रोल्पामा एस.इ.इ. तयारीमा रहेका विद्यार्थीहरुलाई दुरशिक्षा प्रविधिबाट शैक्षिक कार्यक्रम शुरु

रोल्पा समाचारदाता
२०७७ बैशाख १


प्रदेश नं. ५ का प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले विश्वमा कोरोना (कोेभिद–१९) संक्रमण एवं महामारीका कारणले विश्वको अर्थतन्त्र एवं मानव जीवन भयाबह भएको भन्दै भन्दै यसलाई सचेतनापूर्ण तरिकाले फेरी पुनरउत्थान गर्नुपर्ने विचार व्यक्त गर्दै यसका लागि पनि शिक्षा अनिवार्य विषय भएको बताउनुभयो ।

यस्तो विचार प्रदेश सभासदस्य पुनमगरले सतप्रयास मिडिया ग्रुपद्वारा उत्पादित एस.इ.इ.को तयारीमा रहेका विद्यार्थीहरुको लागि दुर शिक्षा कार्यक्रमको शुभआरभको बेलामा रोल्पाको लिबाङमा सोमबार बतानुभएको हो । उहाँले जतिसुकै मानव जनजीवनमा प्रभाव पारे पनि सचेतना पूर्ण तरिकाले फेरी समाज र विश्वलाई अगाडि बढाउनुपर्ने बताभयो । उहाँले भन्नुभयोः–‘यस्तो संकट विश्मा धेरै पटक आएको थियो, वर्तमानमान पनि आयो, आगामी दिनमा पनि आउनेछ, त्यसका लागि सामाना गर्दै जानुपर्दछ यसबाट आत्तिनु हुँदैन ।’


रोल्पाली विद्यार्थीहरुलाई अध्ययनका लागि सहयोग गर्न शैक्षिक कार्यक्रम उत्पादन गरेर सहयोग गर्नुभएकोमा धन्यवाद दिदैँ यसबाट अधिकांश रोल्पाली विद्यार्थीहरुले शिक्षा आर्जन गर्ने बताउँदै ग्रुपले आगामी दिनमा पनि राम्रो काम गर्ने विश्वास सहित कार्यक्रम उत्पादनका लागि रु १५ हजार रुपैया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले शैक्षिक सुधारको लागि नयाँ कामको आरम्भ भएको बताउँदै त्यसलाई सबै तथा सधै निरन्तरता प्रदान गर्नका लागि अनुरोध गनुभयो । उहाँले रोल्पा जिल्लाका दुरदराजमा रहेका विद्यार्थीहरुको मनोविज्ञान अनुसार काम गर्नु पर्ने बताउनुभयो ।


रोल्पा जिल्लाबाट निर्वाचित पुनमगरले रोल्पा जिल्लामा कोरोनाको संक्रमणका कारणले जनजीवन अस्तव्यस्त भएकोले केही सहजरुपमा जनताको दैनिक जीवन सुचारु गर्नका लागि पहल गर्नुपर्ने पर्ने बताउनुभयो । उहाँले नेपालमा भारतबाट निकै प्रभाव पार्ने भन्दै त्यसलाई कडाई गरी आन्तरिक रुपमा केही सहज बनाएमा जनताहरु उत्पादनमुलक काममा लाग्ने बताउनुभयो । रोल्पा जिल्ला हालसम्म समस्या नभएपछि यसमा अझै चनाखो हुनु पर्ने बताउनुभयो ।
प्रदेशसभा सदस्य पुनमगरले २०७६को राम्रा कामहरुलाई अनुशसन र केही सच्याउने कामहरुबाट शिक्षा लिएर २०७७ साल सबैको प्रगति, समृद्धीको बर्ष बनोस भनि शुभकमना समेत व्यक्त गर्नुभयो ।


यस्तै रोल्पा नगरपालिका नगरप्रमुख पूर्ण केसीले शैक्षिक जागरणका लागि सञ्चालित दुर शिक्षा सबै विद्यार्थीहरुको लागि ज्ञानबद्र्धक भएकोले यसलाइ निरन्तरता दिनका लागि अनुरोध गर्नुभयो । त्यसमा आफूहरुको पनि पहल जारी रहने बताउनुभयो । यस्तै उहाँले रेडियो र युवहरुबाट सार्वजनिक गर्दा यसले विद्यार्थीहरुमा सहज रुपमा ज्ञान बढाउनने बताउँदै शुभकामना समेत व्यक्त गर्नुभयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, नेपाल रेडक्रस सोसाइटीका रोल्पा शाखाका सभापति डीवी घर्तीमगर, जलजला क्याम्पस रोल्पाका प्राध्यापक गोकर्ण पुनमगर, नेपाल पत्रकार महासंघ रोल्पाका पाँचौ अधिवेशनका प्रथम कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा, अग्रेजी विषय शिक्षक कृष्ण डाँगी, गणित विषय शिक्षक ओम केसी लगायतलेसमेत बोल्नुभएको थियो ।
कार्यक्रममा गणित शिक्षक ओम केसीले समय छोटो भएर केही यसलाई व्यवस्थितमा केही समस्या रहेको भएपछि त्यसलाई अगाडि बढाउनको लागि आगामी दिनमा राम्रो हुने बताउनुभयो । यस्तै अग्रेजी शिक्षक कृष्ण डाँगीले रेडियो र युटुवका लागि पढाउनुपर्ने भएकोले तयारीमा केही प्राविधिक समस्या हुने बताउनुभयो ।
कार्यक्रममा सञ्चारकर्मी लगायत सतप्रयास मिडिया ग्रुपका विभिन्न जिम्मेवार व्यक्तिहरुको सहभागीता रहेको थियो । तयारी कक्षाका लागि अग्रेजी विषयका लागि बाल कल्याण नमूना माध्यमिक विद्यालयका शिक्षक, विज्ञान विषयका लागि बाल कल्याण नमूना मा.वि.का विज्ञान विषयका शिक्षक लेखमणि खड्का, गणित विषयका लागि होलीभिजन आवासीय मा.वि.का प्रिन्सिपल एवं शिक्षिक ओम केसी रहनुभएको छ । यो कार्यक्रम रोल्पा जिल्लाका ७ वटै सामुदायिक रेडियोबाट प्रतक्ष्य प्रशारण हुँदैछ । साथै युटुव चानलमा पनि सुन्न सकिने छ ।
कार्यक्रम सतप्रयास मिडिया गु्रपका काशीराम डाँगीको अध्यक्षताम भएको थियो भने खेम बुढामगरले सञ्चालन गर्नुभएको थियो । यो कार्यक्रम सतप्रयास मिडिया ग्रुपले उत्पादन गरेको कार्यक्रम हो । अबका दिनमा पनि निरन्तर उत्पादन गर्ने र कार्यक्रमलाई अझै प्रभावकारी बनाउने अभियान्ता केवि डाँगीले बताउनुभयो ।
कोरोना भाइसरको महामारीले गत २०७६ चैत्र ६ गते हुने भनिएको एस.इ.इ. परीक्षा केही समयका लागि रोकिएको थियो । तिनै विद्यार्थीरुलाई लक्षित गरी नेपाल सरकारले पनि विभिन्न माध्यम र अन्यतहका सरकारहरुले पनि तयारी कक्षा प्रदान गर्दैछन् । त्यसबाट विद्यार्थीहरुलाई निकै फाइदा हुने विज्ञहरुले बताएका छन् । अन्य च्यानलहरु हेर्ने समयलाई यता दिएमा निकै फलदायी हुने छ ।

 

You may also like