सुनछहरी गाउँपालिकामा अब डिजिटल प्रविधिबाट अभिलेख दर्ता गरिने


राेल्पा समाचारदता

२०७७ मंसिर २४ गते, रोल्पा ।


रोल्पा जिल्लाको सुनछहरी गाउँपालिकामा व्यक्तिगत घटना दर्ता अभिलेख डिजिटाइजेशन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तालिमपछि अब सुनछहर िगाउँपालिकाद्वारा अब डिजिटल प्रविधिबाट व्यक्तिगत घटना अभिलेख दर्ता हुने भएको छ ।


सुनछहरी गाउँपालिकाको कार्यालय पोबाङ रोल्पाले सुनछहरी गाउँपालिकाका सबै वडाहरुमा पाँचै किसिमका व्यक्तिगत घटना दर्ता लाई अनलाईन प्रणालीमा लैजान हालसम्म भएका सबै घटना दर्ता कितावमा भएका विवरणलाई विद्युतीय प्रणालीमा स्क्यान र प्रविष्ट गरी अभिलेख राख्न र वडाको सम्पूर्ण कार्यसम्पादनलाई सूचना प्रविधिमा आधारीत बनाउन गाउँपालिकाका ७ वटै वडा वडा सचिवहरु, विषयगतशाखाका शाखा प्रमुखहरु, एम.आई.एस.अपरेटर, फिल्ड सहायक र सेवा प्रदायकहरुलाई डिजिटाइजेशन सम्बन्धी विषयमा २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
सुनछहरी गाउँपालिकाका वडाहरुमा रहेका ब्यक्तिगत घटना सम्बन्धी अभिलेख २ महिनाको अवधिमा डिजिटाइज हुने भएका छन् । हालसम्म कर्मचारीले रजिस्टरमा दर्ता गर्ने पणली प्रयोग गर्दै आएको भएपनि अब भने सम्पूर्ण घटना दर्ता विघद्यतीय प्रणालीबाट मात्रै हुनेछन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनबहादुर पुनको अध्यक्षतामा मिति २०७७ मंसिर २२ गते देखि २३ गतेसम्म दुई दिन संचालन भएको उक्त तालिम कार्यक्रममा गाउँपालिकाका १८ जना कर्मचारी र सेवा प्रदायकबाट ४ जना गरी जम्मा २२ जना सहभागी भएका थिए । प्रशिक्षण कार्यक्रममा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सम्बन्धी विषयमा सहजिकरण सुनछहरी गाउँपालिकाका सामाजिक विकाश शाखा प्रमुख बलराम पौडेलले गर्नुभएको थियो भने, डिजिटाइजेशन सम्बन्धी विषयमा सहजीकरण सूचना प्रविधि अधिकृत गुमानसिंह विष्ट, कम्प्युटर अपरेटर नवराज रोकाले गर्नुभएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा ख्भ्च्क्क्(ःक्ष्क् सम्बन्धी पूनर्ताजगी तालिम पनि सञ्चालन गरिएको थियो ।
कार्यक्रमको उदेश्य र औचित्यको बारेमा सुनछहरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनबहादुर पुनले स्पष्ट पार्नु भएको थियो भने कार्यक्रमको संचालन सामाजिक सुरक्षा तथा पञ्नीकरण शाखा प्रमुख नवराज रोका क्षेत्रीले गर्नुभएको थियो । २ दीन सम्म संचालन भएको उक्त प्रशिक्षण कार्यक्रम निकै नै प्रभावकारी भएको कार्यक्रमका सहभागीहरुले बताएका थिए ।अब सुनछहरी गाउँपालिका सम्पूर्ण वडाहरुमा डिजिटाइजेशन प्रविधिद्वारा अभिलेख दर्ता हुनेछ ।

You may also like