नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङ रोल्पाबाट क्वारेन्टाइनमा राखिएका मानिसहरूसँग भेटघाट 

नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङ रोल्पाबाट क्वारेन्टाइनमा राखिएका मानिसहरूसँग भेटघाट
१६ वैशाख, पोबाङ–रोल्पा ।


नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङ रोल्पाबाट आज सुनछहरी गाउँपालिकाको विभिन्न स्थानका क्वारेन्टाइनहरुमा राखिएका मानिसहरूसँग भेटघाट  गरिएकाे छ  ।
उपशाखा पोबाङ रोल्पाको सभापति खिमबहादुर विष्ट र सदस्य जुनिस कुमार विष्टको एक टिमले सोही क्रममा यस गाउँपालिका–१ फुलिवन स्थित क्वारेन्टाइनमा राखिएकाे मानिसहरूकाे अवस्था र क्वारेन्टाइनकाे  अवलोकन तथा निरीक्षण गरेको सदस्य जुनिश कुमार विष्टले बताउनुभयो । उक्त क्वारेन्टाइनमा पोखराबाट मजदुर गरी फर्किएका ४ जना महिला, ७ जना पुरुष र दाङको मसुरियाबाट घर फर्किएका १ जना महिला र ३ जना पुरुष गरि जम्मा १५ जना रहेका छन् । यस क्वारेन्टाइनमा रहेको मानिसहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

साथै उनीहरुलाई खाना बस्नको व्यवस्था गाउँपालिकाको कार्यालयले गरेको वडा अध्यक्ष महावीर रानामगरले बताउनु भयो । हालसम्म उनीहरुको स्वास्थ्य जाँच एक पटक भइसकेको बताईएको छ । उपशाखा पोबाङले विभिन्न चरणमा सुनछहरी गाउँपालिकाको विभिन्न स्थानमा रहेका क्वारेन्टाइनहरुको अवलोकन तथा निरीक्षण गर्दै आएको उपशाखा पोबाङ रोल्पा सदस्य जुनिश कुमार विष्टले जानकारी दिनुभयो ।

You may also like