल्लेख गर्दै यदी नसच्चिएमा केपी शर्मा ओली पनि पटन हुने बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत नै संसद विगठनको विरुद्धमा रहेको बताउँदै न्यायलयले पनि यो विश्वजनमत र जनमतलाई हेरेर पुनस्थापनाको पक्षमा फैसला गर्ने बताउनुभयो ।
उहाँले रोल्पा जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला संगठन समिति रोल्पाले आयोजना गरेको विरोध विरोध सभालाई संम्बोधन गर्दै बताउनुभएको हो । उहाँले केपी शर्मा ओलीको यो विगतमा पनि परिवर्तनको पक्षमा नै नभएको स्पष्ट गर्दै संविधान निर्माण लगायत यो व्यवस्थालाई नस्वीकारेको बताउँदै यो व्यवस्था विरुद्धमा आफै लागेको बताउनुभयो । उहाँले नेकपाकै नेतृत्वमा पञ्जायत व्यवस्था अन्त्य भएको बताउँदै फेरी हाल केपी शर्मा ओलीले नै यो परिवर्तनलाई धरापमा पारेर आफ्नो मनपरी तन्त्रको लागु गरेको बताउनुभयो ।
नेता कृष्णबहादुर महाराले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा जगत पनि संसद पुनस्थपनाको पक्षमा भएको बताउँदै केपी शर्मा आलीले सच्चिनु बाहेकको अर्काे विकल्प नभएको बताउनुभयो ।
उहाँले केपी शर्मा ओलीको विरुद्धमा सडक, सडक संघर्ष र न्यायलयको संघर्ष पनि जारी राख्नुपर्ने बताउनुभयो । निर्वतमान सभामुख कृष्णबहादुर महराले आफ्नो लडाई विगतमा सदनदेखि नै परेको बताउँदै केपी शर्मा ओलीले प्रगितगामी कदम विगतदेखि नै शुरुवात गरेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुनमगरले विना कारण संसद विगठन गरी प्रगितम कदम चालेको बताउँदै पार्टीले सहयोग भरपूर रुपमा गरेको दावी गर्नुभयो । उहाँले पार्टी भित्र चलेको बहस एउटा नीति विधिमा भएको बताउँदै पार्टीको नीति र विधि तथा निर्णय नमानेर मनमरी व्याख्या गर्दै आफैँ पार्टी विभाजनको मुख्य पात्र रहेको बताउनुभयो । केपी शर्मा ओलीलाई जनताले जनमत नदिएको बताउँदै नेकपालाई नेपालका ४५ लाख जनताले भोट दिएको स्मरण गराउँदै फेरी पनि जनताको आशा र अपेक्षा पुरा गर्नका लागि प्रचण्ड र माधवको नेतृत्वमा रहेको नेकपाले नै गर्नपर्ने बताउनुभयो । उहाँले भन्नुभयोः“हामी पार्टी स्थायी समितिको बैठक चलिरहेको बेला पार्टी बैठकमा नआएर संसद विगतका लागि मन्त्री परिषद्को बैठक चलाई राख्नुभएको थियो, हामीले निकै सम्झायौँ उहाँले मान्नु भएन र संसद विगठन नै एक मात्रै उपाय देख्नुभयो र विगठन गर्नुभयो ।” उहाँको हरेक कदम हेर्दा प्रगितमन भन्दा अर्काे कार्य नभएको बताउनुभो ।

This image has an empty alt attribute; its file name is anat.jpg


नेता वर्षमान पुनमगरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा संसद विगतको पक्षमा भन्दा पनि संसद पुनस्थापनातिर अगाडि बढाउन चाहेको बताउनुभयो । उहाँले पार्टीको चुनाव चिन्ह, र आधाकारिकता प्रचण्ड र माधव नेपालको पक्षमा रहेको नेकपा नै आधिकारिकता हुने बताउनुभयो । उहाँले भन्नुभयोः–“हामी नै पार्टीमा पनि हामी नै बहुमतमा छाँै, संसदमा पनि हामी नै छाँै, तर रातारात १२०० पु¥याउने शक्तिहरु अबैधानिक शक्ति हुन् । यसलाई निर्वाचन आयोगले न्यायपूर्ण न्याय गर्दछ गर्नुपर्दछ । ” रोल्पालीहरु आम नेता तथा कार्यकर्ताहरु अगाडि बढ्नका लागि अनुरोध गर्नुभयो ।
यस्तै विरोध सभामा नेकपा कम्युनिष्ट (नेकपा) का केन्द्रीय सदस्य एवं लुम्वीनी प्रदेशका सहइन्चार्ज कुलप्रसाद केसी, नेकपा कम्युनिष्ट (नेकपा) का केन्द्रीय सदस्य जयपुरी घर्तीमगर, नेकपा कम्युनिष्ट (नेकपा) का केन्द्रीय सदस्य ओनसरी घर्तीमगर, नेकपा कम्युनिष्ट (नेकपा) का केन्द्रीय सदस्य भागवत विश्वासी, केन्द्रीय सदस्य एवं रोल्पा जिल्ला इन्चार्ज दीपेन्द्र कुमार पुनमगर ‘सिजल’ लगायतले सम्वोधन गर्नुभएको थियो । विरोधसभामा नेपाल कम्युनिष्ट पार्टीलाई जनताले गरेको विश्वास विरुद्धमा व्यवस्थापाको विरुद्धमा रहदैँ एक पछि अर्काे काम गरिरहेको बताउँदै साथै पार्टी भित्र र सडक संघर्षलाई नै अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा कम्युनिष्ट (नेकपा) का केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार समिति, प्रदेश कमिटीका सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम नेकपा कम्युनिष्ट (नेकपा) का रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीको अध्यक्षतामा भएको थियो भने सचिव हरीप्रसाद घर्तीमगरले सञ्चालन गर्नुभएको थियो । स्वागत प्रदेश कमिटी सदस्य आसबहादुर पुनमगरले गर्नुभएको थियो । कार्यक्रममा रोल्पा जिल्लाका विभिन्न गाउँ गाउँबाट नारा जुलुससहित जनताहरु सहभागी भएका थिए ।

You may also like