माडी महोत्सवले रोल्पाको विकासमा योगदान पुराएकाे छ

रोल्पा समाचार साप्ताहिक २०७३ पुस २४ मा प्रकाशित
दीपेन्द्र कुमार पुनमगर (संयोजक)
रोल्पा माडी खेलकुद तथा सा“स्कृतिक महोत्सव
मूल आयोजक समिति
२तपाई आजकाल के काम गर्दै हुुुनुहुन्छ ?
%आजकाल म देशको राजनीतिक घटनाक्रमको विकाससँगै राजनीतिक तथा साँगनिठक कार्यक्रम अन्तर्गतका काम नै गर्दैछु । करिव दुई महिनादेखि तादेखिम रोल्पा जिल्लाको माडीचौरमा माघी सकरातीको अवसरमा मौलिक संस्कृतिको प्रवद्र्धन, खेलकुद विकास र सम्वृद्ध निर्माणको अभियान अभियान भन्ने मूल नाराका साथ रोल्पा माडी साँस्कृतिक तथा खेलकुद महोत्सव–२०७३ को विभिन्न तयारीमै म लगायत सबै आयोजक साथीहरु लागेका छौँ ।
२रोल्पाको माडीचौरमा सम्पन्न हुने रोल्पा माडी साँस्कृति तथा खेलकुद महोत्सव कहिलेदेखि कसरी सम्पन्न हुँदैछ ?
%यो महोत्सव परम्परागतरुप देखि नै माघीसकरातीमा लाग्दै आई रहेको हो । देशको विषम प्रस्थिति अनुसार द्वन्द्वको समयमा मेला पर्वहरुमा तत्कालीन सत्तापक्षका सुरक्षा निकायबाट हमला हुथ्यो, धेरै मेलाहरुमा मानिस मारिएका थिए । त्यही अवस्थालाई मध्यजजर गर्दै त्यति बेला नै यो मेला रोकिएको थियो । हामीले शान्ति प्रक्रियादेखि यो मेलालाई संरक्षण तथा सम्बद्र्धन गर्नुपर्दछ भन्ने हिसावल हामी लागेका हौँ । हामीले कहिले सामान्य मेला त कहिले महोत्सबकै आयोजना गरी रोल्पा जिल्लाको सामरिक महत्वको स्थान माडीचौरमा कार्यक्रम गरी समग्र रोल्पा जिल्लाको विकासमा योग पु¥याइ रहेका छाँै । यो समग्र रोल्पा जिल्लाको पुँजी हो । सबैलाई यस अर्थमा बुझेर रोल्पा जिल्लाको माडीचौरमा हुन लागेको रोल्पा माडी साँस्कृति तथा खेदकुद महोत्सवमा आएर महोत्सवलाई सफल हुन्छ भन्ने विश्वास व्यक्त गर्दछु । साथै यो महोत्सव सबै रोल्पालीको भएकोले सबैको सहभागितामा सहकार्य एवं आगमनमा माडीचौरमा माघ १ गतेदेखि २ गतेसम्म भव्य र सान्दार रुपले सम्पन्न हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।
२धेरै पटक भयो रोल्पा माडी महोत्सव आयोजना भएको, रोल्पाको माडीचौरमा तपाईको संयोजकत्वमा महोत्सव किन आयोजना गर्नुहुन्छ छ ?
%रोल्पा बहुजातीय, बहु साँस्कृति भएको जिल्ला हो । रोल्पा जलश्रोत, खनिज, पुरातात्कि क्षेत्र, ऐतिहासिक स्थल भएको जिल्ला पनि हो । रोल्पा धार्मिक तथा प्रातिकृति हिसावले पनि भरीपूर्ण जिल्ला हो त्यसमा पनि पछिल्लो समयमा युद्धकालमा रोल्पा जनयुद्धको केन्द्र बनेको थियो । नयाँ युद्ध पर्यटकको नयाँ गणतव्य पनि बनेको छ । यो माडीचौरमा लाग्ने मेला पनि फरक सँस्कृति बोकेको हो । माघी सकरातीमा लाग्ने मेला हो । विगतमा करिव ३÷४ दिन जति मेला भव्य रुपमा लाग्ने गर्दथ्यो । पछिल्लो समयमा जिल्लाको खेलकुद मैदान पनि निर्माण भयो । रोल्पाको सदरमुकामबाट नजिकै रहेको एउटा यस्तो सुन्दर गाउँमा मेला महोत्सवको आयोजना गर्ने सपना बन्यो । हामीले यस भेकका युवा क्लबहरुसँग छलफल गरेर महोत्वसको आयोजना गरियो । केही वर्ष मेलामात्रै पनि लगायाँै । तर पनि यस भन्दा अगाडि दुई वर्षमा भव्य रुपमा हामीले महोत्सव आयोजना गरियो । २०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा सम्पन्न गरियो । यस भन्दा अगाडिमा माडीचौरमै दोस्रो महोत्सव पनि भव्य तरिकाले सम्पन्न गरियो । अव यस पटक पनि भव्य गर्नका लागि हामी लागि रहेका छाँै । हामीले जसरी पनि रोल्पा जिल्लामा मानिसहरुलाई कसरी आगमन गराउँन सक्छाँै । त्यसका साथै रोल्पा जिल्लाको साँस्कृतिक तथा खेलकुद विकासमा कसरी गराउन सक्छाँै भन्ने हिसावले नै कार्यक्रमको मूल उद्देश्य हो । साथै यसैगरी रोल्पा जिल्लाको विकास निर्माणमा पनि राष्ट्रियरुपमा ध्यानाकर्षण गरिएको छ । हामी जे गर्न सक्छौँ त्यसरी नै जिल्लाको विकास निर्माणमा इट्टा थप्नुपर्दछ ।
अर्काे मेरै नेतृत्वमा दुइ पटक मात्रै हो । म रम्जावेशी युवा क्लव, माडी जलजला युवा क्लवको सँरक्षकको हिसावले हो । हाम्रो क्ललको आयोजना हुँदा तपाई दुवै क्लवको पनि हो । त्यसैले साथीहरुले मलाई नै नेतृत्व लिनका लागि आग्रह गर्नुभयो । मैले जिम्मेवारी लिएको हु । यसमा हाम्रो लिबाङदेखि भाबाङ, कोर्चाबाङसम्मका साथीहरु महोत्सव आयोजक समितिमा हुनुहुन्छ ।
रोल्पा जिल्लामा जति स्थानमा सकिन्छ त्यति मेला लगाउनु पर्दछ । हाम्रो जिल्ला महोत्सवका सँस्कारमा विकास भएको छैन त्यसैले गर्दा हामीले आयोजना गर्दा पनि टिप्पणी हुन्छ किन कि हाम्रो समाज त्यही फेजमा छ । तर म भन्दछु हामील जति सकिन्छ जहाँ भए पनि आयोजना गर्नुपर्दछ । त्यसले केही न केही रोल्पा जिल्लालाई नयाँ पनमा अगाडि बढाउन सकिन्छ । त्यसैले गर्दा हामीले आयोजना गर्नुपर्दछ । अनि रोल्पा जिल्लालाई विभिन्न माध्यमबाट नेपाल र विश्वको सामू चिनाउनु नै हो । हामीले जसरी रोल्पा जिल्लालाई १० वर्ष जनयुद्धको क्रममा विश्वमा चिनायौँ । शान्तिकालमा पनि चिनाउनु पर्दछ । रोल्पालाई जसरी भए पनि चिनाऔँ ।
२संयोजक ज्यू, यस पटकको महोत्सव किन आयोजना गर्नुभएको हो ?
%केही कुरा मैले माथी नै भनि सकेको छु । माघ १ गतेदेखि ७ गतेसम्म कोटगाउँ–१ जिल्लाको खेलमैदानमा रोल्पा माडी साँस्कृतिक तथा खेलकुद महोत्सव–२०७३ अबसरमा रोल्पा जिल्लाका मौलिक सँस्कृति, कला साहित्य, खेलकुद, पर्यटन, कृषि, व्यापारका लागि आयोजना गरेको छौँ । साथै महोत्सवको उद्देश्य भनेको मौलिक कला सँस्कृतिको संरक्षण तथा प्रवद्र्धन र विकास । युवाहरुको खेलकुदक्षेत्रमा व्यक्तित्व विकास गर्नु, किसानका कृषिजन्य उत्पादनको प्रदर्शन विक्री, आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न प्राकृतिक, सांस्कृतिक, धार्मिक र युद्ध पर्यटनको प्रचार–प्रसार तथा प्रबद्र्धन गर्नु रहेको छ । यसै गरी रोल्पा जिल्लामा घरेलु तथा साना उद्योगबाट उत्पादित सामाग्रीको प्रचारसंगै प्रबद्र्धन तथा बजारीकरण गर्नु, त्यस्तै रोल्पा जिल्लामा विभिन्न भाषा बोलिन्छ । भाषा पनि सम्पत्ति हो । हामीले भाषाको महत्व राख्दैनौँ तर पनि हाम्रो जिल्लामा बोलिने स्थानीय भाषा हाम्रो संस्कृति, भेषभुषाको पहिचान, संरक्षण र प्रबद्र्धन गर्नुको पनि अर्काे हाम्रो उद्देश्य हो । अर्काे रोल्पा जिल्ला साहित्य क्षेत्रको उर्वर भूमि हो । हाम्रो महोत्सवमा कला साहित्यको पक्षको विकास गर्नु हाम्रो पनि कतव्र्य हो ।
यतिमात्रै होइन महोत्सव भनेको आर्थिक गतिविधि बढाएर आमनागरिकको जीवनस्तर उठाउनु पनि हो । हिजोको रोल्पा र आजको रोल्पा । आफैले सबैकुरा सिकिदैन केही सिक्नका लागि कसैबाट ज्ञान पनि लिनुपर्दछ । यसका लागि पनि महोत्सव आयोजना गर्नुपर्दछ । साँस्कृतिको रुपमा विकृत बन्दै गएको छ, यो सँस्कार र सँस्कृतिलाई समाजको परिवर्तनसँगै जनपक्षीय, परिवर्तितशील मनोरञ्जन प्रदान गर्नु हो । यस्तै सामाजिक रुढीबादी संस्कार संस्कृतिलाई विस्थापित गरी सभ्य संस्कृतिको निर्माण गर्न महोत्सवको आयोजना गरी सचेतना सन्देश प्रवाह गर्नु हो ।
२रोल्पाको माडीचौरमा ५ दिनसम्म सञ्चालन हुने महोत्सवमा के–के कार्यक्रमको आयोजना गर्नुभएको छ ?
%हामीले यस पटक रोल्पा जिल्ला रोल्पा जिल्लाका साँस्कृतिक विधाहरुलाई प्रोत्साहन गर्ने हो । त्यसैमा पनि हामीले रोल्पा माडी साँस्कृति तथा खेलकुद महोत्सव सञ्चालन गरिएको छ । माडीकप फुटवल प्रतियोगितामा राखिएको छ । जसमा हामीले विजेता टिमलाई १ लाख, उपविजेतालाई ५० हजार, सेमिफाइनलिष्ट २ टिमलाई २५÷२५ हजार प्रदान गरिने छ । महिला र पुरुष भलिबल टिमलाई विजेता टिमलाई ५०÷५० हजार, उपविजेतालाई २५÷२५ हजार, सेमिफाइनलिष्टलाई १०÷१० हजार रहेको छ । यसैगरी व्याडमिन्ट प्रतियोगितामा प्रथम ५ हजार, द्वितीयलाई ३ हजार, तृतीयलाई २० हजार पुरस्कार राखिएको छ । टेवुल टेनिसमा (डवल)मा प्रतियोगितामा प्रथम ५ हजार, द्वितीयलाई ३ हजार, तृतीयलाई २० हजार, पुरुष तथा महिला साँस्कृति झाँकी लगायत अन्य सामूहिक प्रतियोगिताका लागि प्रथमलाई २५ हजार द्वितीयलाई १५ हजार, तृतीय १० हजार राखिएको छ । गायन प्रतियोगितामा प्रथमलाई १५ हजार द्वितीयलाई १० हजार, तृतीय ५ हजार राखिएको छ । लोक दोहरी गीत प्रतियोगितामा प्रथमलाई १५ हजार द्वितीयलाई १० हजार, तृतीय ५ हजार राखिएको छ । रोल्पा जिल्लामा नृत्यको सम्भावना पनि निकै राम्रो रहेको छ । यसका लागि हामीले प्रथमलाई १५ हजार द्वितीयलाई १० हजार, तृतीय ५ हजार राखिएको छ । यसैगरी रोल्पा जिल्लामा साहित्य विधाको पनि गजल प्रतियोगिता राखिएको छ । जसका लागि प्रथमलाई ३ हजार द्वितीयलाई २ हजार, तृतीय १० हजार राखिएको छ । यसका साथै रोल्पा जिल्लाको स्थानीय परिकार खाना पकाउने व्यावसायीलाई पनि प्रोत्साहन स्वरुपम प्रथमलाई ४ हजार द्वितीयलाई ३ हजार, २ जनालाई १ हजार ५ सय र एक जनालाई १ हजार राखिएको छ । यसमा सबैलाई सहभागि हुनका लागि अनुरोध गर्दछु ।
२५ दिन सम्म रोल्पाको माडी चौरमा सम्पन हुने रोल्पा माडी महोत्सव कार्यक्रमको बारेमा कही बताई दिनु हुन्छ की ?
%महोत्सवलाई सम्पन्न गर्नका लागि सम्माननीय उपराष्ट्रपतिको नन्दबहादुर पुनमगरको प्रमुख आतिथ्यता र सम्माननीय सभामुख ओनसरी घर्तीमगर, माननीय अर्थमनत्री कृष्णबहादुर महरा, माननीय पूर्व अर्थमन्त्री वर्षमान पुनमगर लगायत अन्य साँसद पूर्व जनप्रतिनिधीहरु, सरकारी निकाय तथा नीजि क्षेत्रका विशिष्ट महानुभावहरुबाट समेत आतिथ्यता रहनेछ । हाल करिव १० टिम जटि फूटवल प्रतियोगिता १० टिम भन्दा माथि भलिबल टिम लगायत अन्य खेलकुदहरु पनि सञ्चालनमा रहेका छन् । सम्पूर्ण टिमहरुले टिम २०७३ पुस २८ गते साझ ५ वजेसम्म दर्ता गरि सक्नुपर्ने, पुस ३० गतेसम्म चिठ्ठा लिइ सक्नुपर्ने र २०७३ साल माघ १ गते ठीक १० बजे खेल गर्नेछौँ । यसका साथै खेलाडी लगायत अन्य साँस्कृतिक टिमहरु पनि माघ २ गते हुने उद्घाटन कार्यक्रममा अनिवार्य ड्रेस हुनुपर्दछ ।
२महोत्सवमा सहभागि हुनका लागि कुन टिमले कोसंग सम्पर्क गर्ने छ ?
%रोल्पा माडी महोत्सवका लागि हामीले विभिन्न जिम्मेरी बाडफाड गरेको छौँ । खेलकुदलाई व्यस्थित गर्नका लागि सम्पूर्ण जिम्मेवारी साथीहरुले मलाई प्रदान गरेका छौँ । यसैगरी सनस्टार युवा क्लबका अध्यक्ष पुरण क्षेत्री, मिडिया संयोजन तथा अन्य कामकार्यका लागि मानसिंह बिक (रोल्पा समाचार साप्ताहिक एवं मिडिया संयोजक) सोमबहादुर घर्तीमगर अध्यक्ष रम्जाबेशी युवा क्वल, धुव्रचन्द्र पुनमगर माडी जलजला युवा क्लवका अध्यक्ष, राष्ट्रिय लोक दोहरी प्रतिष्ठान रोल्पाका अध्यक्ष खवपु चञ्चल, कोषाध्यक्ष अध्यक्ष अशोक वली ‘परिवर्तन, नृत्यका प्रतियोगिताका लागि सुनछहरी कलाकेन्द्रका अध्यक्ष दीपीन थापा लगायत कलाकेन्द्र, गजल प्रतियोगिताका लागि ललित साहित्य परिषद् रोल्पाका उपाध्यक्ष नविन लोचनमगर लगायतका परिषद् साथीहरुलाई जिम्मेवारी प्रदान गरिएको छ । यसैगरी व्याडमिन्टनका लागि रोल्पा जिल्ला व्याड मिन्टन संघका अध्यक्ष बेगम हमाल लगायत संघ, टेवुल टेनिस रोल्पाका अध्यक्ष याम गुरुङ लगायत टेवुल टेनिस संघ रोल्पा, यातायातका लागि रोल्पा जिल्लामा सञ्चालन तिन वटै समिति तथा प्रा.ली. सहित छलफल भएको छ ।
२रोल्पा माडी महोत्सवको अवसरमा मिडिया परिचालन कसरी गर्नु भएको छ ?
%महोत्सवलाई सबै जनताको घर– घरसम्म पु¥याउनका लागि हाल सबै रोल्पा जिल्लाका मिडियाहरु सामुदायिक रेडियाहरु सामुदायिक रेडियो रोल्पा, सामुदायिक रेडियो जलजला, सामुदायिक रेडियो जलजला, सामुदायिक रेडियो सुनछहरी, सामुदायिक रेडियो मालश्री र छापा पत्रिकाहरु रोल्पा समाचार साप्ताहिक, सनस्टार साप्ताहिक, जुनकिरी साप्ताहिक, जनआंक्षा साप्ताहिक, सुनछहरी साप्ताहिक, रोल्पा खवर साप्ताहिक, चतुर्भज साप्ताहिक, होलेरी साप्ताहिक हामीले सबैलाई मिडिया पार्टनरको रुपमा राखेका छाँै । यसको संयोजन पत्रकार महासंघ रोल्पाका निर्वमान सचिव एव रोल्पा समाचार साप्ताहिकका प्रकाशक तथा सम्पादकले जिम्मेवारी निर्वाह गर्नु भएको छ । हामीले एवीसीमा कार्यक्रम प्रस्तोता कृष्ण कडेलको नेतृत्वमा रहेको इन्द्रणी ग्रुप लगायत स्थानीय मिडिया लगायत राष्ट्रिय मिडियाबाट पनि प्रतक्ष्य प्रशारण गर्ने कार्यक्रम रहेको छ ।
२अन्तमा केही भन्नु छ की ?
%रोल्पा जिल्लाको माडीचौरमा सम्पन्न हुने माडी महोत्सवमा प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि लगायत अन्य सरकारी तथा गैर सरकारी सँस्थाहरुमा पत्रचार, सुरक्षा निकाय, यातायात, सञ्चार क्षेत्र, साँस्कृति तथा कला साहित्य टोलीसंग, खेलकुदको टोलीसँग सबै तयारी अन्तिममा पुगेको छ । सबै रोल्पालीहरुको महोत्सव हो । यो एउटा माडीचौर जिल्ला खेलकुद मैदान हो । यसमा कसले अयोजना गरेको, यसको नेतृत्व को भनेर भन्नु भन्दा पनि हाम्रो महोत्सव हो, सबै आएर महोत्सवलाई सफल पारि दिनका लागि अनुरोध छ ।
प्रस्तुतकर्ताः मानसिंह बिक

You may also like