निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल जिल्ला शाखा रोल्पाको अध्यक्षमा पुनःनौलसिंह पुनमगर

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल जिल्ला शाखा रोल्पाको अध्यक्षमा पुनःनौलसिंह पुनमगर


This image has an empty alt attribute; its file name is u2.jpg

सर्मिला बि.क.
३ पौष, लिबाङ–रोल्पा
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल जिल्ला शाखा रोल्पाको दसौं साधारण सभा तथा पाँचौं जिल्ला अधिवेशन शनिबार लिबाङमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका कार्यवाहक प्रमुख कर्मलाल परियारले शैक्षिक विकासमा निजी तथा आवासीय विद्यालय र सामुदायिक विद्यालयहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । पछिल्लो समयमा निजी र समुदायिक विद्यालय बिच अस्वस्च्छ प्रतिस्पर्धाको कारण शैक्षिक गुणस्तरीयमा समस्या उत्पन्न भएकोले आगामी दिनमा स्वस्च्छ प्रतिस्पर्धाको माध्यमबाट शैक्षिक गुणस्तरीयतामा ध्यान पु¥याउनु पर्ने आवश्यकता उहाँले औल्याउनुभयो । सरकारको दृष्टिकोण विभेदकारी भएको महशुस निजी विद्यालयले गर्दै आएको अवस्थामा समय अनुसार नीति परिमार्जन गर्नुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो । समय सान्र्दभिक सरकारले शिक्षा नीति परिमार्जन गरी प्रभावकारी कार्यान्वयन गरेको अवस्थामा निजी विद्यालयहरुले अहिलेसम्म महशुस गरेको विभेदकारी आफै अन्त्य हुने उहाँको भनाइ छ ।

This image has an empty alt attribute; its file name is u1.jpg

त्यसैगरी कार्यक्रमका विशिष्टि अतिथिहरू रोल्पा नगरपालिकाका उप प्रमुख मन कुमारी घर्ती, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, निजी तथा आवासीय अर्गनाइजेशन केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि केशव थापा, नेपाली कांग्रेस रोल्ला जिल्लाका उप सभापति कविता उपाध्याय, शिक्षा विकास तथा समन्वय इकाई रोल्पाका प्रतिनिधि रविता यादव, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल रोल्पाका सल्लाहाकार कृष्ण बहादुर घर्तीमगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका सचिव लोकेन्द्र चन्द लगायतकाले शुमकामना मनतव्य राख्नुभएको थियो । पाँचौ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः नौलसिंह पुनमगर सर्वसम्मत निर्वाचित हुनुभएको छ भने उपाध्यक्ष मधु के.सी, सचिव डी.वी. घर्तीमगर, कोषाध्यक्ष शान्तराज विष्ट, सह सचिव नारायण विष्ट, सदस्यहरुमा कमल वली, बालाराम पुनमगर, तेज बहादुर पुनमगर र गोविन्द बि.क. सर्वसम्मत निर्वाचित हुनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल जिल्ला शाखा रोल्पाका अध्यक्ष नौलसिंह पुनमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव डी.वी. घर्तीमगरले गर्नुभएको थियो भने स्वागत कोषाध्यक्ष शान्तराज विष्टले गर्नुभएको थियो ।

You may also like