महाराको प्रतिवद्धताः लुङ्ग्री र माडीबाट जलविद्युत उत्पादन गर्ने शेरशहादुर महरा (सेरचन) प्रदेश सभा सदस्यका उमेद्वार (नेपाली कांग्रेस रोल्पा क्षेत्र नं. १

)
मानसिंह बिक
रोल्पा ३० कात्तिक
नेपाली कांग्रेस रोल्पा क्षेत्र नं. का उमेद्वार शेरबहादुर महरा पनि निरन्तर चुनावी प्रचार–प्रचारमा लाग्नुभएको छ । नेपाली कांग्रेसको राजनीतिमा २०५४ सालबाट प्रवेश गर्नुभएका महरा नेपाली कांग्रेसको गत महाधिवेशनबाट जिल्ला सचिवमा निर्वाचित भएपछि जिल्लामा सक्रिय हुनुभएको हो ।
काठमाण्डौँमा व्यवसायी गरेर बस्नुभएका महरा एक्कासी यसरी जिल्ला सचिवमा पुग्छन् भनेर नेपाली कांग्रेसकै कार्यकर्ताले पनि विश्वास गरेका थिएनन् । तर पनि पार्टीभित्रको निर्वाचनमा विजयी भएपछि रोल्पा जिल्लाको राजनीतिमा सक्रिय हुनुभएको हो ।
स्थानीयतहको निर्वाचनमा सुवर्णावती गाउँको अध्यक्षमा उमेद्वारी दिएर चुनावी मैदानमा उभिएका उत्रिनुभएको थियो । त्यसबेला आर्थिक हिसाव मजवुट मानिनुभएका महरा र राजनीतिक हिसावले अध्यक्षपदमा विजयी हुन सक्नु भएन । त्यसपछि उहाँ फेरी प्रदेशसभाका सदस्यको पदमा उमेद्वारी दिनुभएको छ ।
रोल्पा क्षेत्र नं. १ नेपाली कांग्रेसको राम्रो मत भएका र त्यसमा पनि राप्रपा भएपनि पूर्व मन्त्री बालाराम घर्तीमगरले साथ दिएको कारणपनि चुनावी जित्न सकिने आधार राखेका छन् । तै पनि रोल्पा क्षेत्र नं. १ मा माओवादीको संगठन पनि बलियो र त्यसमा नेकपा एमालेले पनि माओवादी केन्द्रका उमेद्वार कुल प्रसादकेसी ‘सोनाम’ लाई मतदान गर्ने भएपछि महरालाई पनि चुनौती छ । उहाँले रोल्पा क्षेत्र नं. १ को स्थानीय उमेद्वार भएकाले गर्दा चुनावमा विजयी हुन सक्ने बताउनुभएको छ ।
शेरबहादुर महराले निर्वाचनमा आफ्नो प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
१) बडाचौर एरपोर्ट कालोपत्रे ।
२) लुङ्ग्री र माडी नदिबाट विजुली उत्पादन गरी जनताको सेयर लगानीमा उत्पादन गरी जनतालाई विद्युतको मालिक बनाउने ।
३) कृषिमा आत्मनिर्भर बनाउने ।
४) सिचाई, लिफ्ट सिचाई, डिप बोरिङ, तटबन्धन निर्माण गर्ने ।
५) प्रत्येक गाउँपालिकामा क्याम्पस स्थापना
६) स्वास्थ्य सुधार्नका लागि निरन्तर कार्य गर्ने ।
७) जलजला, खुंग्रीकोट, गजुलकोट, विवाङदह लगायतको विकास गर्ने ।

You may also like