विपद् व्यवस्थापन समिति सुनछहरी गाउँपालिकाको बैठक

विपद् व्यवस्थापन समिति सुनछहरी गाउँपालिकाको बैठक
जुनिश कुमार विष्ट
२० साउन, रोल्पा ।

This image has an empty alt attribute; its file name is s1-1.jpg


विपद् व्यवस्थापन समिति सुनछहरी गाउँपालिका रोल्पाको आर्थिक वर्ष २०७८÷०७९ को पहिलो बैठक बुधबार सम्पन्न भएको छ ।
बैठकले आर्थिक वर्ष २०७७÷०७८ मा गाउँपालिकामा विपद् व्यवस्थापन समितिले गरेका कामहरुको समीक्षा गरेको छ । विपद् व्यवस्थापन कोषमा जम्मा भएको रकम रु ५३ लाख ४ हजार २ सय ९९ रुपैयाँ आर्थिक वर्ष २०७७÷०७८ मा कोषको खर्च रकम रु २८ लाख २ हजार ८ सय १६ रुपैयाँ र कोषमा बाकी रकम रु २५ लाख १ हजार ४ सय ८३ रुपैयाँ रहेको फोकल पर्सन दयाबहादुर बुढामगरले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा आगलागी, पहिरो, चट्याङ, कोरोना भाइरस र भौगोलिक विकटता प्रमुख विपद घटनाहरु घटेका छन् । गाउँपालिका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५, स्थानीय विपद् व्यवस्थापन कोष संचालन कार्य विधि २०७५, मनसुन जन्य विपद कार्य विधि २०७७ लगाएतका ऐन नियम निर्देशिका बनाइएको छ । गाउँपालिकामा विपद् व्यवस्थापन समितिले जोखिमयुक्त बस्तीहरु पहिचान गरेको छ ।
जस अन्तर्गत वडा नम्बर १ सेरमको फुलिवन, बाछेडाडा, घुसबाङ सजर र मुगाधारा वडा नम्बर २ भित्रीगामको चालबाङ, हारबाङ र गोहाखोला बस्ती, वडा नम्बर ३ बाहिरीगामको पाङबाङ, भाङनाङ मबाङ, बाहिरीगाम ठूलोगाउँ र मौलावन सौडा, वडा नम्बर ४ स्युरीको नारबाङ, बोबाङ र भुर्तिबाङ बस्ती वडा नम्बर ५ को जुबाङ, कसला, जैमा, थनबाङ कोटधारा र बामरी वडा नम्बर ६ को धाराथोक, उपल्लो थोक र हाङधुङ वडा नम्बर ७ जेलबाङको डाडाखान, शिरबाङ, नयाँबस्ती, मबाङ ऐसेलुखर्क र खिबाङ बस्ती रहेका छन् । विपद् सम्बन्धि भएका अन्य कार्यहरु कोरोना भाइरस सम्बन्धि रोकथाम तथा नियन्त्रणको लागि जनचेतना सम्बन्धि कार्यक्रम कोभिड हस्पिटल स्थापना र एन्टिजेन र औषधि खरिद लगायतका कामहरु सम्पन्न भएका छन् । गाउँपालिका विपद व्यवस्थापनमा देखिएका समस्याहरु भौगोलिक विकटता, यातायातको असुविधा ढुवानीमा समस्या यन्त्र उपकरणको अभाव र तालिम प्राप्त जनशक्तिको अभाव लगायतका रहेका छन् ।
साथै बैठकले विश्व व्यापी रुपमा कोभिड १९ फैलिरहेको अवस्थामा रोल्पा समाज जापानको अगुवाइमा सहयोग उथाई रु २९ हजार ४ सय ४४ रुपैयाँ गाउँपालिकालाई सहयोग गरेकोमा रोल्पा समाज जापानलाई उत्तरोत्तर प्रगतिको कामना सहित धन्यवाद दिने, गाउँपालिकामा राहत पाउनको लागि वडा कार्यालयले २० दिन भित्र पठाउने, लिलबहादुर पुन सुनछहरी गाउँपालिका ५ पोबाङलाई वर्षातले पहिरो गई घर भत्किएकोले रु २० हजार र टेकमा रोका मगर सुनछहरी गाउँपालिका ३ बाहिरीगाम गोठ आगलागी भएकोले रु ५ हजार राहत दिएकोले अनुमोदन गर्ने निर्णय पारित भएको छ । मनसुन जन्य विपद् प्रभावित व्यक्तिहरु रणबहादुर घर्ती सुनछहरी १ सेरम पुन निर्माण, टेकमला घर्ती सुनछहरी १ पुन निर्माण ,मन्जित घर्ती सुनछहरी १ सेरम पुन निर्माण, नरबहादुर घर्ती सुनछहरी १ पुन निर्माण र लिल बहादुर पुन सुनछहरी ५ पोबाङ पुन निर्माण विवरण अनुसूची १ अनिवार्य भरी देहायका व्यक्तिहरुलाई जिल्ला प्रशासन कार्यालयमा राहतको लागि पठाउने निर्णय गएको गाउँपालिका फोकल पर्सन बुढामगरले बताउनभयो ।

You may also like