रोल्पामा मजदुरलाई राहत वितरण, स्थानीयतहसँग समन्वय गर्न वडा अध्यक्ष अाचार्यकाे अपिल

रोल्पा समाचारदता
चैत्र २२, रोल्पा


रोल्पाको सदरमुकाम लिबाङका २१ जना मजदुर र विपन्नलाई शनिबार राहत सामग्री वितरण गरिएको छ । राहत वितरण कार्य सकरात्मक भएपनि संघीय सरकारको नीति अनुसार हरेक स्थानीयतहसँग समन्वय गर्नका लागि रोल्पा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवराज आचार्यले अपिल गर्नुभएको छ ।
ठूलो बजारका १८ जना ब्यापारीले राहत सामग्री दिएका हुन् । सत्प्रयास समूहको समन्वय र व्यवसायीको सहयोगमा राहत दिईएको हो । बजारमा दैनिक ज्यालामा काम गरेर आफु र परिवारको गर्जो टार्दै आएका मजदुरहरुको चुल्हो बल्न छाडेपछि राहत स्वरुप खाद्यान्न दिईएको व्यवसायी चोपनिधि सुवेदीले बताउनुभयो । कोरोनाको संक्रमण नियन्त्रण गर्न लकडाउन घोषणा गरेपयता मजदुर र विपन्न परिवार मर्कामा पर्दै आएका छन् ।
बजारमा दैनिक भारी बोकेर र अन्य मजदुरी गरी चामल, नुन र तेल किनेर साँझबिहान छाक टार्दै आएका वढि प्रभावित भएका छन् । मजदुर र गाउँमा मागेर गुजारा चलाउँदै आएकालाई जनही २५ किलोग्रामको १ बोरा चामल, दुई किलो दाल, एक लिटर खाने तेल र एक किलो नुन दिईएको हो । भारी बोकेर छाक टार्दै आएका रोल्पा नगरपालिका–१ मेबाङका वृद्ध हस्तराम महरालाई पनि राहत दिईएको छ । मजदुरी गर्दै आएका र अपांगता भएका परिवारलाई राहत दिईएको हो ।
अति विपन्न र खान लाउन जोखिममा परेका श्यामला वि.क., बजारमा ठेला गुडाएर जीवन धान्दै आएका दृष्टिविहिन रामसिंह बिक, मजदुर शर्मिला बुढामगर, जुनतारा केसी, सिता सुनार, रामसरी परियार, सक्कल नुनिया, कमला वली, अञ्जु केसी लगायतलाई राहत दिईएका हो ।
तीन भाईवहिनी नै मुख नबोल्ने अपांग रेउघाका एक परिवारलाई समेत राहत दिईएको हो । दाउरा बेचेर गुजार गरिरहेका गोपाल प्रसादलाई पनि राहत दिईएको छ । क्यान्सरका कारण पतिको मृत्यु भएकी मजदुर जुनकारी र आमाको क्यान्सरबाट मृत्यु भएको र बुबा समेत नभएका टुहुरा मनिता घर्तीलाई समेत राहत दिर्ईएको हो ।
व्यवसायी सुवेदीका अनुसार २१ जनालाई २१ बोरा चामल, ४२ किलो दाल, २१ किलो नुन र २१ लिटर तेल वितरण गरिएको हो । उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य किशोर आचार्य, रमेश आचार्य, रमेश अधिकारी, मेघु साह, सन्तोष आचार्य, अशोक आचार्य, प्रविण आचार्य, रचना श्रेष्ठ, पुष्पा श्रेष्ठ, मंगल गुप्ता, तुलसा आचार्य, चोपनिधि सुवेदी, कपिल श्रेष्ठ, राजन श्रेष्ठ, सागर डाँगी, बैकुण्ठ श्रेष्ठ, अशोक श्रेष्ठ र गोविन्द आचार्यले रकम उठाएर राहत किनेर वितरण गरेका हुन् ।


रोल्पा नगरपालिका वडा नं. ४ का अध्यक्ष नबराज आचार्यले सतप्रयास समूहको समन्वय तथा बजारबासीहरुको पहलमा संकलन गरिएको काम राम्रो हुँदा हुँदै पनि वडा सरकारलाई थाहाँ नदिएर वितरण गर्नुले संघीय सरकारको नीतिलाई उलंगठन गरेको प्रतिक्रिया दिनुभएको छ । वडा कार्यालयले पनि तथ्याङ्क संकलन गरी वितरण कार्यमा लाग्ने तयारी गरिरहेको बताउँदै आगामी दिनमा वितरण गर्दा वडा कार्यालयसंग समन्वय गर्नका लागि अपिल गर्नुभएको छ

You may also like