चीनिया मलको प्रयोगबाट माडीचौरमा माटोको उर्वर शक्ति वृद्धि

रोल्पा समाचारदाता
माडीचौर रोल्पा ।

रोल्पा नगरपालिका ७ नं. वडा माडीचौर रोल्पामा चीनिया कम्पनी खुन्हा एक्सपोर्ट इमपोर्टबाट उत्पादीत मल परीक्षणको अनुगमन बिहीबार कम्पनीको प्रतिनिधि लगायत सरोकारवाला निकायहरुले गरेका छन् । अन्य कम्पनीको रासायनिक मलको प्रयोगबाट मोटको उर्वर शक्ति ह्रास बनेको अवस्थामा उक्त कम्पनीको मल प्रयोगबाट माटोको उर्वर शक्तिवृद्धि हुने अपेक्षा गरिएको छ ।
नेपाल सरकारको स्वीकृतिमा चीनिया कम्पनी खुन्हा एक्सपोर्ट इमपोर्टबाट उत्पादीत रासायनीक मलको परीक्षण रोल्पा नगरपालिका ७ नं. वडा माडीचौर रोल्पाका कृषकहरुले हिउँद बालीमा प्रयोग ल्याएको अग्रज कृषक त्रिपनी घर्तीमगरले बताउनुभयो । विगतदेखि विभिन्न कम्पनीबाट उत्पादीत रासायनीक मलको प्रयोगबाट माडीचौर क्षेत्रका कृषक लगायतका अन्य क्षेत्रका कृषकहरुले अन्य कम्पनीबाट उत्पादीत रासायनिक मल प्रयोग गर्दै आएका छन् । तत्काल उत्पादनमा वृद्धि भएपनि माटो उर्वर शक्ति ह्रास हुँदै आएको छ ।

रासायनिक मलका प्रयोग भएका बारीहरुमा माटोको उर्वर शक्ति ह्राससँगै माटो अवस्था विग्रिएको छ । जसले कृषकरुलाई तरकारीका विरुवाहरु गोडमेलमा समेत कठीन भएको अग्रज कृषक त्रिपनी घर्तीमगरले बताउनुभयो । चीनीया कम्पनीबाट उत्पादीत रासायनिक मलको प्रयोगबाट माटो र विरुवालाई अहिले धेरै राम्रो भएको घर्तीमगरको धारणा व्यक्त गर्नुभयो । अहिले घर्तीमगरको पहलमा उहाँ लगायतका माडीचौर रोल्पाका कृषकहरुले हिउँद बाली गहुँ, फुल गोपी, वन्दा गोपी, आलु, तोरी लगायतका बालिहरुमा चीनिया कम्पनीबाट उत्पादीत मल प्रयोगको शुरुवात ल्याएको छ । अन्य कम्पनीबाट उत्पादीत मलको प्रयोग गरिएको बारीको तकारीका विरुवाभन्दा चीनिया कम्पनीबाट उत्पादीत मल प्रयोग भएका बारीका विरुवाहरु राम्रा देखिएका छन् भने माटो समेत खुकिलो बनेको छ । जसले कृषकरुलाई बारीका तरकारीका विरुवाहरुको गोडमेलमा समेत सहज भएको सहभागि कृषकहरुको भनाई व्यक्त गरेका थिए ।

चीनिया कम्पनीको मल प्रयोग भएका बारीको विरुवाहरु हुर्किएको अनुसार पनि अन्तिममा उत्पादनको परिणाम कस्तो आउँछ भन्ने जिज्ञसा कृषकहरुले कम्पनीको प्रतिनिधिसँग व्यक्त गरेका थिए । कृषहरुले अन्य कम्पनीको मल प्रयोगबाट बारीको माटो अवस्था बिग्रिएको प्रति चिन्ता व्यक्त गर्दै चीनिया कम्पीको मल प्रयोगबाट माटो अवस्था सुँधार हुने अपेक्षा समेत सोही कम्पनीको प्रतिनिधिसँग अपेक्षा समेत व्यक्त गरेका थिए । यो मलको प्रयोगको परिणाम राम्रो आएमा पक्कै पनि जिल्लाको चीनिया कम्पनबाट उत्पादीत मलको माग बढ्ने कृषकरुको भनाई थियो । चिनिया कम्पनीले नेपालको विभिन्न ठाउँको माटो पाँच वर्षसम्मको अध्यायन तथा अनुसन्धानबाट मल उत्पादनको शुरुवात गरेको कम्पनीको प्रतिनिधि जिग मिले बताउनुभयो ।

यो मलको प्रयोगबाट प्रयाप्त तरकारी उत्पादनको भएको खण्डमा कम्पनीले नै बजारीकरणको व्यवस्था गर्ने समेत मिले बताउनुभयो । साथै नेपालको बजारमा पाइने अन्य देशको कम्पनीबाट उत्पादीत मलको तुलनामा चीनिया कम्पनीबाट उत्पादीत मलको प्रयोगबाट २ वा १ गुणा उत्पादन वृद्धि हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । मलको प्रयोग परीक्षणको अनुगनमा अन्य कम्पनीको प्रतिनिधि, पत्रकार, कृषकहरु लगायतका सरोकारवाला निकायहरुको सहभागिता थियो । २०६३ साल वैशाख महिनाको १४ गते नेपाल सरकार उद्योग मन्त्रालयमा समेत दर्ता भएको छ । कम्पनीको आधिकारिक व्यक्तिबाट सम्बन्धित कृषिकसम्म मल पु¥याउने व्यवस्था कम्पनीले गरेको छ । साथै कम्पनीको प्रतिनिधिले रोल्पा नगरपालिकाको प्रमुख पूर्ण के.सी.सँग समेत भेटघाट गरेको छ । टोलीले चिनिया कम्पनीबाट उत्पादीत रासायनीक मलको प्रयोगको फाइदा लगायतका विषयवस्तुमा समेत छलफल गरेको थियो । चीनिया कम्पनीको मलको प्रयोगबाट कस्तो परिणाम आउँछ भन्ने विषयमा अफै प्रयोगकर्ता कृषिकहरुको जिज्ञसाकै विषय बनेको छ ।

You may also like