बाम गठबन्धनले थाल्यो अत्याधिक मत ल्याउने अभियान

रोल्पा समाचारदाता
लिबाङ– रोल्पा
आगामी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मत परिणाम अत्याधिक मत बाम गठबन्धनको पक्षमा ल्याउने उद्वेश्यका साथ गठबन्धनले मङ्गलबारबाट जिल्लाका प्रत्येक स्थानीयतहरुमा नमूना मतपत्र वितरण गरेको हो ।
निर्वाचनको मिति जटि नजिकिँदै छ, उति नै जिल्लामा चुनावी सर्गमी बढिरहेको छ । जिल्लामा बाम गठबन्धनले चुनावी अभियानलाई तीव्रताका साथ अगाडी बढाइरहेको छ । सोही क्रममा गठबन्धनले जिल्लाका प्रत्येक स्थानीयतहमा नमूना मतपत्र वितरणले जिल्लामा थप चुनावी सर्गमी बढ्ने भएको छ । यस अभियानले मतदाताहरुलाई प्रत्यक्ष मतदान सम्बन्धी शिक्षा प्रदान गर्ने भएकाले पनि गठबन्धनले प्राथमिकता दिएको छ । यस निर्वाचनको समयमा मतदाताले प्रतिनिधी सभाका प्रत्यक्षतर्फ उमेद्वारलाई निलो मसिको मतपत्रमा एक पटक मतदान गर्नुपर्ने छ । भने प्रदेश सभाका प्रत्यक्षतर्फको उमेद्वारलाई कालो मसिको मतपत्रमा एक पटक मतदान गर्नुपर्ने छ । त्यसैगरी प्रतिनिधी सभा र प्रदेश सभाको सामानुपातिक एउटा रातो मतपत्रमा मतदातालाई मन पर्ने पार्टीलाई अलग– अलग स्थानमा दुई पटक सामानुपातिक मतदान गर्नुपर्ने छ । त्यसैले मतदाता मतदानको क्रममा अलमल पर्ने अवस्थालाई गठबन्धनले मध्येनजर गर्दै निर्वाचन अगाबै नै नमूना मतपत्रबाट नमूना मतदान लगायतका कुरा मतदातालाई सिकाउने तयारी गरेको छ । गठबन्धनले जिल्लाका प्रमुख केन्द्रहरुमा चुनावी सभा सम्पन्न गरी रहेको बेला अब निर्वाचनमा गठबन्धनले मतदाता शिक्षा पनि नमूना मतपत्रको माध्यमबाट गाउँ–गाउँसम्म पु¥याउने लक्ष्य लिएको छ । सोही अभियानको शिलसिलमा मतदातालाई निर्वाचनको समयमा कसरी मतदान गर्ने जस्ता महत्वपूर्ण कुराहरु नै सिकाउनु हो । जिल्लाको सबै गाउँपालिकामा नमूना मतपत्रहरु पु¥याएको निर्वाचन परिचालन समिति सदस्य एवम् नेकपा (माओवादी केन्द्र) रोल्पाका जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले जानकारी दिनुभएको छ । सो नमूना मतपत्रको माध्यमबाट निर्वाचनमा मतदाताको मत सदर कसरी गर्न सकिन्छ भन्ने कुरालाई निर्वाचन परिचालन समितिले विशेष ध्यान दिएको छ । जिल्लामा चुनावी सभा लगायत घरदैलो भेटघाट कार्यक्रम गरी रहेको गठबन्धनले अब नमूना मतपत्र प्रत्येक गाउँ टोलमा कार्यकार्ता परिचालनबाट मतदाता शिक्षा सञ्चालन गर्ने तयारी गरेको छ । निर्वाचन परिचालन समितिले नमूना मतदान शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न समेत आफ्नो माठतका निकायहरुलाई निर्देशन समेत दिएको छ । मतदाताले निर्वाचनको समयमा लामो दुरीको यात्रा गरेर मतदान गर्न मतदाताले मतदान गरेको मत बदर हुनबाट रोक्न यो अभियानको अपरिहार्यता हो । जिल्लामा बाम गठबन्धनको निर्वाचनको अभियानको तुलात्मक हिसाबले अन्य पार्टीहरुको चुनावी अभियानले गति पाउन सकेको छैन । गठबन्धनले जिल्लामा चुनावी अभियानलाई प्रभावकारी रुपमा परिचालनको निम्ति विभिन्न समितिको माध्यमबाट निर्वाचन सम्बन्धी क्रियाकलापहरु समेत सञ्चालन भएका छन् । गठबन्धनले जिल्लाव्यापी रुपमा नमूना मतदानको अभियानलाई तीव्रता दिँदै गर्दा आगामी निर्वाचनको समयमा बदर मत न्यून पक्कै हुने भएको छ । यसरी निर्वाचनको समयमा अन्य विभिन्न राजनीतिक दलहरुले पनि नमूना मतपत्रको माध्यमबाट मतदाता शिक्षा अभियानलाई प्रभावकारी गराउनतर्फ ध्यान पु¥याउनु पर्दछ । जसले गर्दा मतदाताहरुले मतदान मत बदर न्यून गर्न सकिने एक उत्तम अभियान हो । मतदाता शिक्षा अभियानलाई सबैले प्राथमिकता दिन सबै राजनीतिक दलहरुको ध्यान जाओस् ।

You may also like