त्रिवेणी गा.पा. वडा ५ का सबै बालबालिका विद्यालयमा भर्ना भएपछि पूर्ण भर्ना वडा घोषणा

मानसिंह विश्वकर्मा
पुष ८ जुगाँर रोल्पा

 


रोल्पा जिल्लाका सबै बाल    बालिकालाई विद्यालयमा भर्ना गराई शिक्षा पाउने अधिकारको सुनिश्चित गर्न सरकार र विभिन्न संघ संस्थाहरु निरन्तर रुपमा लागेका छन् । यसैक्रममा त्रिवेणाी गाउँपालिका–५ जुँगार रोल्पाका सम्पूर्ण बालबालिकाहरु विद्यालय भर्ना भएर अध्ययन गरेपछि सो वडालाई पनि पूर्ण भर्ना वडा घोषणा गरिएको हो ।
पूर्ण विद्यालय भर्ना वडा घोषणा कार्यक्रममा प्रमुख अतिथि गाउँ कार्यपालिका सदस्य एवं वडा नं. ६ का वडा अध्यक्ष लेखमणी डाँगीले बालबालिकाको नैसंर्गिक शिक्षा पाउने अधिकारलाई स्थानीयको सरकारले विभिन्न निकायको साझोरीमा लक्ष्यमा पु¥याउन थालिएको बताउँदै त्रिवेणी ५ लाई पूर्ण वडा घोषणा गरिएको बताउनुभयो ।


उहाँले मानिसको संर्बाङ्गीण विकासका लागि शिक्षा नै पहिलो आधार भएकाले गर्दा शिक्षालाई पहिलो प्राथमिकता दिएर स्थानीयतहले काम गरिरहेको बताउँदै त्रिवेणी गाउँपालिकाको आफ्नो वडा यसभन्दा अगाडि नै घोषणा भसको र अगामी दिनमा अन्य वडाहरुलाई पनि पूर्ण घोषणा बनाउनको लागि गाउँपालिका लागि पर्ने बताउनुभो । गाउँपालिका सबै बालवालिकलाई शिक्षा पाउने अधिकारको सुनिश्चत गरी समृद्ध समाज निर्माणमा लागेको बताउनुभो ।
प्रमुख अतिथि लेखमणी खड्काले यो अभियानमा सरकार मात्रैको प्रयासले नहुने भन्दै आगामी अझै पूर्णता दिनका लागि विद्यालय परिवार, अभिभावक, विभिन्न सामाजिक संघसँस्थाको सहयोग र सहकार्यमा हुने भएकाले सबैलाई सहयोगका गरि दिन दिनका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा गाँउपालिका शिक्षा शाखा संयोजक लिला कुमारी घर्तीमगरले यो एउटा सामाजिक अभियान भएको बताउँदै बालबालिकालाई गुणस्तरीय शिक्षा, नैतिक शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । नेपाल समृद्धि बनाउने चहाने हो भने शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष काशीराम डाँगी, पूर्व अध्यक्ष खेम बुढामगर, जुनकिरी सञ्चार साप्ताहिकका प्रकाशक सम्पादक कविता उपाध्याय, हुरेक रोल्पाका कुमार पोख्रेल, सेभ द चिल्ड्रेनका उमेश विश्वकर्मा, आमा समूहबाट लालि गुरास आमा समूहका अध्यक्ष पुष्पा केसी, बाल क्लवका अर्जुन विश्वकर्मा लगायतले शुकामना मनतव्य राख्नुभएको थियो ।


त्रिवेणी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष कृष्णबहदुर केसीले घोषणा पत्रका संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले समेत माध्यमिक र आधारभूत तह को शिक्षाको व्यवस्थापन स्थानीय तहको कार्य क्षेत्रमा स्पष्ट रुपमा उल्लेख गरेको छ । विद्यालय बाहिर रहेका ४ देखि १२ उमेर समूहका सबै बालबालिकाअहरुलाई विद्यालय भर्ना गर्ने उद्देश्यले नेपाल सरकार निरन्तर लागि परेको बताउनुभो ।
सो घोषणा पत्रमा “त्रिवेणी गाउँपालिका वडा नं. ५ ले, अनिवार्य आधारभूत शिक्षामा पहुँचको सुनिश्चितता भएको वडा घोषणा गर्ने लक्ष्य लिई अगाडी बढे अनुसार सम्पूर्ण बालबालिकाहरुलाई शैक्षिक शत्र २०७६ मा भर्ना गर्न सफल भई यसलाई उपयूक्त विकल्पहरु अंगिकार गरी निरन्तरता दिने घोषणा गर्दर्छौैं । त्रिवेणी गाउँपालिकाको वडा नं.५ मा ७ वटा टोल, वस्ति रहेका छन् । यहाको कुल जनससंख्या २८३३ रहेको छ । जसमा ४ —१२ उमेरका बालबालिकाहरुको जनसंख्या ६२८ रहेको छ । यस ५ न.ं वडामा ३० जना बालबालिका बीचैमा कक्षा छोडी बिभिन्न काम तथा श्रममा रहेको तथ्याङ्कले प्रष्ट हुन्छ, तर यस बर्ष हाम्रो वडा समिति त्रिवेणी, गाउँपालिका र अन्य सहयात्री र सहयोग्ी निकायको सयूक्त प्रयासमा सबै बालबालिका विद्यालय भर्ना गर्न सफल भएका छौ । भर्ना भएका यिनै बालबालिकालाई बर्ष भरी टिकाई राख्ने र आगामी बर्षहरुमा पनि सबै बालबालिकानै भर्ना गर्ने र सबैलाई टिकाउने चुनौती हामीले स्वीकार गरी ४ देखि १२ बर्षका बालबालिकाको पूर्ण भर्ना सुनिश्चित भएको वडा घोषणा गरेका हौ ।”


हुरेक रोल्पाका शिक्षा कार्यक्रममा शिक्षा अधिकृत प्रमिला बुढामगरले ५ नं. वडाको ४ वटा सामुदायिक विद्यालय र १ वटा निजी विद्यालय रहेको र शैक्षिक शत्र २०७४ को द्यबकभष्लिभ कगचखभथ को तथ्याङ्क अनुसार समुदायमा ४ देखि १२ बर्ष उमेर समूहका १७ जना बालबालिकाहरु विद्यालय बाहिर रहेको जसमा ३ जना अपाङता भएका बालबालिकाहरु पाइएकोले पूर्ण घोषणा गरिएको बताउनुभयो । हुरेक रोल्पाका शिक्षा कार्यक्रमका संयोजक धरेन्द्र डाँगीले पढौ संगै सिकौ शिक्षण पद्धती, वैकल्पिक शिक्षा कार्यक्रम तथा हुरेक रोल्पा, सेभ द चिल्डे«ृन तथा वडा कार्यालयबाट विभिन्न शैक्षिक सहयोग, घरदैलो भेटघाट कार्यक्रम तथा विद्यालय भर्ना अभियान कार्यक्रम मार्फत अभियालाई पूर्णता दिइएको बताउनुभयो ।
वडालाई पूर्ण भर्ना वडा घोषणा गरेपछि टिकाई राख्ने, विद्यालयमा प्रभावकारी शिक्षण सिकाई वातावरण तयार गरी सबै बालबालिकाको नियमितता सुनिश्चित गरी भर्ना भएका सबै बालबालिकाहरुलाई आधारभूत तह पुरा गर्ने अबस्थाको सृजना गर्न विद्यालय व्यवस्थापन समिति शि.अ.सं अभिभाबक र शिक्षकहरुलाई सचेत बनाउने लगायतका कार्यक्रम गरिने वडा अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो ।
हुरेक रोल्पाका शिक्षा कार्यक्रम अधिकृत आगामी दिनमा सो वडामा ४ देखि १२ बर्ष उमेरका शत प्रतिशत बालवालिकाहरु प्रत्येक बर्ष विद्यालयमा भर्ना हुनेछन्, विद्यालय एक शैक्षिक बर्षमा कम्तिमा २५२ दिन खुल्ने छ पठनपाठन १९७ दिन हुनेछ, शिक्षकको वार्षिक औसत उपस्थितीदरमा बुद्धी भएको हुनेछ, आधारभूततह को औसत सिकाई उपलब्धीमा बृद्धी भएको हुनेछ, विद्यालयको हितमा बैठक नियमित हुने, निःशुल्क तथा अनिबार्य आधारभूत शिक्षा सुनिश्चित गर्न वडाबाट प्रत्येक आर्थिक बर्षमा बजेट बिनियोजित भएको हुनेछ, बालकलव, बाल समूह गठन तथा पुर्नगठन भई क्रियाशिल भएको, सुझाव पेटिका भएका सूचक पूरा भएको हुनुपर्ने बताउनुभयो ।


वडाका वडा अध्यक्ष कृष्ण केसीले पूर्ण भर्ना वडा घोषणा गरिएपछि विद्यार्थी उपस्थिति परिक्षण, विद्यार्थी भर्ना, द्विमासिक अभिभावक भेला, बसाई व्यवस्थापनलाई प्राथमिकता दिइएको, गुनासो सुनाई संयन्त्रको थालनी भएको, बालमैत्री खानेपानी छात्रामैत्री शौचालय तथा बसाई व्यवस्थापनको थालनी भएको, अनुगमन, वद्यार्थी भर्ना नियमितता र टिकाउका रणनीतिहरु, भर्ना अभियान, बालकोषको स्थापना र परिचालन, शैक्षिक सामग्रीहरु सहयोग, घुम्तिकोषको विस्तार, उत्कृष्ट शिक्षक, विद्यार्थी, अभिभावक सम्मान कार्यक्रम, विद्यार्थी उपस्थिति परीक्षण, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघको व्यवस्थापन तथा परिचालन, निजी क्षेत्र सँगको सहकार्य, विद्यार्थीको उपस्थितिदर तथा सिकाई उपलब्धीको लक्ष्य निर्धारण, शिक्षक कार्यसम्पादन मूल्याङ्कन करार संझौता, अभिभावकहरु सँग नियमित घर भेट तथा फोन सम्पर्क, बालक्लबको गठन, क्षमता अभिबृद्धि र परिचालन, गुनासो सुनुवाई संयन्त्रको व्यवस्थापन तथा कार्यान्वयन, समयानुकुल बालमैत्री भौतिक पूर्बाधार तथा बसाईको व्यवस्थापन, विद्युतिय सूचना प्रविधि सहितको सिकाई वातावरण, सरकारी र गैर सरकारी संघ संस्थाहरुको सहकार्य लगायतका राम्रा अभ्यास भएको बताउनुभयो ।


वडा अध्यक्ष केसील वडालाई यस अवस्थ सम्म ल्याउन सहयोग गर्ने बिभिन्न सरोकारवालाहरुको योगदान स्मरण योग्य र प्रशंसनीय रहेको बताउँदै शक्षाको अधिकारको क्षेत्रमा काम गदै आईरहेका सेभ द चिल्ड्रेन, हुरेक, रोल्पा तथा उक्त संस्थाको कर्मचारी, वडा तथा शिक्षा समितिका पदाधिकारीहरु, बालक्लबका प्रतिनिधीहरु, महिला तथा आमा समूहहरु, राजनैतिकदलका प्रमुख तथा प्रतिनीधीहरु, सञ्चार कर्मिहरु बिभिन्न संघ संस्थाहरु विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु शिक्षकहरु, शिअसं, बिभिन्न निकायका प्रमुख तथा प्रतिनिधीहरु र विद्यार्थीहरु लगायत सबैलाई हार्दिक धन्यबाद ज्ञापन गर्नुभएको छ ।
कार्यक्रम वडा अध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षता भएको कार्यक्रको सञ्चालन वेगम कुमार वली, दिनेश वलीले सञ्चालन गर्नुभएको थियो । त्रिवेणी गाउँपालिकालाई पूर्ण भर्ना वडा घोषणा हुने कार्यक्रम जारी रहेको छ ।

You may also like