जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरीबाट मुटु रोग पीडित बालिकालाई आर्थिक सहयोग

जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरीबाट मुटु रोग पीडित बालिकालाई आर्थिक सहयोग
साउन १६ गते
लिबाङ–रोल्पा

लुङ्ग्री गाउँपालिका–६ गुम्चाल रोल्पा निबासी १६ वर्षीय लाल कुमारी विष्टलाई जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी कर्मचारीहरुबाट रकम संकलन गरी बिहीबार प्रदान गरिएको हो । यस सहयोगबाट मुटु रोगी विष्टलाई उपचारमा थप सहयोग पुग्ने भएको छ ।
मुटु रोगी विष्ट केही महिनादेखि मुटुरोगबाट पीडित थिइनन् । उपचारमा आवश्यक रकम संकलनका लागि विष्ट नै सक्रिय बनेकी छिन् । सोही क्रममा जिल्ला प्रहरी कार्यालय रोल्पामा पनि आर्थिक सहयोगको लागि अनुरोध पश्चात् कार्यलयमा कार्यरत प्रहरी कार्मचारीहरुबाट संकलित रकम रु १७ हजार ५८६ रुपैया प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले विष्टलाई प्रदान गर्नुभएको हो । गत आर्थिक वर्षमा रोल्पा नगरपालिकाबाट आयोजित मुटु रोग सम्बन्धि स्वास्थ्य शिविरमा चेक जाँच गर्दा मुटुको भल्भमा समस्या रहेको रिपोर्ट आएको थियो । विष्ट मुटुको उपचारका लागि आफै आवश्यक रकम संकलनमा संख्यागत वा व्यक्तिगत आर्थिक सहयोगको लागि भौतारिरहेकी छिन् ।

You may also like