रेडियो माडि आवाजको आजबाट नियमिति प्रशारण हुने

आज मनिषा राई,
मसिर १ रोल्पा
रोल्पामा सञ्चार माध्यमको विकास तीव्र रुपमा भइरहेको छ । यसैक्रममा माडी गाउँपालिका घर्तीगाउँमा स्टेशन रहेको रोल्पा माडी बहुउदेश्यीय समाज विकास केन्द्र रोल्पााद्वारा सन्चालित रेडियो माडि आवाज आज बाट नियमित प्रशारणमा जाने भएको छ ।
रेडियो माडी आवाज ९८.६ मेगाहर्जमा सुन्न सकिने छ । २०७४ असोज १० गतेबाट परिक्षण प्रशारण सुरु गरको रेडियोले भोलिदेखि हरेक घण्टा ताजा समाचारका साथ बिभिन्न चेतनामुलक तथा मनोरन्जनात्मक रेडियो कार्यक्रमहरुका साथमा बिहान ५ ः३० देखि राति १० बजेसम्म प्रशारण हुने रेडियोका स्टेशन म्यानेजर बुद्धिमान वलीले जानकारी दिनुभयो । रेडियो सन्चालक समितिका अध्यक्ष भरत बहादुर बुढामगरको अध्यक्षतामा कार्यक्रम सन्चालन हुने भएकोले जिल्ला स्थित अन्य पत्रकार, बुद्धिजिवि, राजनितिक दल, जनप्रतिनिधि लगायतलाई उपस्थितिको लागि समेत अनुरोध गरेको छ ।
यस रोल्पा जिल्लामा माडी आवाज रेडियोले रोल्पा जिल्लाका पश्चिम क्षेत्रको विकासमा योग्दान पु¥याउने भएको छ । रेडियो माडी आवाज आजदेखि नियमिति प्रशारण हुन लागेकोमा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विश्वकर्माले रेडियोको प्रगतिको कामना सहित माडी आवाजले रोल्पा पश्चिम क्षेत्रका जनताको आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक, भाषा लगायत सबै क्षेत्रको विकासमा योगदान पु¥याउने आशा सहित शुभकाना व्यक्त गर्नुभएको छ ।

You may also like