१६ औं निजामती कर्मचारी दिवशमा फरक क्षमता भएका सवल विद्यार्थीलाई सैक्षिक सामाग्री वितरण

हेमन्त खत्री
लिबाङ, रोल्पा
२०७६ भाद्र २१


“सक्षम निजामती प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने नाराका साथ १६ औं निजामती दिवस राष्ट्रसेवक कर्मचारीहरले सम्भ र भव्य रुपमा आज मनादैछ । सोही अवसरमा रोल्पा कर्मचारी मिलन केन्द्र रोल्पाद्वारा बाल कल्याण नमूना मा.वि. लिबाङ, रोल्पा न.पा. २ र तारा मावि बामरुक रोल्पा न.पा. १ बामरुकमा अध्ययनरत फरक क्षमता भएका सवल विद्यार्थीहरलाई २०७६ भाद्र २१ गते शनिवारका दिन एक कार्यक्रमका साथ शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता रोल्पा कर्मचारी मिलनकेन्द्र रोल्पाका अध्यक्ष हिमलाल विश्वकर्माले गर्नुभएको थियो भने कर्मचारी मिलन केन्द्र रोल्पाका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, सल्लाहकारहरु प्रहरी नायव उपरीक्षक . चित्रबहादुर गुरुङ, सशस्त्र प्रहरी गुल्म रोल्पाका प्रहरी नायव उपरीक्षक कर्णबहादुर बुढा, प्रमुख अनुसन्धान अधिकृत लक्ष्मण चौधरी र बालकल्याण नमूना मावि लिबाङका सहायक प्र.अ. लेखमणी खड्का, जिल्ला स्थित विभिन्न सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।
शैक्षिक सामग्री बालकल्याण नमूमा मावि फरक क्षमता भएका सवल विद्यार्थीहरु २५ जना र तारा मावि बामरुकमा ५ जना गरी ३० जना छात्र÷छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
रोल्पा मिलन केन्द्रका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले अघिल्ला निजामती दिवसहरुमा विरामीलाई फलफूल वितरण र खेलकुद कार्यक्रम गरिन्थ्यो भने यस रोल्पा जिल्लामा फरकम क्षमता भएका सवल विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेमा उनीहरुको क्षमतामा थप टेवा पुग्ने धारण व्यक्त गर्नु भएको थियो । त्यसै गरी उक्त कार्यक्रमका अध्यक्ष तथा रोल्पा मिलन केन्द्रका अध्यक्ष हिमलाल विश्वकर्माले रोल्पा कर्मचारी मिलनका पदाधिकारी र संरक्षकहरुको सल्लाह बमोजिम नै शैक्षिक सामग्री वितरण गरिएको, उपस्थित सम्पूर्ण महानुभावहरुलाई र विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । उक्त कार्यक्रम रोल्पा मिलन केन्द्रका सचिब सागर लामिछानेले गर्नु भएको थियो । आज विहान ८ बजे ¥याली गरेर दिवस मनाउने कार्यक्रम रहेको कर्मचारी मिलन केन्द्र रोल्पाका अध्यक्ष हिमलाल विश्वकर्माले बताउनुभयो ।

You may also like