साझा विद्यार्थी मञ्च जलजला बहुमखी क्याम्पसद्वारा विभिन्न माग राख्दै तालाबन्दी

साझा विद्यार्थी मञ्च जलजला बहुमखी क्याम्पसद्वारा विभिन्न माग राख्दै तालाबन्दी
२० साउन, रोल्पा ।

This image has an empty alt attribute; its file name is a2-2.jpg


रोल्पा नगरपालिका २ नं. काभ्रेखर्क रोल्पा स्थित मध्यपश्चिम विश्व विद्यालयको आङ्गीक क्याम्पस जलजला बहुमुखी क्याम्पसमा साझा विद्यार्थी मञ्चले क्याम्पसमा आज तालाबन्दी गरेका छ ।
माग पत्रमा विषयगत प्राध्यापक तथा आवश्यक कर्मचारीको व्यवस्था हुनुपर्ने, छात्रवृत्ति वितरण, कोरोनाको अवधिमा लिइएको शुल्क फिर्ता हुनुपर्ने लगायतका माग राख्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । क्याम्पस प्रशासनमा यसअघि पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्नुपरेको साझा विद्यार्थी मञ्चका संयोजक योगेन्द्र अनुपम जिसीले बताउनुभयो । यस्तै विश्व विद्यालय सुधारका लागि ३६ बुँदे माग राख्दै विश्व विद्यालयको सबै क्याम्पसहरुमा विद्यार्थीहरुले आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

You may also like