ओली अझै यो भन्दा पनि खतरा प्रतिगमण तिर जादैछन् स्थायी समिति सदस्य वर्षमान पुनमगर अनन्त


रोल्पा समाचारदाता
मंसिर १४ रोल्पा लिबाङ

This image has an empty alt attribute; its file name is anat.jpg


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुनमगरले विना कारण संसद विगठन गरी प्रगितम कदम चालेको बताउँदै अझै यो भन्दा पनि दरलाग्दो प्रतिगमनकारी कदम चाल्न सक्ने तयारीमा रहेको बताउनुभयो । उहाँले यस्तो कुरा रोल्पाको लिबाङमा आयोजित विरोधसभालाई सम्वोधन गर्दै बताउनुभएको हो ।
उहाले यो व्यवस्थाको पक्षपातीमा नरहेको यी उपलब्धीहरुलाई सखाप पार्नका लागि लागि परेको बताउनुभयो । भन्नुभयो ः“पार्टीले सहयोग गरेन भन्नुभयो पार्टीले कहाँ र कहिले सहयोग गरेन पार्टी भित्र चलेको बहस एउटा नीति विधिमा चलाउने खोजिएको हो तर चल्लुभएन । उहाँले कुर्सीबाट हताउने भए कुर्सी नै भाचिने दिने भन्नुभएको थियो । आज त्यही गर्नुभयो ।
उहाँले पार्टीलाई नीति र विधिमा चलाउने प्रयास अध्यक्ष प्रचण्डले गर्दा गर्दै पनि निर्णय नमानेर मनमरी व्याख्या गर्दै तानाशाही शैलीमा ओली उत्रिएका कारणले पार्टी विभाजनको मुख्य पात्रका रुपमा ओली नै रहेको बताउनुभयो । केपी शर्मा ओलीलाई जनताले जनमत नदिएको बताउँदै नेकपालाई नेपालका ४५ लाख जनताले भोट दिएको स्मरण गराउँदै फेरी पनि जनताको आशा र अपेक्षा पुरा गर्नका लागि प्रचण्ड र माधवको नेतृत्वमा रहेको नेकपाले नै गर्नपर्ने बताउनुभयो । उहाँले भन्नुभयोः“हामी पार्टी स्थायी समितिको बैठक चलिरहेको बेला पार्टी बैठकमा नआएर संसद विगतका लागि मन्त्री परिषद्को बैठक चलाई राख्नुभएको थियो, हामीले निकै सम्झायौँ उहाँले मान्नु भएन र संसद विगठन नै एक मात्रै उपाय देख्नुभयो र विगठन गर्नुभयो ।” उहाँको हरेक कदम हेर्दा प्रगितमन भन्दा अर्काे कार्य नभएको बताउनुभो ।
नेता वर्षमान पुनमगरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा संसद विगतको पक्षमा भन्दा पनि संसद पुनस्थापनातिर अगाडि बढाउन चाहेको बताउनुभयो । उहाँले पार्टीको चुनाव चिन्ह, र आधाकारिकता प्रचण्ड र माधव नेपालको पक्षमा रहेको नेकपा नै आधिकारिकता हुने बताउनुभयो । उहाँले भन्नुभयोः–“हामी नै पार्टीमा पनि हामी नै बहुमतमा छाँै, संसदमा पनि हामी नै छाँै, तर रातारात १२०० पु¥याउने शक्तिहरु अबैधानिक शक्ति हुन् । यसलाई निर्वाचन आयोगले न्यायपूर्ण न्याय गर्दछ गर्नुपर्दछ । ” रोल्पालीहरु आम नेता तथा कार्यकर्ताहरु अगाडि बढ्नका लागि अनुरोध गर्नुभयो ।

You may also like