नमूना वडा कार्यालय भवन उद्घाटन गर्नका लागि अनन्त रोल्पा आउँदै


रोल्पा नगरपालिका वडा नं. ४ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नका लागि पूर्व अर्थमन्त्री एवं रोल्पाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य वर्षमान पुनमगर माघ ५ गते रोल्पामा आउनु हुने भएको छ । विहान ११ बजे उद्घाट पुनमगरको हातबाट उद्घाटन एवं कार्यलय सञ्चालन हुने नगर प्रमुख पूर्ण केसीले बताउनुभएको छ ।
पूर्व अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य वर्षमान पुनमगरले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ५ गते विहान हिलिमा ९ बजे काठमाण्डौबाट उडान भएर रोल्पा नगरपालिकाको लिबाङमा नव निर्मित वडा पालिकाको कार्यालय भवन उद्घाटन ११ बजे उद्घाटन गर्ने स्वकीय सचिव सन्तोष पुनमगरले जानकारी दिनुभयो । पुनमगरसंग निवर्तमान सभामुख ओनसरी घर्तीमगरसमेत आउने बताइएको छ ।
सो भवन रोल्पा नगरपालिकाको आफ्नै बजेटमा ६५ लाख ७५ हजारमा सम्पन्न भएको रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमानसिंह थापामगरले जानकारी दिनुभयो । पूर्व अर्थमन्त्री र निवर्तमान सभामुख ओनसरी घर्ती लगायत अतिथिहरुको स्वागत एवं कार्यक्रमको बारेमा तिव्र तयारी भइरहेको र रोल्पा जिल्लाका सम्पूर्ण सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सबैलाई पत्रचार गरिएको एवं रोल्पाका राजनीतिक दल, पत्रकार र सरोकारवाला निकायलाई निमन्त्रणा गरिएको वडा अध्यक्ष नवराज आचार्यले बताउनुभयो ।
स्थानीयतहको निर्वाचन सम्पन्न पछि रोल्पाको पहिलो वडा कार्यालय भवन निर्माण गरिएको हो । हालसम्मका वडा पालिका र गाउँपालिकाको भवन भन्दा उत्कृष्ट रहेको छ ।

You may also like