पत्रकार महासंघ रोल्पाको १५ औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया

पत्रकार महासंघ रोल्पाको १५ औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया
मङ्सिर १६ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is p2.jpg

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको १५ औं स्थापना दिवसको अवसरमा आज लिबाङमा अन्तरक्रिय कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको प्रमुख नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको संस्थापक अध्यक्ष काशिराम डाँगीले पत्रकारिता पेशामा सक्रिय भूमिका निर्वाहका थप प्रेरणा मिलोस् भन्दै स्थापना दिवसको अवसरमा दीप प्रज्जवल गर्दै शुभ कामना व्यक्त गर्नुभयो । उहाँले यस जिल्लामा पत्रकारिता पेशामा संख्या बढ्दो अवस्था भएपनि आगामी दिनमा गुणात्मक बनाउनुपर्र्ने जोड दिनुभयो । सञ्चारमाध्यम दीर्घकालनी सञ्चालन गर्ने वा नगर्ने विषय स्वयम सञ्चालकको भूमिका प्रथम रहने धारणा प्रमुख अतिथि डाँगीले व्यक्त गर्नुभयो । जिल्ला शाखाले विगतदेखि नै सामाजिक दायित्व जिम्मेवारीलाई स्मरण गर्दै वर्तमान अवस्थामा यस जिल्लामा सञ्चालित आइसोलेसन बन्द गर्दा कोरोना भाइरस फैलिने उच्च सम्भावना बढेको छ । त्यसैले जिल्ला शाखाले नागरिक समाज सहित अन्य सरोकारवाला निकायहरुसँग समन्वयमा बन्द आइसोलेसन पुनः सञ्चालनमा विशेष पहल गर्नुपर्ने उहाँले बताउनुभयो । साथै कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पूर्व अध्यक्ष खेम बहादुर बुढा, शाखाकै पाँचौ जिल्ला अधिवेशनको पहिलो कार्यकाल अध्यक्ष मानसिंह विश्वकर्माले शुभ कामना मनतव्य राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला शाखाको संस्थापक सदस्य एवम् पूर्व उपाध्यक्ष हिरा बहादुर घर्ती, संस्थापक सदस्य राजेश बुढोथोकी, प्रेस संगठन नेपालको केन्द्रीय सदस्य नविन लोचन मगर, जिल्ला संयोजक देवी कुमारी गुरुङ, प्रेस युनियन रोल्पा जिल्लाको अध्यक्ष लोकन्द्र चन्द लगायतको आतिथ्यता थियो । जिल्ला शाखाले १५ औं स्थापना दिवसको अवसरमा सोमबार जिल्ला कारागारका कैदीहरुलाई मास्क र साबुन विरण गरेको पाँचौं जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपानेले बताउनुभयो । आज पत्रकार बीच शुभ कामना आदान प्रदान, श्रमजीवि पत्रकारका समस्या र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले धारणा समेत राख्नुभएको थियो । जिल्ला शाखाको पाँचौ जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह–सचिव हर्क घर्तीले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष दारासिंह डाँगीले गर्नुभएको थियो ।

You may also like