जातीय छुवाछुतमुक्त भाबाङ निर्माण गर्नका लागि सरोकारवालाहरुको एक मत

रोल्पा समाचारदाता
२०७५ साल जेठ २४


२१ औं शताब्दीको युगमा नेपाली समाजमा अझै जातिय छुवाछुतको विषयमा बहस र चर्चा सुरु भएको बर्षौ बित्दै गर्दा माडी गाउँपालिका–१ पेदीखोला रोल्पामा बिहिबार जातीय छुवाछुत तथा बालिघरे प्रथा सम्बन्धित सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
ग्रामीण क्षेत्रका दलित समुदायले कपडा सिलाएको, कृषि औजार निर्माण गरेवाफत पनि अहिले पारीश्रमिक स्वरुप बालिघरे प्रथामै चित्त बुझाउनु परेको वास्तविकता नेपाल दलित मुक्ति मोर्चा ५ नं. प्रदेश नेपालको संयोजक कर्मलाल परियारले कार्यक्रममा बताउनुभयो । परियारले एकातिर जातीय छुवाछुत र अर्कातिर बालिघरे जस्ता प्रथाका कारण ग्रामीण भेगका दलितहरु श्रमशोषणमा परेको उल्लेख गर्दै जातिय छुवाछुत तथा बालिघरे प्रथाको अन्त्य गर्न सबै दलितहरु एकजुट भएर आफ्नो हक अधिकारको लागि सक्रिय बन्नुपर्ने कुरामा जोड दिनुभयो । परिवर्तन आफैबाट सुरुवात गर्नुपर्ने दलित समुदायहरुलाई उहाँले सुझाव दिनुभयो । त्यसैगरी कार्यक्रममा पत्रकार तथा मानव अधिकारकर्मी खेम बुढामगरले मन्त्री, संसाद, नेताहरुले सार्वजनिक कार्यक्रममा जातिय छुवाछुतको भाषण गरेर मात्रै जातिय छुवाछुत तथा बालिघरे प्रथा अन्त्य नहुने बताउनुभयो । नेपालको संविधानमा दलित समुदायिको निम्ति धेरै ऐन कानुन व्यवस्था भएपनि अहिलेसम्म ति ऐन कानुनहरु प्रभावकारी रुपमा कार्यन्वयन नहुँदा नेपाली समाजमा जातिय छुवाछुत तथा बालिघरे प्रथा कायम रहेको उहाँले बताउनुभयो । अब नेपाली समाजमा जातिय छुवाछुत तथा बालिघरे प्रथाको अन्त्यको निम्ति संविधान प्रभावकारी कार्यन्वयन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।


जिल्लामा विगतदेखि नै दलित अधिकारका लागि थुप्रै आन्दोलनहरु पनि नभएका होइनन् तर तिनै आन्दोलनको ठोस उपलब्धि अहिलेसम्म हुन सकेको छैन । सदरमुकाममा जातिय छुवाछुत तथा बालेघरे प्रथाको अन्त्यको निम्ति अन्तरक्रिया, गोष्लिित समुदायको अधिकारका कुरा ग्रामीण क्षेत्रका नागरिकसँग पुग्न नसकेको कार्यक्रमका सहभागिहरुले गुनाँसो व्यक्त गरेका छन् । कार्यक्रममा सहभागीहरुले जातिय छुवाछुत तथा बालिघरे प्रथाको अन्त्य नहुने विचार व्यक्त गरेका थिए भने जिल्लाको कतिपय ग्रामीण क्षेत्रमा छुवाछुत जस्ताको तस्तै छ । जातिय छुवाछुतसँगै परम्परादेखि चलिआएको बालिघरे प्रथा अझै हट्न सकेको छैन । रोल्पाका ग्रामीण क्षेत्रमा मात्र होइन सदरमुकाम वरपर पनि अहिलेसम्म बालिघरे प्रथा कायम छ । जिल्लाका दलित अधिकारका लागि सञ्चालन भएका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले पैरवी र जनचेतनामुलक कार्यक्रम संचालन गरिरहेको भएपनि अहिले सम्म जातिय छुवाछुतका घटनामा कमी आउन सकेको छैन् । त्यसैले समाजिक विकृतिको प्रमुख कारकमध्ये एक प्रमुख जातिय छुवाछुतक तथा बालिघरे प्रथाको अन्त्यको निम्ति अब संविधानमा व्यवस्था भएको ऐन कानुनलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्नुपर्ने बताएका थिए । अब जातिय छुवाछुत तथा बालिघरे प्रथाको अन्त्यको निम्त स्थानीयतहरुले विशेष ऐन कानुन निर्माण गरी प्रभावकारी रुपमा कार्यन्वयन गरिएको अवस्थामा जातिय छुवाछुत तथा बालिघरे प्रथा अन्त्य सहभागिहरुले जोड दिएका छन् । कार्यक्रममा जनप्रतिनिधि, बुद्धिजीवि, समाजसेवी, स्थानीयबासी लगायको सरोकारवाला निकायहरुको उपस्थिति थियो । माडी गाउँपालिका–१ वडा अध्यक्ष आमबहादुर घर्तीमगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वडा सचिव खड्क घर्तीमगरले गर्नुभएको थियो ।

You may also like