रोल्पाको क्वारेन्टाइनमै ६२ वर्षिय बृद्धको मृत्य

मानसिह विश्वकर्मा
बैशाख १६ लिबाङ रोल्पा


रोल्पा रोल्पा माडी गाउँपालिका वडा न. २ पारिवाङको क्वारेन्टाइनमा रहेका ६२ वर्षिय एक पुरुषको मृत्यु भएको छ । क्वारेटाइनमा बस्दै आइरहेको बेलामा उनको सोमवार राती मृत्यु भएको गाउँपालिकाले बताएको छ ।
माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनका अनुसार काठमाण्डौ ईट्टाभट्टामा नाइकेरुपमा काम गर्ने छोरासँग दमको उपचारका लागि काठमाण्डौँ गएको बेलामा छोराकै डेरामा आराम गरी बसेका थिए । मजदुरलाई उद्धारगरी रोल्पा ल्याउने क्रममा ती बृद्ध पनि रोल्पाको आएका थिए । करिव ५ दिन अगाडि रोल्पा आएका ती बृद्ध छोरा बुहारीहरुसँग नै क्वारेन्टाइनमा बस्दै आएका थिए ।

परिवारसहित गाउँ आएका उनलाई घरमा राख्दा हेरचाह गर्ने कोहि नहुने भएपछि बिद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएको थियो । अध्यक्ष पुनका अनुसार मृतकलाई केहि वर्ष पहिले टिबी पनि भएको र दमको रोग उपचारका लागि काठमाण्डौ गएका बताउनुयो ।
माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनका अनुसार सदरमुकामबाट चिकित्सक स्वाब लिन घर्तीगाउँ पुगेर स्वाल लिएर स्वास्थ्यकर्मीहरुको टोली फर्कि सकेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारीले अनुसार ६२ बर्षिय पुरुषको स्वाब परीक्षणका लागि दाङ पठाउने तयारी भइरहेको बताउनुभयो । तर प्रमुख जिल्ला अधिकारीले कोरोनाको कारणले भन्दा पनि दम र अन्य रोगका कारणले मृत्यु भएको हुन सक्ने दावी गर्नुभएको छ । यसभन्दा अगाडी रोल्पा नगरपालिका जंकोटमा पनि एक जना दिर्घ रोगीको मृत्यु भएको थियो ।

You may also like