रोहित पुनको हत्याको विरोधमा आज रोल्पा बन्द

मानसिंह विश्वकर्मा

रोल्पा लिबाङ
भाद्र २५ गते
रोल्पाको सुलिचौरमा गोली हानेर  मृत्यु भएका २९ वर्षिय रोहित पुनमगरको हत्याको विरोधमा आज रोल्पा जिल्ला बन्द भएको छ । रोल्पा रोल्पा न.पा. १० धबाङका देबबहादुर घर्तीमगरले प्रहार गरेको गोलीबाट पुनमगरको मृत्यु भएपछि विरोध स्वरुप नेपाल तरुणदलले आज बन्दको आयोजना गरेको हो ।


बन्द भएपछि रोल्पाबाट बाहिर जाने र आउने यातायाताका सवारी साधन, बजार सबै बन्द भएका छन् रोल्पा जिल्लाका घर्तीगाउँ, सुलिचौर, होलेरी थबाङ लगायतका सबै बजारहरु बन्द भएका छन् । तरुण दल नेपाल जिल्ला कार्यसमितिले आज ५ बजेबाट मात्रै बन्द खुल्ने जानकारी दिएको छ ।
करिव ५ बजेतिर गरेको ३ राउण्डको गोलीबाट करिव २९ वर्षिय रोहीत पुनमगरको मृत्यु भएको हो । सुनिल स्मृति गाउँपालिका वडा नं. ४ सुलिचौरमा रहेको रेशप्वाइन्ट होटेलमा दुवैे जनारहेका बेलामा विगतदेखिको केही मनमुताव भएपछि होटेलमै गोली हानी हत्या गरेका हुन सक्ने प्रहरी श्रोतले बताएको छ । सुलिचौर इलाका प्रहरी कार्यालय अगाडि नै गोली हानी हत्या भएको हो ।


गोली लागेर मृत्यु हुने रोहित पुनमगर नेपाल तरुणदलका रोल्पा नगर अध्यक्ष समेत रहेका छन् । रोहितपुनमगर केही दिनको भ्रमणपछि सुलिचौरमा आएको र देवबहादुर पनि त्यही सुलिचौरमा भएको बेलामा झडव भएको हो । कि गोली हानेको भन्ने प्रारम्भिक बयानमा देवले आफूलाई केही समूहले आक्रमण गरेको र आफूले प्रतिरक्षाका लागि गोली हानेको मात्रै बयान दिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख दिपक खड्काले केही समयपछि पत्रकार सम्मेलनको आयोजना गरी घटनाको सार्वजनिक गरिने बताउनुभयो ।

You may also like