लिबाङ नगर पालिकाको तेस्रो नगरपरिषद् सम्पन्न करिव १० करोडको प्रस्तावित बजेट

रेशम कुमार िबक
२०७३ पुस २४ काे राेल्पा समाचार
रोल्पा जिल्लाको एक मात्रै नगरपालिका लिबाङ नगरपालिकाको तेस्रो नगरपरिषद्को नीति कार्यक्रम, वजेट सार्वजनिकीरकण तथा पूर्ण खोपयुक्त नगरपालिका घोषणा समारोह कार्यक्रम बिहीबार रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको सभाहल लिबाङ रोल्पामा सम्पन्न भएको छ ।
सो नगरपरिषद् एवं खोपयुक्त घोषणा कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले)का सचेतक एवं सांसद गोकुलप्रसाद घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । घर्तीमगरले रोल्पा जिल्लाको सम्रग विकासको लागि शिक्षा क्षेत्रमा प्रर्याप्त वजेट विनियोजन गरिनुपर्ने आवश्यकता भएपनि श्रोतको अभावमा आफ्नो नगरको विकासमा लाग्नुपर्ने बताउनुभयो । जिल्लाको एक माात्रै नागरपालिका लिबाङ नगरपालिकाको तेस्रो नगरपरिषद् नीति कार्यक्रम, वजेट सार्वजनिकीरकण तथा पूर्ण खोपयुक्त नगरपालिका घोषणासमेत गर्नुभएको हो । उहाँले बालबालिका राष्ट्रको भविष्यका खम्बा भएकाले बालबालिकालाई उपुक्त वातावरणमा शिक्षा प्रदान गरि दक्ष जनशक्ति उत्पादन गर्न सकिएमा मात्र अन्य विकासिल क्षेत्रको स्वतः विकास हुने धारणा व्यक्त गर्नुभएको हो । शिक्षा क्षेत्रको विकासका लागि गाउँ विकास समिति, नगरपालिका र जिल्ला परिषद्को समयमा शिक्षा क्षेत्रमा बजेट विनियोजनले मात्र जनताको वजेट सदुपयोगबाट जनताले विकासको अनुभुति गर्न सक्नेछन् सांसद घर्तीमगरले बताउनु भयो । सांसद घर्तीमगरले भन्नुभयो–“जनताको प्रतिनिधिले २०७२ असोज महिनाको ३ गते नेपालको संविधान संविधान सभाबाट नेपालको संविधान घोषणा गर्नेमध्ये म पनि एक पात्र भएकाले म गर्भ गर्दछु, हामीले नेपालको सम्वृद्धिको दिशामा आगाडी बढाउनुपर्दछ । साथै लिबाङ नगरपालिकाको तेस्रो नगरपरिषद् नीति कार्यक्रम, वजेट सार्वजनिकीरकण तथा पूर्ण खोपयुक्त नगरपालिका घोषणा समारोह कार्यक्रमका विशिष्ट अतिथि सांसद एवं नेपाल काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनमगरले नगरको विकासमा आफूले सकेजति सहयोग गरेको बताउँदै सबैको सहकार्यमा नगरलाई सम्बृद्ध बनाउनेपर्ने बताउनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अनुनय बास्तोला, स्थानीय विकास अधिकारी शुसील बैद्य, नेपाली काँग्रेस रोल्पाका कोषाध्यक्ष खटकबहादुर खत्री, नेकपा (एमाले) जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीमगर, नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला संयोजक सुरेन्द्र थापा घर्तीमगर, राप्रपा रोल्पा जिल्लाका उपाध्यक्ष पुर्ने पुन, राष्ट्रिय जनमोर्चा रोल्पा जिल्ला अध्यक्ष मेघनाथ विष्ट, जिल्ला शिक्षा कार्यालय, रोल्पाका जिल्ला शिक्षा अधिकारी चिरञ्जीवि पौडेल, गैर सरकारी संस्था महासंघ रोल्पाका अध्यक्ष कर्णबहादुर बाठा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष महेश न्यौपाने, जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका डा.भवानीप्रसाद शर्मा लाएतका अतिथिहरूले नगरपरिषद् एवं पूर्ण खोपयुक्त नगरपालिका घोषणा समारोह कार्यक्रमका सफल्ताको शुभ–कामना मन्तव्य दिनुभएको थियो ।
जिल्लाको एक नगरपालिका लिबाङ नगरपालिका रोल्पाको तेस्रो अधिवेशनको नीति कार्यक्रम, वजेट सार्वजनिकीरण नगर प्रमुख एवं कार्यकारी अधिकारी निमबहादुर के.सी.ले गर्नुभएको थियो । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले नगरपालिकाको नगर परिषद्को अवसरमा नगरपालिकाकालाई पूर्ण खोपयुक्त गाविस बनाउनको लागि योगदान दिने लिबाङ नगरपालिका कार्यालय रोल्पाका स्वास्थ्य चौकी इन्चार्ज सुमन आचार्य, खुमेल स्वास्थ्य कार्यालयका इन्चार्ज दलबहादुर नेपाली लगायत ९ ओटै वडाका स्वास्थ्य स्वयम् सेवीहरूलाई सम्मान गरेको थियो यस्तै तेस्रो नगर परिषद्को अवसरमा नेपाल पत्रकार महासंघका सँस्थापक अध्यक्ष काशीराम डाँगी, जिल्लाको सबैभन्दा पहिलो साप्ताहिक रोल्पा समाचार साप्ताहिक, पहिलो रेडियो सामुदायिक रेडियो, पहिलो महिला सम्पादकले सञ्चालन गरेको जूनकीरी सञ्चार साप्ताहिकलाई सञ्चारक्षेत्रबाट योगदान दिएको भनि सम्मान गरेको छ । यस्तै लिबाङ नगरपालिकाको विकासमा योगदान दिएएको सनस्टार युवा क्लव, सेतो गुराँस, मधुरुमा युवा क्लव, लिबाङ न.पा. ७ का नवराज आचार्य, लिबाङ न.पा. ४ का दलजित नेपाली, लिबाङ न.पा. ६ का प्रेमबहादुर डाँगी, लिबाङ न.पा. ७ का सुमन आचय लगायतलाई पनि सम्मान गरेको थियो ।
यस्तै लिबाङ नगरपालिका कार्यालयलयको कार्य सम्पादन गर्नमा योगदान गर्ने लेखापाल गोपाल केसी, खरिदार विपीन कँवर, श्यामलाल केसी, शेरबहादुर कँवर, कार्यालय सहयोगी प्रेरणा सिंह लगायतलाई पनि सम्मान गरेको छ ।
लिबाङ नगरपालिका कार्यालय रोल्पाको तेस्रो नगरपरिषद्बाट आर्थिक वर्ष २०७२÷२०७३ मा चालु तर्फको आय १ करोड ६ लाख ३९ हजार ४ सय ४८.३२, व्यय ९७ लाख ५८ हजार ९५ रूपैया, पूंजिगत तर्फको आय ३ करोड ७ लाख ५४ हजार ७ सय ५९ रूपैया, व्यय २ करोड ९५ लाख ३५ हजार ८ सय ८८ रूपैया गरि आर्थिक वर्ष २०७२÷२०७३ को कुलजम्मा आय ४ करोड १३ लाख ९४ हजार २ सय ४६.३२ रूपैया, व्यय ३ करोड ९२ लाख ९३ हजार ९ सय ८३ रूपैयाको वजेट लिबाङ नगरपालिका कार्यालय रोल्पाले यथार्थ वजेट प्रस्तुत गर्नुभएको थियो । त्यसै गरि आर्थिक वर्ष २०७३÷२०७४ को संशोधित वजेटको चालु तर्फको आय २ करोड ७२ लाख ६८ हजार, व्यय २ करोड ७२ लाख ६८ हजार, पूंजिगत तर्फको वजेट आय ६ करोड ७१ लख ७६ हजार व्यय ६ करोड ७१ लाख ७६ हजार संशोधित वजेट कुलजम्मा आय ९ करोड ४४ लाख ४४ हजार, व्यय ९ करोड ४४ लाख ४४ हजारको संशोधित वजेटसमेत प्रस्तुत गर्नुभएको थियो । साथै उक्त तेस्रो नगरपरिषद्बाट आर्थिक वर्ष २०७४÷२०७५ को प्रस्तावित वजेटको चालु तर्फको आय २ करोड ९८ लाख ५५ हजार व्यय २ करोड ९१ लख ६० हजार पूंजिगत तर्फको आय ५ करोड ५४ लाख ७५ हजार व्यय ५ करोड ७२ लाख ८० हजार गरि आर्थिक वर्ष २०७४÷२०७५ को प्रस्तावित वजेटको कुलजम्मको आय ५ करोड ५४ लाख ७५ हजार व्यय ८ करोड ४६ लाख ३५ हजारको प्रस्तावित वजेटको प्रस्तुत लिबाङ नागरपालिका कार्यालयका नगर प्रमुख तथा कार्यकारी अधिकृत निमबहादुर के.सी.ले गर्नुभएको थियो ।
सो नागरपालिकाको तेस्रो नगरपरिषद् कार्यक्रममा जिल्ला स्थितका सरकारी कार्यालयका कार्यालय प्रमुख एवं प्रतिनिधि, गैर सरकारी संस्थाका प्रमुख एवं प्रतिनिधि, लिबाङ नागरपालिकाका नगरबासी लगाएतका सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो । लिबाङ नगरपालिका कार्यालय रोल्पाका नगर प्रमुख एवं कार्यकारी अधिकारी अधिकृत निमबहादुर के.सी.को अध्यक्षतामा सञ्चालन भएको लिबाङ नगरपालिकाको तेस्रो नगरपरिषद् नीति कार्यक्रम, वजेट सार्वजनिकीरकण तथा पूर्ण खोपयुक्त नगरपालिका घोषणा समारोह कार्यक्रमको सञ्चालन नगरपालिका कार्यालय रोल्पाका नायव सुब्बाले महेन्द्र महकले सञ्चालन गर्नुभएको थियो भने सहभागिलाई स्वागत नगरपालिका रोल्पाका खरिदार भगवती बुढामगरले गर्नुभएको थियो ।

You may also like