नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को २९ सदस्यी टोल कमिटी गठन

साउन २५ गते
पाङ–रोल्पा


नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिका–१ वडाको टोल कमिटी शनिबार पाङमा गठन गरिएको छ । अब पार्टीको टोल कमिटीले पुर्णतासँगै टोलमा पार्टीको गतिविधिहरुले तीव्रता पाउने भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिका–१ वडा रोल्पाको वडा अध्यक्ष डोर बहादुर पुनमगर, विशिष्ट अतिथि एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को रोल्पा जिल्ला सदस्य ताजे पुन र दिलबहादुर पुन, अतिथिहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिका सदस्य होमबहादुर विष्ट, रणबहादुर पुन लगायतको आतिथ्य थियो । रामसिंह विष्टको अध्यक्षतामा २९ जनाको उक्त वडाको टोल कमिटी गठन भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस पार्टीको २४ जना कार्यकर्ता, राप्रपाबाट ५ जना कार्यकर्ता, स्वतन्त्रताबाट ३ गरी जम्मा ३१ जनाले आफ्नो पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । पार्टी प्रवेशीहरुलाई कार्यक्रमको प्रमुख अतिथि एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिका–१ वडा रोल्पको वडा अध्यक्ष डोर बहादुर पुनले अविर ल्यापन गर्दै पार्टी प्रवेश गराउनुभएको थियो । साथै उहाँले आगामी दिनमा वडा टोल पार्टी कसरी अगाडि बढाउने जस्ता महत्वपूर्ण विषयवस्तुमा टोल कमिटी पदाधिकारीहरुलाई प्रशिक्षण समेत गर्नुभयो । कार्यक्रमको अवसरमा नरबहादुर विष्टको संयोजकत्वमा ५ सदस्यी सेल कमिटी गठन गरिएको छ । कार्यक्रममा पार्टीको टोल कमिटी पदाधिकारी, शुभ चिन्तक लगायतहरुको उपस्थिति थियो । वडा अध्यक्ष डोरबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन गीरबहादुर पुनले गर्नुभएको थियो ।

You may also like