बाल अभिमूखकरण बाल विवाह न्यूनिकरण अभियान तीव्रता

रोल्पा समाचारदाता
सिर्प, रोल्पा
रोल्पाको सिर्पमा बालबालिका र सम्बन्धित सरोकारहरूको लागि बाल विवाह न्युनिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिको हो ।
जिल्ला बालकल्याण समिति रोल्पा र गाँउ विकास समितिको कार्यालय सिर्पको आयोजना तथा सप्तरङ्गी बालक्लव सञ्जाल सिर्पको स्थानीय व्यवस्थापनमा मङ्गलबार गा.वि.स कार्यालयको सभा हलमा अभिमुखिकरण कार्यक्रम हुने भएको हो । आर्थिक वर्ष २०७१÷०७२ गाँउ परिषद्बाट बालबालिकाको क्षेत्रमा खर्च हुने गरि विनियोजित बजेतबाट कार्यक्रम समपन्न गर्न लागिएको क्लवका अध्यक्ष योगेन्द्र आुपम जि.सले बताउनु भएको छ । सिर्प गाँउ विकास समितिलाई आ.व. २०७३÷२०७४ भित्र बाल विवाहमुक्त गा.वि.स घोषणा गर्ने अभियानलाई प्रभावकारी र सशक्त बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिन लोगेको गा.वि.स अध्यक्ष तथा सचिव ध्रुव बहादुर भण्डारीले बताउनु भएको छ । रोल्पाको सिर्पमा बालबालिका र सम्बन्धित सरोकारहरूको लागि बाल विवाह न्युनिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिको हो ।

जिल्ला बालकल्याण समिति रोल्पा र गाँउ विकास समितिको कार्यालय सिर्पको आयोजना तथा सप्तरङ्गी बालक्लव सञ्जाल सिर्पको स्थानीय व्यवस्थापनमा मङ्गलबार गा.वि.स कार्यालयको सभा हलमा अभिमुखिकरण कार्यक्रम हुने भएको हो ।

 

बाल विवाह न्यनिकरणका लागि विगत २ वर्ष अगाडिबाट गाँउ विकास समिति जिल्ला बालकल्याण समिति र अन्य सहयोगी निकायको सहयोगमा सप्तरङ्गी बालक्लव सञ्जाल सिर्पले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो अभिमूकरण अकार्यक्रमको सहजिकरण जिल्ला बालकल्याण समिति रोल्पाका बालअधिकार अधिकृत गोकर्ण प्रसाद पुन सहित अन्य सम्बन्धित सरोकारवाला निकायका अतिथिहरूले सहजिकरण गर्नु हुने बालक्लव सञ्जालले जानकारी दिएको छ । साथै यस अभिमूखिकरण कार्यक्रममा सिर्पका बाल क्लवका पदाधिकारीहरू, सरोकाकारवाला निकायका प्रतिनिधिहरूको व्यापक सहभागिता गराउने तयारीमा स्थानीय व्यवस्थापनको जिम्मा पाएको सप्तरङ्ग बाल क्लवका पदाधिकारी सक्रियताका साथ तयारीमा लागिरहेका छन् । साथै यस अभिमूखकरण कार्यक्रममा उपस्थित भई दिनका लागि पनि हार्दिक अपिल समेत गरेको छ ।

You may also like