४५ औं जन्म उत्सवको अवसरमा अस्पताल कोरोना आपतकालीन कोषमा रकम जम्मा

४५ औं जन्म उत्सवको अवसरमा अस्पताल कोरोना आपतकालीन कोषमा रकम जम्मा
जेठ, ३० गते
लिबाङ–रोल्पा

जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पाको सहायक क्याम्पस प्रमुख त्रिवेणी गाउँपालिका–७ नं. वडा गैरीगाउँ रोल्पा निबासी गोकर्ण ४५ औं जन्म उत्वसको अवसरमा रोल्पा अस्पताल रेउघा स्थापना अस्पताल कोरोना आपतकालीन कोषमा हिजो रु ७ हजार ७७७ रकम जम्मा गर्नुभएको हो । पछिल्लो समयमा यस कोषमा रकम जम्मा गर्ने दर बढ्दो अवस्थामा छ ।
उहाँले भन्नुभयो,‘म ४४ औं वसन्त पूरा भई ४५ आंै जन्म उत्वसको अवसरमा केही सामाजिक क्षेत्रमा योगदान पु¥यौं भन्ने उद्वेश्यले नोबेल कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई रोल्पा अस्पताल रेउघा रोल्पाले स्थापना गरेको अपतकालीन कोषमा रु ७ हजार ७७७ रकम जम्मा गरेको हुँ । यो रकम आपतालीन समयमा आवश्यक पर्ने रकम त पूर्णता नहुन सक्छ । तर, मैले यो रकमबाट केही आपतकालीनको समस्या समाधानमा थप सहयोग पुग्ने विश्वास लिएको छु । यस जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक बढ्ने क्रममा भएको हुँदा जिल्लामा पनि भाइरस नियन्त्रण सहित अन्य विभिन्न किसिमको आपतकालीन समस्या आउन सक्छ । त्यसैले यस्ता आपतकालीनको समस्या समाधानको निम्ति समयमा नै विशेष ध्यान पु¥याउनुछ । सोही कुरालाई मध्यनजर गर्दै अस्पतालले स्थापना गरेको आपलकालीन कोषमा मैले जन्म उत्वसको अवसरमा सो रकम वचत गरेको हुँ ।’ उहाँले यस जिल्लामा दैनिक कोरोना भाइरसको संक्रमित बढ्दो क्रममा हुँदा सबै जना आ–आफ्नो ठाउँमा सजक बनी बचाऔं र बचऔं तर्फ ध्यान दिनुपर्ने आवश्यक औल्याउनुभयो ।
यस अस्पतालले स्थापना गरेको आपतकालीन कोषमा पछिल्लो समयमा विभिन्न समाजिक संघ संस्था र सामाजिक भावनाबाट प्रभावित व्यक्तित्वहरुबाट रकम जम्मा हुने क्रम जारी रहेको अस्पतालको सूचना अधिकारी कुलबहादुर डाँगीले जानकारी दिनुभयो । उहाँको अनुसार प्रवासी रेउघाली समूहबाट रु ५० हजार, रोल्पाली अन्तर्राष्ट्रिय सेवा समाजबाट रु ५० हजार, होली भिजन आवसीय माध्यमिक विद्यालय रोल्पाको प्रिन्सिपल ओम के.सी.ले आफ्नो छोरीको जन्म उत्वसको अवसरमा रु १५ हजार, सिर्जनशिल प्रवासी यूवा समूह परिवर्तन गाउँपालिका–२ राङ्सी रोल्पाबाट रु १० र त्रिवेणी गाउँपालिका–७ गैरीगाउँ रोल्पा निबासी जलजला बहुमुखी क्याम्पस सहायक प्रमुख गोकर्ण पुनमगरबाट  रु ७ हजार ७७७ रकम अस्पतालको आपतकालीन कोषमा जम्मा भएको बताउनुभयो । हाल नोबेल कोरोना भाइरस (कोभिड–१९) को महामारी बढिरहेको अवस्थामा यस जिल्लामा पनि दैनिक भाइरस संक्रमितको संख्या वृद्धि भइरहेको हुँदा उहाँले यस अस्पतालको आपतकालीन कोषमा सक्दो रकम जम्माका लागि अनुरोध गर्नुभयो ।

You may also like