गणेशले देश परिवर्तनका लागि योगदान गर्नुभएको छः–प्रदेश सांसद दीपेन्द्र कुमार पुन


रोल्पा समाचारदाता
असार २३ रोल्पा

This image has an empty alt attribute; its file name is news-1024x766.jpg


लुम्बीनी प्रदेशका प्रदेश सभा सदस्यले गणेश विश्वकर्माले देशको आमूल परिवर्तनका लागि अतुलनीय योगदान गर्नु भएको बताउँदै उहाँले लिएको सपना सबैको साझा सपना भएको बताउनुभयो । प्रदेश सभा सदस्य पुनमगरले यस्तो कुरा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला समिति सदस्य गणेश विश्वकर्माको १३ आँै दिनका पुण्यतिथिमा आयोजित शोक सभामा जुगारको जगरबोटमा बताउनुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय समिति सदस्य दीपेन्द्र कुमार पुनमगरले गणेश विश्वकर्माले सिंगो जनयुद्धमा आफू पनि लाग्दै आफ्नो छोराको बलिदान दिएर योगदान गरेको समेत भएको बताउनुभयो । उहाँले शाहसिक र निडर योद्धाको निधनले आफ्नो पार्टीलाई अपुरणीय क्षति पुगेको बताउँदै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारहरुमा सम्वेदना समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रम प्रमुख अतिथि प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगर र गणेश विश्वकर्माको श्रीमती पार्वती गोतामेले शिलालेख उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सभा सदस्य नविन बुढामगर, माओवादी केन्द्रका जिल्ला समिति सदस्य गंगाप्रसाद बुढामगर, प्रेस संगठन नेपालका लुम्बिनी प्रदेशका संयोजक मानसिंह विश्वकर्मा, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुमित रानामगर लगायतको आतिथ्यता रहेको थियो । माओवादी केन्द्र त्रिवेणी गाउँपालिकाका अध्यक्ष शेरसिंह बन्दीपुरेको अध्यक्षतामा भएको शोक सभाको सञ्चालन माओवादी केन्द्र त्रिवेणी गाउँपालिका सचिव खेमबाबु डिसीले गर्नुभएको थियो ।
असार ११ गते मृतक गणेश विश्वकर्मा जनयुद्धकालमा संगठनका विभिन्न जिम्मेवारी र सेक्सन कमाण्डर समेत हुनुहुन्थ्यो भने विकका छोरा केशर गोतामे (उदय) जनयुद्धकालमै शहीद हुनुभएको थियो ।

You may also like