नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङको १२ औं र उपशाखा लिवाङ ११ औं साधारण सभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङको १२ औं र उपशाखा लिवाङ ११ औं साधारण सभा सम्पन्न
पुस १८ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is j3.jpg

रोल्पा, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङ, सुनछहरी गाउँपालिकाको १२ औं साधारणसभा सभा शनिबार पोबाङमा सम्पन्न भएको छ ।
यस सभाको प्रमुख अतिथि सुनछहरी गाउँपालिका उपाध्यक्ष पबित्रा घर्तीमगरले नेपाल रेडक्रस सोसाइटीले आपत विपदमा गर्भ गर्न लायकको काम गरेकोले आफू छिट्टै आजीवन सदस्य बन्ने बताउनुभयो । यस उपशाखा पोबाङले विश्वभर फैलिएको कोभिड–१९ को रोकथाममा देखाएको काम समान गर्दै आगामी दिनमा यस्तै उदाहरणीय कार्य गर्न अनुरोध गर्नुभयो ।
त्यसैगरी, विशिस्ट अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सदस्य सुनबहादुर पुन, गाउँपालिका सामाजिक बिकास शाखा अधिकृत बलराम पौडेल, गाउँकार्यपालिका सदस्य मतिराम नेपाली, गाउँपालिका प्रशासन शाखा प्रमुख एवम् आजीवन सदस्य दयाबहादुर बुढामगर, कृषि शाखा प्रमुख शिवकुमार झा, महिला विकास शाखा प्रमुख धनिशा पुन, नवचेतना प्राथमिक विद्यालय माबाङका प्रधानाध्यापक उमेश पुनमगर सहितको आतिथ्यता थियो । २०६६ सालमा स्थापना भएको उपशाखामा ८९ जना आजीवन सदस्य रहेका छन् । साधारण सभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष रणबहादुर घर्तीमगरले प्रस्तुत गर्नु भएको थियो । आर्थिक प्रतिवेदनमा आय रु ४९ हजार ७५० रुपैया र खर्चतर्फ रु ३८ हजार ४ सय रहेको उल्लेख गरिएको छ । साथै उप शाखाको प्रगति प्रतिवेदन सचिव चित्रबहादुर झाँक्री मगरले प्रस्तुत गर्नुभएको थियो । प्रगति प्रतिवेदन अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा जनचेतना तथा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई सरसफाइ सामाग्रीहरु वितरण गर्नुको साथै क्वारेन्टाइन व्यवस्थापन, कार्यालय व्यवस्थापन, एक दिने रेडक्रस अभियान सम्बन्धि कार्यक्रम उपशाखाको भवन निर्माणको लागि प्राविधिक स्टेमेट, भवन निर्माणको लागि आर्थिक संकलन अभियान सुरु, गाउँपालिकामा २ घर आगलागी पीडितलाई राहत सामाग्री वितरण कार्यहरु गरेको उल्लेख गरिएको छ । यस उपशाखाले आगामी दिनमा गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समिति र प्रत्येक वडा स्तरीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरि दैवीप्रकोप लगाएत मानवीय धनजनको क्षति कम गर्ने, आँखा सिविर तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने, गाउँपालिकामा रहेका आधारभुत तथा माध्यमिक विद्यालयमा जुनियर तथा युवा रेडक्रस सर्कल र आजीवन सदस्य विस्तार गर्ने, उपशाखाको भवन निर्माण कार्यलाई तीव्र रुपमा लैजाने कार्य योजना तय गरेको छ । उपशाखा सभापति खिमबहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव चित्र बहादुर झाँक्रीले गर्नुभएको थियो भने स्वागत उपशाखा सदस्य जुनिश कुमार विष्टले गर्नुभएको थियो ।


This image has an empty alt attribute; its file name is j6.jpg

त्यसैगरी सोही दिन नै नेपाल रेडक्रस सोसाइटी लिवाङ उपशाखाको ११ औं वार्षिक साधारण सभा लिवाङमा सम्पन्न भएको छ ।
यस सभाको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको सभापति डि.वी. घर्तीमगर, अतिथिहरु नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको मन्त्री अमर जि.एम, जिल्ला सदस्य भगवती मल्ल, शहरी विकास खानेपानी तथा सरसफाइ समिति लिवाङ रोल्पाको अध्यक्ष लिलाधर आचार्य, सिटिभिटि रोल्पाको प्रशिक्षक सञ्जिव आचार्यको आतिथ्यता थियो । साधारण सभामा नेपाल रेडक्रस सोसाइटी लिवाङ शाखाको सागठनिक प्रतिवेदन सह सचिव सरद पोखरेलले गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन ज्ञानेन्द्र आचार्यले गर्नुभएको थियो । उपशाखा सभापति तेजराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव सरद पोख्रेलले गर्नुभएको थियो ।

You may also like