रोल्पाबाट राजकुमार कंवर (अनुभव )  र मिना बुढामगर राष्ट्रिय सभा सदस्य बन्ने पक्का

मानसिंह विश्वकर्मा
रोल्पा समाचार साप्ताहिकमा २०७४ माघ १४ गते आइतबार प्रकाशित

रोल्पा जिल्लाबाट पहिलो पटक गजुलका राजकुमार कवर ‘अनुभव’ र कुरेलीका मिना बुढामगर राष्ट्रिय सभा सदस्य बन्ने पक्का भएको छ । नेकपा (माओवादी केन्द्र) बाट घाइते तथा अपाङ्ग राजकुमार कुवर र नेकपा एमालेबाट मिना बुढामगर बन्ने निश्चित भएको छ । बाम एकताले यी दुवैको निश्चित बनाएको छ ।
राष्ट्रिय सभाको निर्वाचन २०७४ माघ २४ गते सम्पन्न भएपछि मात्रै राष्ट्रिय सभा सदस्यको आधिकारिता पाउने छन् ।

को हुन् राजकुमार कँवर ‘अनुभव’

बुाबा भक्तबहादुर कँवर आमा धनादेवी कँवरको कोखबाट २०३० साउन महिनाको २२ गते गजुलमा जन्मिनुभएको हो । हाल सवर्णावती गाउँपालिकाको गजुलमा पर्दछ । कँवरले २०४८ साल फाल्गुन महिनामा टिका कुमारी कुवँरसँग विवाह गरेको थिएँ । अहिले श्रीमती, छोरी ३ र १ छोरा रहेका छन् । सानो उमेरबाट नै परिर्ततनको पक्षमा वकालत गर्ने उहाँको व्यक्तिगत स्वभाव थियो । त्यसैले अध्ययनको क्रममा २०४६ सालदेखि विद्यार्थी सङ्गठनबाट आफ्नो राजनीतिक जिम्मेवारीको यात्रा शुरुवात गर्नु भएको थियो । नेकपा (माओवादी) पार्टीको २०५४ सालमा पार्टी सदस्य प्राप्त गरेपछि २०५७ जिल्ला समिति सदस्य, २०५८ सालामा जनमुक्ति सेना नेपालको प्लाटुन कमिसारको जिम्मेवारी प्रदान गरी शैन्य मोर्चामा जानुभएको थियो । २०५८ सालमा जनमुक्ति सेना नेपालको कम्पनी कमिसारको थप जिम्मेवारी सहित खास गरी साना ठूला लडाई सहित १७ भन्दा बढि लडाईमा आफ्नो सहभागी जनाउनुभएको थियो । २०६२ साल पौष ११ गते तत्कालीन शाही सेनासँगको लडाईमा घाइते भएर मेरो बाँया खुट्टा गुमाउनुभएको थियो ।
जीवनभरी नै जनताको सेवा गर्ने उद्देश्यले गर्दा सामान्ती राज्यसत्ता बदल्ने सङ्घर्षको क्रममा कँवरले शरीरिरको महत्वपूर्ण अङ्ग गुमाएनुभएको थियो ।
राष्ट्रिय सभा सदस्यमा पार्टीको रिफारिसमा उमेद्वारी दर्ता गरेपनि उहाँले भन्नुभयो ः–“हाँले हाले पनि पार्टीले घाईते अपाङ्ग एवं योगदानको कदर गरेकोमा खुशी छु यो मेरो सम्मान होइन व्यक्त गर्दै सबै घाइते तथा अपाङ्ग र बलिदानी परिवारको सम्मान हो, सधै घाइते अपाङ्ग र बलिदानी मानिसहरुको आवाज निरन्तर सडनमा उठाउने छु ।”
उहाँले शरीरिको महत्वपूर्ण अङ्ग गुमाए पनि राजतन्त्रको औपचारिक रुपमा नै अन्त्यसँगै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संविधान जारी भई कार्यान्वयनको चरणमा आउनु शहीद, घाइते अपाङ्ग, बन्दी, बेपत्ता लगायत आम जनताको योगदान रहेको दावी समेत गर्नुभयो ।

मिना बुढा को हुन् ?
नेकपा एमालेबाट रिफारिसमा पर्नुभएका मिना बुढामगर नेकपा एमालेमा राजनीतिक आस्था राख्दै प्रवासमा कार्यरत हुनु हुन्थ्यो । प्रवासको राजनीतमा सक्रिय बुढामगर नेपाल भारीय मञ्चका उपाध्यक्ष हुनुहुन्छ ।


मिरुल ८ मा रानागाउँमा जन्मिनुभएका मिना बुढामगर हाल राष्ट्रिय सभा सदस्यको उमेद्वार बन्नुभएको छ । महिलाबाट उमेद्वार दर्ता गर्नुभएका बुढामगर निर्निरोध निर्वाचित हुने पक्का भएको छ । उहाँले उमेद्वारी दर्ता गराएपनि रोल्पा जिल्लाको राजनीतिमा नचिनिए पनि पार्टीको राजनीतिमा निकै योगदान रहेको बुढामगर बताउँछिन् । अझै जनतको बीचमा रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

You may also like