दीगो विकास र वातावरण संरक्षणमा सक्रिय बन्नु पर्दछः जि.स.स. प्रमुख बुढामगर


लिबाङ, रोल्पा
२२ गते, स्वच्छ वायु, स्वस्थ्य जीवन भन्ने मूला नारा रोल्पामा दीगो विकास र वातावरण संरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रम जिल्ला समन्वय समिति रोल्पाको नयाँ हलमा सम्पन्न भएको छ । दिवसले विकास र वातावरण संरक्षणमा टेवा पुग्ने भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजबहादुर बुढामगरले जिल्लामा अव्यवस्थित सडक विस्तारले वायु र वातावरणमा धेरै प्रभावक परेको धारणा व्यक्त गर्नुभयो । उहाँले दीगो विकास र वातावणको संरक्षणको निम्ति अव्यवस्थित सडक विस्तार कायसँगै नराम्रा गल्त कार्यलाई रोक्नुपर्ने आवश्यकता औल्याउनुभयो । दीगो विकास र वातावरण संरक्षणको निम्ति स्थानीयतह लगायत सरोकारवाला निकायहरु सक्रिय देखाएका छन्, तर प्रभावकारी बन्ने सकेको धारणा व्यक्त गर्दै आगमी दिनमा प्रभावकारी नीति तथा कार्यक्रम तय गर्न समेत उहाँले सुझाव दिनुभयो ।

त्यैसगरी कार्यक्रमको विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नेपालम काँग्रेस रोल्पाको कार्यबाहक सभापति किशोर कुमार आचार्य, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको अध्यक्ष विश्व कुमार चन्द, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौं जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपाने लगायतका अतिथिहरुले शुभ कामना मतन्वय राख्नुभएको थियो भने कार्यक्रममा त्रिवेणी गाउँपालिपका अध्यक्ष शान्त कुमार वली, थबाङ गाउँपालिपका अध्यक्ष वीरबहादुर घर्तीमगर, गंगादेव गाउँपालिका अध्यक्ष वीरबहादुर खत्री, सुनिल स्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती, सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुन, माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले दीगो विकास र वातावरण संरक्षण सम्बन्धि अन्तरक्रियात्मक मनतव्य राख्नुभएको थियो । दीगो विकास र वातावरण संरक्षण सम्बन्धि कार्य पत्र डिभिजन वन कार्यालय रोल्पाको वन अधिकृत दधिलाल कडेलले प्रस्तुत गर्नुभएको थियो । समुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा रोल्पाको अध्यक्ष मनसिङ डाँगीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन डिभिजन वन कार्यालय रोल्पाका बाबुलाल पोख्रोलले गर्नुभएको थियो भने स्वागत सामुदायिक वन उपभोक्ता महसंघ जिल्ला शाखा रोल्पाको सचिव तिर्था आचार्यले गर्नुभएको थियो ।

You may also like