रोल्पा समाचारदाता
लिबाङ रोल्पा
असाेज २६
नयाँ आर्थिक वर्षमा नेपाल सरकारले आफ्ना कर्मचारीहरुको मासिक तलबवृद्धिसँगै नेपाली बजारमा पनि मूल्य वृद्धिको क्रममा होटेल व्यवसायी संघ रोल्पाले पनि होटेलमा पाइने विभिन्न परिकारहरुको पनि मूल्यवृद्धि गरेको छ । संघले संस्थागत निर्णय गर्दा होटेल व्यवसायीहरुलाई व्यवसायीमा थप राहत पुगेको छ ।
होटेल व्यवसायी संघले २०७६ साल साउन महिना लागू हुनेगरी नयाँ मूल्य सूची निर्धारण गरेको थियो तर व्यवसायीहरुले विस्तारै लागू गर्दै आएका छन् । जस अनुसार खाना सादा प्रति प्लेट रु १८०, खाना र खसी मासु प्रति प्लेट रु ३५०, खाना र बोइलर कुखुरा मासु प्रति प्लेट रु ३ सय, खाना र लोकल कुखुराको मासु प्रति प्लेट रु ३५०, खसी मासु प्रति प्लेट रु ३ सय भने हाफ प्लेट रु १५०, लोकल कुखुराको मासु प्रति प्लेट रु ३ सय भने हाफ प्लेट रु १५०, बोइलर कुखुराको मासु प्रति प्लेट रु २ सय भने हाफ प्लेट रु ११०, माछा लोक प्रति प्लेट रु २५० भने हाफ प्लेट रु १३०, माछा पालुवा प्रति प्लेट रु २ सय भने हाफ प्लेट रु ११०, मःम खसीको प्रति प्लेट रु २ सय भने हाफ प्लेट रु १२०, मःम चिकेन प्रति प्लेट रु १५० भने हाफ प्लेट रु ८०, बफ मःम प्रति प्लेट रु १ सय भने हाफ प्लेट रु ६०, मःम भेज प्रति प्लेट रु ८० भने हाफ प्लेट रु ५०, रागाको मासु प्रति प्लेट रु १५० भने हाफ प्लेट रु ८०, चाउमिन भेज प्रति प्लेट रु ८० हाफ प्लेट रु ५०, चाउमिन चिकेन प्रति प्लेट रु १५० भने हाफ प्लेट रु ८०, चाउमिन बफ प्रति प्लेट रु १५० भने हाफ प्लेट रु ८०, चाउमिन अण्डा प्रति प्लेट रु १२० भने हाफ प्लेट रु ७०, चिया दुध हालेको एक गिलास रु २०, चिया कालो एक गिलास रु १५, कफी दुध हालेको एक गिलास रु ८०, कफी कालो एक गिलास रु ३०, दुध प्रति गिलास रु ५०, दही सानो चिया गिलास रु ४०, लस्सी प्लेन रु १ सय, लस्सी मदान रु १५०, चिकेन विरयानी रु ३ सय भने हाफ रु १६०, भेन विरयानी रु १ सय भने हाफ रु ६०, मटन विरयानी रु ३५० भने हाफ रु १७५, फ्रराई राइस प्रति प्लेट रु १ सय भने हाफ प्लेट रु ६०, अण्डा फ्रराइ राइस प्रति प्लेट रु १५० भने हाफ प्लेट रु ८०, चिकेन फ्रराई राइस प्रति प्लेट रु २५० भने हाफ प्लेट रु १३०, मटन राइस फ्रराइ प्रति प्लेट रु ३ सय भने हाफ प्लेट १६०, बफ फ्रराई राइस प्रति प्लेट रु २५० भने हाफ प्लेट रु १३०, उसिनेको प्रति अण्डाको रु २५, अम्लेट २ पिस अण्डाको रु ६०, चिकेन लेग पिस रु २५०, चिकेन ललिपप रु १२०, चिकेन चिल्ली रु २५०, सुकुटी प्रति प्लेट रु १५० भने हाफ प्लेटको रु ८०, मिक्स मिठाई प्रति के.जी. रु ६ सय, जफि मिठाई प्रति के.जी. रु २५०, जेरी प्रति के.जी. रु ४ सय, जेरी प्रति ओटा रु १०, डोनट प्रति ओटा रु १०, सेल प्रति ओटा रु १५, लड्डु मिठाई प्रति के.जी. रु ५ सय, लड्डु मिठाई प्रति पिस रु २०, समोसा प्रति पिस रु १५ र छोला समोसा प्रति प्लेट रु ६० मूल्य निर्धारण भएको होटेल व्यवसायी संघ रोल्पाको अध्यक्ष गनबहादुर घर्तीमगरले बताउनुभयो । साथै संघले होटेलमा मासिक रुपमा खानाका लागि प्रत्येक हप्तामा १ प्लेट मासु सहित रु ६ हजार ५ सय निर्धारण समेत गरेको छ । जसरी नयाँ आर्थिक वर्षमा कर्मचारीहरुको मासिक तलब वृद्धिसँगै बजारमा दैनिक उपभोग्य सामानहरुको मूल्यमा पनि स्वतः वृद्धि हुँदा होटेल व्यवसायीहरु पनि चिन्तित बन्नुपर्ने अवस्था थियो तर संघले व्यवसायीहरुको समस्यालाई मध्येनजर गर्दै समयमा नै होटेलमा पाईने विभिन्न परिकारहरुको मूल्य वृद्धिको निर्णयले व्यवसायीहरुलाई राहत भएको छ । नेपाल सरकारले कर्मचारीहरुको मासिक तलब वृद्धि पश्चात् निजी क्षेत्रहरुले पनि अनुकुल्तामा मूल्य निर्धारण गर्दा व्यवसायीहरुलाई व्यवसायीमा सहजता भएको छ । बढ्दो वेरोजगारीकै कारण विभिन्न नीजि क्षेत्रमा कामदारहरुको मासिक तलब वृद्धि नहुँदा ति कामदारहरुको खर्च र आम्दानीको तालमेल हुँदा दैनिक बचत समेत नहुन नसकेको अवस्था हो । होटेल व्यवसायी संघले आफ्नो व्यवसायीको हक हितको निम्ति जे काम गरेको छ त्यो कार्य आफैमा सहरानीय कार्य हो । हक अधिकार सुश्चितका लागि पनि सामूहिकतामा आवद्धता बन्नु पर्दछ भन्ने होटेल व्यवसायी संघ एक उदाहरणीय बनेको छ । त्यसैले यसरी अलग अलग रहेको कुनै पनि व्यवसायी वा सम्बन्धित क्षेत्रका कामदारहरु पनि संगठनमा आवद्धता बन्न सकेको अवस्थामा मात्र आफ्ना हक, अधिकार र समस्याको समाधान हुन सक्छ होइन आफ्नो लागनी र परीश्रम अनुसारको आम्दानी हुुन सक्दैछ । जसले आम्दानीभन्दा खर्च बढि हुँदा बचत नहुँदा आर्थिक दृष्टिकोणले जीवन स्तर परिवर्तन हुन सक्दैन । त्यसैले आर्थिक दृष्टिकोणले जीवन स्तर परिवर्तन, हक, अधिकार सुश्चितताका लागि संगठिन बन्न जरुरी छ । सबैले होटेल व्यवसायी संघबाट पाठ सक्नु पर्ने आवश्यकता छ ।