“रोल्पा समचार साप्ताहिकको विकास एवं सफलतामा खुशी छौँ”

–उर्जा मन्त्री वर्षमान पुनमगर
रोल्पा समाचारदाता
माघ २ गते लिबाङ, रोल्पा


ऊर्जा, जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगरले नेपाल र नेपालीको समृद्धिको लागि सम्पूर्ण सञ्चार माध्यमहरु सत्य, तथ्यमा आधारित रहेर जनमैत्री हुनुपर्ने बताउँदै त्यसका लागि सञ्चार क्षेत्रबाट योगदान गर्नका लागि आह्वान गर्नुभयो । साथै मन्त्री पुनमगरले रोल्पा समाचार साप्ताहिकको वार्षिकोत्सवको अवसरमा बोल्दै रोल्पाजस्तो दुर्गम जिल्लाबाट दुर्गम जिल्लाबाट पत्रिका प्रकाशन गर्नु आफैमा चुनौतीपूर्ण भएको बताउँदै चुनौतीको सामाना गर्दै विकास गरी १४ आँै वार्षिकोत्सवको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयोः–“रोल्पा जिल्ला, त्यसैमा पनि तल्लो वर्ग, विगतदेखि राज्यले पछाडि पारेको समुदाय मानसिंह विश्वकर्माको नेतृत्वमा पत्रिकार तथा उद्योगले जसरी प्रगति गरेको छ, यो सबैको लागि उदाहारणीय काम हो । यो एउटा स्वरोजगारको पेशा बनेको छ । यस्तै गरी नै हो हामी समृद्धि बन्ने अनि देश समृद्धि बनाउने काम र धेरै मानिसहरुलाई रोजगार प्रदान गरेको रोल्पा समाचार पत्रिका परिवारको प्रगति देखेर निकै खुशी छौं” यसको निरन्तरताको कामना व्यक्त गर्दछु ।”


यस्तो विचार उर्जामन्त्री पुनमगरले रोल्पा समाचार साप्ताहिकको १४ आँै वार्षिकोत्सव तथा नव निर्मित भवन उद्घाटन कार्यक्रमको अवसरमा रोल्पाका लिबाङमा आयोजित कार्यक्रममा विहिबार व्यक्त गर्नुभएको हो । उहाँले समाचार तथा सञ्चार माध्यमहरु पनि देशका लागि योगदान गर्नुपर्ने बताउँदै देशको विकासमा सञ्चार क्षेत्रको पनि अहम योगदान गरेको बताउनुभयो ।
उहाँले यस्ता जनताका सेवाका लागि सञ्चालन गरिएका सञ्चार माध्यमहरुलाई विजुली, नविकरण, लगायत अन्त्य सहयोगका लागि प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघ लगायत अन्य सहयोगी तथा सरोकारवाला निकायलाई आग्रहसमेत व्यक्त गर्नुभयो । साथै उहाँले रोल्पा समाचार साप्ताहिकको विकासका लागि सरोकारवाला निकयले पु¥याएको योग्दानको उच्च सम्मान गर्दै आगामी दिनमा पनि सहयोग गरी दिनका लागिसमेत आह्वान गर्नुभयो । “हाम्रो देशमा परिश्रम गर्नेहरुको संख्या कम छ, तपाईहरुले रोल्पा समाचार साप्ताहिकलाई गरेको सहयोगबाट कर्मचारी व्यवस्थापन, भवन निर्माण गरेर अब आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्ने योजना लागेको त । तपाईहरुले गरेको सहयोग खेर गएको छैन । आगामी दिनमा पनि सहयोग गरी दिनका लागि अनुरोध छ ।”
उहाँले समाचार लेख्दा तथ्य र सत्यका आधारमा लेख्नका लागि सबै सञ्चार माध्यम जिम्मेवार हुनुपर्ने बताउँदै देशको समृद्धिमा मात्रै सञ्चार माध्यम एवं सञ्चारकर्मीहरुको पनि समृद्धी जोडिएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयोः–“समाचार लेख्दा कुनै पनि प्रभाव विना स्वतन्त्रभई लेख्नु पर्दछ, हामी कसैको प्रभावमा परेमा त्यसबाट सत्य समाचार आउँदैन, आलोचना गर्ने पनि सकरात्मक ढंगले आलोचना गरी समग्र राष्ट्र निर्माण गर्नुपर्दछ ।”
उहाँल आगामी ५ वर्ष भित्रमा सबै नेपालीलाई खुशी नेपालीमा रुपान्तरण गर्ने गरी सरकार तिव्रगतिमा लागेको बताउँदै नेपालीहरुको खुशी नै हालको सरकारको प्रमुख एजेण्डा भएको बताउनुभयो । साथै उहाँले रोग र भोकले कुनै नेपालीले पनि प्रतादित हुनु पर्ने बाध्यताको अन्त्य गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
रोल्पा जिल्लामा माडी जलासययुक्त आयोजना निर्माण प्रक्रिया निकै तिव्रगतिमा अगाडि बढेको बताउँदै त्यसले रोल्पा र रोल्पालीको समृद्धिको ढोका खोल्ने बताउनुभयो । साथै उहाँले भन्नुभयोः–“हामीसँग पहिलेको अध्ययन गरेको योजनाहरु पनि छन् त्यसैले विज्ञ टोलीले एक वर्षात र एक हिउँदको रिपोर्टका आधारमा पनि काम शुरु गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ, हामी त्यसलाई छिटै टुङ्गोमा पु¥याएर अगाडि बढाउछौँ, त्यसले जिल्लाको आर्थिक बृद्धिदरलाई विकास गर्दछ ।”


रोल्पा जिल्लाबाटै ऊर्जा मन्त्री हुनु भएका पुनमगरले रोल्पा रोल्पा उज्यालो कार्यक्रम, माडी डाइभर्सन, फुसको छानो मुक्त कार्यक्रम, शहीदमार्ग कालोपत्रे, सुलिचौरदेखि, थबाङसम्मको सडक स्तोरउन्नती, रोल्पा प्राविधिक शिक्षालय, माडीचौरमा रहेको कृर्षि क्याम्पस लगायतले रोल्पा जिल्लाई नयाँ उचाईमा उठाउने दावी गर्नुभयो । साथै उहाँले रोल्पा जिल्लाको समग्रतामा शिक्षा, यातायात, स्वास्थ्य, सञ्चार क्षेत्रकोको विकास भएको बताउँदै सबैमा सुधारको आवश्यकता भएकोसमेत बताउनुभयो ।
उहाँले नेपालमा व्यापक चर्चा भइरहेको बेलाम एम.सी.सी. बारेमा पहिले पार्टी भित्र सहमति भएर सरकारमा पनि सहमति पूर्वक अगाडि बढ्ने तयारीमा रहेको बताउनुभयो । उहाँले संघीयतालाई बलियो बनाउनको लागि सबै लाग्नुपर्ने बताउँदै रोल्पा जिल्लाको विकास निर्माण, लगायत सामाजिक विकासमा योगदानमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
अन्त्यमा रोल्पा जिल्लाको पहिलो पत्रिका रोल्पा समचार साप्ताहिकले परिवर्तन, अग्रगमन लगायतको क्षेत्रमा पु¥याएको योगदाको कदर गर्दै आगामी दिनमा विकास र सफलताको कामना गर्दै आफ्नो पनि निरन्तररुपमा पत्रिकाको सहयोगी बन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि एवं प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सञ्चारक्षेत्र देश विकास अभिन्न अगं भएकोले यसको विकास र विस्तार एवं संरक्षणमा पनि राज्यको दायित्व भएको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रलाई वचाई राख्न र पत्रकारिता पेशालाई मर्यादित राख्नका लागि सबैलाई अनुरोध गर्नुभयो । साथै उहाँले समाचार लेखेकै भरमा कुनै पनि पत्रकारले पीडा पाउन नहुने धरणा राख्दै कसैले कपोकल्पित सामाचार लेखेमा त्यसलाई कानूनको डायरमा लिएर अगाडि बढ्ने बताउनुभयो ।
साथै सञ्चारक्षेत्रमा पनि ठूला मिडियाहरुको मात्रै हाली मुहाली भईरहेको सन्दर्भमा दुर्गम तथा जिल्लाका पत्रिका तथा सञ्चार माध्यमहरुलाई पनि सहयोग गर्ने कार्यविधि बनाई प्रदेश सरकार लागि रहेको बताउनुभयो । उहाँले सम्पूर्ण जिल्लाका सञ्चार मध्यमलाई पनि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
उहाँले रोल्पा जिल्लाको सञ्चार क्षेत्रको विकासको गति देख्दा पनि आफूलाई पनि खुशी बनाएको बताउँदै आगामी दिनमा पनि यसको निरन्तरताको कामना गर्नुभयो । नेपालको परिवर्तनको आन्दोलमा सहभागी भएका टिमहरुले पत्रिका सञ्चालन गरी अगाडि बढेकोमा रोल्पा समाचार साप्ताहिकको अझै विकास एवं सफलताको कामना व्यक्त गर्नुभयो । सञ्चारमन्त्रीको समेत जिम्मेवारी बहन गर्नुभएका केसीले सामाजिक आएका सबै कुरालाई समाचारसँग तुलना गर्न नहुने बताउँदै देशको हित र आवश्यकताका आधारमा कलम चलाउनुपर्ने बताउनुभयो ।
उहाँले रोल्पा समाचार साप्ताहिकको प्रगतिमा सधैब साथ रहेको बताउँदै उहाँले आगामी दिनमा पनि समग्र रोल्पा र रोल्पालीको भावनाको प्रतिविम्ब उतार्नु पर्ने धारणा राख्नुभएको थियो ।


कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सञ्चार माध्यमले आम जनताको भावना मुखरित गर्ने भएकाले सञ्चार माध्यम जनताको सञ्चारको बाहक भएको बताउनुभयो । उहाँले आम सञ्चार माध्यमले नेपालको सबाङ्गीण विकासका लागि ठूलो योगदान गरेका बताउँदै त्यसलाई नयाँ ढंगले सम्मान गर्नुपर्ने बताउनुभो । उहाँले पत्रकारिता क्षेत्रको विकासले समग्र नेपाललाई योगदान गरेको बताउँदै आगामी दिनमा अझै विकास गर्न आवश्यक रहेको बताउनुभयो । विशिशिष्ट अतिथि अध्यक्ष आचार्यले देश निर्माणको लागि मोफसलमा रहेका सञ्चार माध्यमहरुले सकरात्मक भूमिका निर्वाह गरिरहेको समानुपातिक विज्ञापन नीति अख्तियार गरिएको बताउनुभयो ।
साथै सञ्चारकर्मीक्षेत्रलाई कुण्ठिट गर्ने योजनाका लागि लिन लागिएको ऐन तथा विधानलाई नयाँ ढंगले परिमार्जन गरी पारित एवं लागु गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारिता पेशा र सञ्चार क्षेत्रलाई मर्यादित राख्नका लागिसमेत पत्रकार महासंघ लागि परेको बताउनुभयो । गोविन्द आचार्यले भन्नुभयोः–“हाम्रो सम्बन्ध रोल्पा समाचार र प्रकाशक मानसिंह विश्वकर्मासँग पहिलेदेखि हो, हाल उहाँहरुले गरेको प्रगति देख्दा मलाई निकै खुशी लागेको छ । धन्यवाद, आगामी दिनमा पनि प्रगति एवं शुभकामना छ । मेरो पनि साथ रहनेछ ।”
यस्तै गरी कार्यक्रमको विशिष्ट अतिथि एवं प्रेस काउन्सिल नेपालका का.वा. अध्यक्ष किशोर श्रेष्ठले नेपालका प्रेस तथा सञ्चार माध्यमलाई मर्यादित बनाउनको लागि निकै लागि परेको बताउँदै अभिवव्यक्ती स्वतन्त्रताको लागि अगाडि बढ्नु पर्ने बतानुभयो । उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई ग्यारेन्टी राज्यका हरेक निकायले पालना गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको राजनीतिबाट नै पत्रकारहरुलाई केही समस्या उत्पन्न भइरहेको बताउँदै आगामी दिनमा त्यसो नगर्नका लागि अनुरोध गर्नुभयो । रोल्पा समाचार साप्ताहिकको विकासका लागि विगतमा केही हातेमालो गरेको बताउँदै आगामी दिनमा पनि हातेमालो एवं सहकार्य गर्नुभयो । साथै उहाँले समाचारीय धर्मलाई ख्याल गर्नसमेत आग्रह गर्नुभयो । रोल्पा समाचार साप्ताहिकको प्रगतिको कामनासमते गर्नुभयो ।
पूर्वसंविधानसभा सदस्य एवं राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष विनोद पहाडीले राज्यबाट उत्पीडनमा पारिएको एवं दलित समुदायका व्यक्तिबाट पत्रिकार प्रकाशन एवं सम्पादक बनेर विकास गर्नु सामाजिक परिवर्तन भएको बताउनुभयो । उहाँले भन्नुभयोः–“कला, सीप र क्षमताका धनी दलित समुदाय, भाडा बनाउने समुदायको मानिसले कलम चलाउन थालेर यो विकास गर्नु समुदायका लागि पनि गहना भएको बताउनुभयो । साथै पत्रकारिता क्षेत्रबाट उत्पीडनमा परेको समुदायको आवाजलाई अझै कलात्मक ढंगले विकास गर्नुपर्दछ, यसमा प्रकाशक तथा सम्पादक मानसिंह विश्वकर्मा भाइ र पत्रिका परिवारलाई धन्यवाद एवं शुभकामना ।”
कार्यक्रममा सम्पूर्ण रोल्पालीहरुको तर्फबाट नेपाली कांग्रेसका निवर्तमान सभापति एवं समाजसेवी कृष्णबहादुर घर्तीमगरले रोल्पा समाचार साप्ताहिकको प्रगतिले सिंगो रोल्पालीलाई खुशी बनाएको बताउँदै आगामी दिनमा पनि निरन्तर अगाडि बढाउनको लागि सबैसँग सहकार्य, सद्भाव, एकताका साथ कार्य सम्पादन गर्नका लागि अनुरोध गर्नुभयो ।
यसैगरी कार्यक्रममा संस्थापक प्रकाशक विपीपन कुवरले आफूले दर्ता गर्दा निकै कठिन भएको, सञ्चालन गर्नका लागि झन कठिन भएको बताउँदै त्यसको निन्तरताका लागि प्रकाशक एवं सम्पादक मानसिंह विश्कर्मा लगायत टिमलाई धन्यवाद दिनुभयो । अझै निरन्तरता दिनका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा स्वागत तथा धन्यवाद मनतव्य क्रमममा रोल्पा समाचार साप्ताहिकका प्रकाशक एवं सम्पादक मानसिंह विश्वकर्माले १४ वर्षमा यात्रा गरिरहेको शुखद अवसरमा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
शुभकामना मनतव्य
रोल्पा समाचार साप्ताहिक रोल्पा जिल्लाको समाचार मूलक पत्रिकाको हिसावले दोस्रो हो भने साप्ताहिक पत्रिका हिसावले पहिलो जेठो पत्रिका हो । यसरी कात्तिक २६ गते नै रोल्पा समाचारसाप्ताहिक प्रकाशनमा आएको थियो । रोल्पा जिल्लाको सञ्चार माध्यमहरुको इतिहासमा २०६० देखि २०७० सम्मको दशकलाई स्वर्ण दशक हो । रोल्पा समाचारले १३ आँै वर्ष पूरा गरी १४ वर्षको यात्रामा अगाडि यात्रारत छ । अनवरत यात्रामा घुम्तिमोड पार गर्दै अगाडि बढिरहेको यो शुखद अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यो हाम्रो सपलता एवं विकास सबैको साझा योगदानको प्रतिफल हो

रोल्पा समाचार साप्ताहिकको विगतको वार्षिकोत्सवको स्मरणः
हाम्रो वार्षिकोत्सबलाई वितगमा पनि भव्य एवं सान्दाररुपमा सम्पन्न गर्नका लागि सम्पानीय पूर्व प्रधानमन्त्री एवं तत्कालीन एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), सम्मानीय सभामुख ओनसरी घर्तीमगर, गृहमन्त्रीका हैसियतले मानीय कृष्णबहादुर महरा, अर्थमन्त्रीका हैसियतले माननीय वर्षमान पुनमगर, लगायतले गराउन पाउँदा निकै हर्षित छौँ । साथै पत्रकार महासंघको उपाध्यक्ष गोविन्द आचार्य, प्रेस काउनिसलका अध्यक्ष नारायण शर्मा, बोर्णबहादुर कार्की, प्रेस काउन्सिलका का.वा. अध्यक्ष किशोर श्रेष्ठ लगायतले हाम्रो कार्यक्रममा भव्यता बनाई दिनुभएको छ ।
१४ आँै वार्षिकोत्सव अवसरमा ऊर्जा, जलश्रोत एवं सिंचाई मन्त्री वर्षमान पुनमगर, माननीय उर्जा तथा जलश्रोत तथा सिचाई मन्त्री, माननीय प्रतिनिधीसभा सदस्य एवं पूर्व सभामुख ओनसरी घर्तीमगर, विशिशिष्ट अतिथिः माननीय आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, प्रदेश सभासदस्य दीपेन्द्र कुमार पुनमगर, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिल नेपालका का.वा. अध्यक्ष किशोर श्रेष्ठ, पूर्व संविधान सभा सदस्य एवं राष्ट्रिय दलित पत्रकार संघ, नेपाल विनोद पहाडी, प्रेस काउन्सिल नेपालका प्रमुख प्रशाकीय अधिकृत झविन्द्र भुसाल लगायतका विशिष्ट व्यक्तिहरुको आतिथ्यतामा गर्न पाउँदा निकै खुशी छाँै । यस अबसरमा हामीलाई सबैले निकै सहयोग गर्नुभएको छ । यो तपाईहरुको साझा योगदान हो । आगामी दिनमा पनि निरन्तरताको कामना गर्दछौँ ।
मेरो र रोल्पा समाचार सँगन समन्ध
मैले रोल्पा आवाज र रोल्पा समाचार साप्ताहिकको समाचार लेखन तथा साहित्य लेखन गर्दा गर्दै रोल्पा समाचारमा २०६४ साल पौष ८ गतेबाट समाचारदातामा काम गर्ने अबसर पाएं । २०६६ साउन २७ देखि प्रवन्धकको जिम्मा बहन गर्ने आधारभूमि तयार भयो । गर्दै २०६७ सालदेखि प्रकाशक एवं सम्पादकको जिम्मेवारी निर्वाच गरिरहेकोछु । आगामी दिनमा पनि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु । यहाँहरुको सबैको सहयोगबाट अगाडि बढ्नेछौँ । हाम्रो पूर्णकालीन तथा आशिंक कर्मचारी एवं समग्र सबैको सहयोगमा हाम्रो कदम अगाडि बढ्नेछन् ।

प्रेस काउन्सिलमा दर्ता एवं मुल्याङ्कन
रोल्पा जिल्लाबाट प्रकाशित पत्रिकालाई प्रेस काउन्सिल नेपालमा दर्ता गर्ने शुरुवाटमा निकै समस्या भयो । अर्थिक वर्ष २०६४÷२०६५ मुल्याङ्कनको दर्ता गरी निरन्तर रुपमा हालसम्म बर्गिकरणमा छन । यसलाई स्तर बढाई दिनका लागि अनुरोध गर्दछु । यसको विकास प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघ र रोल्पा जिल्लाका नेतृत्वको सामूहिक प्रयासमा अगाडि बढाई दिनहुन अनुरोध छ ।
आयकरमा दर्ता पक्रिया ः
२०६७ साल भाद्र २८ गते दर्ता गरियो । आर्थिक वर्ष २०६३÷०६४, आर्थिक वर्ष २०६४÷०६५, आर्थिक वर्ष २०६५÷०६६, आर्थिक वर्ष २०६६÷०६७, एकमुष्ट बुझाई काम कार्यलाई व्यस्थित गर्ने प्रयास गरियो । हाल हामी प्यान, र भ्याट लगायतम छाँै । राज्यलाई निरन्तर कर टिरेर देश समृद्ध बनाउने यात्रामा छौँ । त्यसैले उद्योगलाई विजुली र पत्रिकारहरुलाई करछुटमा कागजात खरिदमा सहुलियतको व्यवस्था गरि दिनका लागि माग गर्दछु ।

वेवसाइड सञ्चालनको पक्रिया ः रोल्पा समाचारलाई २०६७ साल मंसिरबाट नै हामीले हाम्रो सामग्रीहरुलाई अनलाईनमा राखेपछि अनलाईन श्रोताहरु बढेका छन् । त्यसले पनि हामीलाई अझै बलियो बनाएको छ । पाठकहरुको मायाँममता पाएका छाँै । त्यसलाई अब हामी नयाँ ढंगबाट चलाउने योजनामा छौँ । यसमा सबैको सहयोगबाट डिजिटल पत्रिकालाई अली मजबुट बनाउने छाँै । हाल यसका पाठकको संख्या बृद्धि भएको छ । यसलाई व्यवस्थित गरिनेछ ।
रोल्पा अफसेट प्रेश खरिदबारे एक चर्चा ।
प्रेस काउन्सिल नेपालले व्याज अनुदानमा प्रेस खरिदको लागि सहमति प्रदान गरेपछि हामीले प्रस्तावना राखेका थियौँ । प्रस्तावनामा सहमति स्वीकृत प्रदान गरेका थियो । हामीले सो प्रक्रिया अगाडि बढाएका थियाँै । सैद्धान्तिक सहमति पश्चात काठमाण्डौँमा “पुनित बि इन्टर नेश्नलसँग अफसेट खरिदका लागि सम्झौता २०६८ जेठ २२ गते एक महिनाभित्र प्रेस भन्सार कार्यालयमा आउने गरि काम सम्झौता गरियो । हामीले प्रेस लियौँ । अनि रोल्पा समाचार पत्रिका आफ्नै अफसेट प्रेसबाट छपाई गर्न थालेका होँ । हाल करिव ८ वर्ष भइसकेको छ । हाम्रो अफसेट प्रेस एवं स्टेशनरी सेवा एउटै छानाबाट हुन्छ । त्यसर्थ रोल्पा समाचार साप्ताहिक पत्रिका छपाई र अन्य अफसेटका कार्य भइरहेको छ । यसका लागि प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघ लगायत सबैलाई धन्यवाद व्यक्त गर्दछु ।

जनशक्तिको हालको अबस्था
शुरुवातको चरणमा चलाउन निकै समस्या भयो । सबैले स्वयम सेवि भावनाले मात्रै काम गर्ने गर्दथ्ये तर हाल हाम्रो विकास तिव्र रुपमा सञ्चालन भइरहेका छ । हाम्रो समाचार, अनलाईन, प्रेस तथा स्टेशनरी गरी १२ जना स्थायी, तथा १० जना स्वयम सेवक कर्मचारीहरु रहेका छन् । ती सबै हाल रोल्पा समाचर साप्तहिकमा समाचार, अफसेट प्रेस, स्टेशनरी सेवा गरी हामी ती कर्मचारीहरुको सबैको एकता र सहकार्य नै हाम्रो विकास एवं सफलताको आधार हो । यसलाई थप एकता बद्ध गरिनेछ ।

आगामी योजना संकल्प प्रस्ताव
रोल्पा समाचार साप्ताहिकको १४ आँै वार्षिकोत्सव मनाउँदा पाउँदा र सँगै भवन उद्घाटनको खुशी वाध्न पाउँदा निकै खुशी छाँै । रोल्पा जिल्लाका सबै नेता तथा नेतृत्वहरुको सहयोगबाट सम्भव भएको हो । नेपालको परिवर्तनको आन्दोलनमा लागेका धेरै मानिसहरु यसमा रोजगारी भएका छाँै । तसर्थ हामी सबैको साझा एजेण्डा भनेको हाम्रो उद्योगलाई विकास गर्नु र हाम्रो रोजगारको सुनिश्चत गर्नु हो । रोल्पा जिल्लाको नेता, सरकारी तथा गैर सकारी कार्यालय विभिन्न सामाजिक संघ सँस्था, विभिन्न निकायको सयोगमा हाम्रो यात्रा अगाडि बढेको छ । यसमा प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघ नेपाल, अन्य साझेदारी निकायलाई धन्यवादछ । अब हामीलाई १८।२५ साइजनको चेक मेसिनको आवश्यकता परेको छ । त्यस तर्फ ध्यान दिनका लागि अनुरोध छ । साथै हामीलाई भवन निर्माण त गरेको छाँै । सामान ढुवानी एवं माल सामान लग्न र लिनका लागि सडक कच्चि छ । तसर्थ सडक अनिवार्यमा रुपमा कालो पत्रे गरि दिनु हुनेछ । हाम्रो व्यापार तथा उद्योगबाट उत्पादन भएका सामानहरु हाम्रो सवारी साधानबाट ओसर पसार गरिने गरी सुनिश्चित गरिनेछ । यसका साथै १० वर्षमा आफ्ै प्रेसबाट रंगीनमा दैनिक पत्रिका प्रकाशन गर्ने हाम्रो तयारी आडि बढ्नेछ । यी कुरामा हाम्रो यात्रामा सबैको साथ रहनेछ ।
अन्त्यमा रोल्पा समाचार साप्ताहिकको १३ वर्षको यात्रामा मेरा ८ वर्षको हिडाई बारे पुस्तक लेख्न खोजे भनेपछि रामायण भन्दा पनि ठूला पुस्तक बन्न सक्छ । हाम्रो रोल्पा समाचार साप्ताहिक पत्रकारिता पेशा खान, बस्न, सुत्न, हिड्न केहीको पनि ठेगान छैन । भोक, प्यास, निद्रा, समयको कुनै प्रवाह नगरि जोखिम संगै खेल्ने, सत्य अन्वेणषण गर्ने यात्रा निरन्तर जारि रहनेछ । यसमा अझैँ नयाँ सहयात्रीहरु थपिने छन् । समाज रुपान्तरको यात्रा कलमबाटै अगाडि बढाउने छाँै । जतिबेला मृत्यु पनि हुन सक्छ । तर जारी छ । हाम्रो सामूहिकताको यात्रामै हामी गणतव्यमा पुग्न सक्छौँ । यो १४ वार्षिकोत्सव तथा नव निर्मित भवन उद्घाटन कार्यक्रममा आउनुभएका माननीय मन्त्री ज्यू, पूर्व सभामुख ज्यू, आन्तिक मामिला तथा कानून मन्त्री ज्यू, पत्रकार महासंघका केन्द्रीय अध्यक्षज्यू, प्रेस काउन्सिल नेपालका का.वा. अध्यक्षज्यू, लगायत सबै अतिथिज्यू, पत्रकार, सुरक्षाकर्मी लगायत सबैमा धन्यवाद व्यक्त गर्दछु ।
कार्यक्रमका विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य एवं पूर्व सभामुख ओनसरी घर्ती, प्रदेश सभासदस्य दीपेन्द्र कुमार पुनगर, पूर्व सविधानसभा सदस्य तारा घर्तीमगर, जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजबहादुर बुढा, रोल्पा नगरपालिका प्रमुख पुर्ण के.सी, थबाङ गाउँपालिका अध्यक्ष विरबहादुर घर्तीमगर माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर घर्तीमगर, सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीमगर, लुङ्ग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्का, जिल्ला समन्वय समिति सदस्य कर्मलाल परियार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला सचिव हरीप्रसाद घर्तीमगर, प्रेस काउन्सिल नेपालका प्रमुख प्रशाकीय अधिकृत झविन्द्र भुसाल, नेपाली काँग्रेस पार्टी रोल्पा जिल्ला निवर्तमान सभापति कृष्णबहादुर घर्ती, फोनिज रोल्पाका महासचिव मनोज घर्तीमगर, पत्रकार महासंघ नेपालका केन्द्रीय सदस्य गोपाल बराइली, रोल्पा न.पा. ४ नं. वडा अध्यक्ष नवराज आचार्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा नगरपालिका अध्यक्ष फविन्द्र आचार्य, जिल्ला प्रहरी कार्यालय रोल्पाको कार्यालय रोल्पाको प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङ, सशस्त्र प्रहरी बल गुल्म रोल्पाको प्रमुख प्र.ना.उ. कर्णबहादुर बुढा, नेपाल विद्युत प्राधिकरण कार्यालय रोल्पाका प्रमुख श्यामकुमार शर्मा, नेपाल बैंक लिमिटेड रोल्पा लिबाङ शाखा प्रबन्धक जलजला बहुमुखी क्याम्पस रोल्पाको क्याम्पस प्रमुख विष्ण आचार्य आथित्यता रहेको थियो ।
कार्यक्रममा संस्थापक प्रकाशक विपिन कँवर, वरिष्ठ कानुन सल्लाहकार खेमबहादुर बुढामगर, सल्लाहकार डी.वी. टुहुरो, कानुनी सल्लाहकार प्रेम प्रकाश हमाल, गैर सरकारी संघ संस्था महासंघ ५ नं. प्रदेश सदस्य अर्जुन डाँगी, नेपाल पत्रकार महासंघ जिल्ला रोल्पाको पाँचौ जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपाने, रोल्पा उद्योग वणिज्य संघ रोल्पाका सदस्य रमेश अधिकारी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको अध्यक्ष काशिराम डाँगी, जेष्ठ नागरिक संघको रोल्पा जिल्लाको अध्यक्ष तेजराज आचार्य, औषधी व्यवसायी संघ रोल्पाको अध्यक्ष शिवप्रसाद आचार्य, पूर्व प्रहरी संगठन रोल्पा जिलला अध्यक्ष एवं प्रतिनिधि, प्रेस संगठन नेपाल रोल्पाको संयोजक देवी कुमारी गुरुङ, बाल कल्याण नमूना माध्यमिक विद्यालय लिबाङ रोल्पाको प्राधानाध्यापक मदुसुधन पोख्रेल, क्रियाशील दलित पत्रकार संघ कर्णाली प्रदेशका सचिव धनराज अविरल जिसी, अधिबक्ता जीतविक्रम मल्ल लगायत, विभिन्न सरकारी तथा गैर सकारी सँस्थाका प्रमुख प्रतिनिधीहरुको आतिथ्यता थियो ।
कार्यक्रममा सम्मान


रोल्पा समाचार साप्ताहिको १४ आँै वार्षिकोत्सवको अवसरमा रोल्पा समाचार साप्ताहिकमा योगदान गर्ने सँस्थापक प्रकाशकलाई बिपीन कुवर, यज्ञश्वर वली (कार्यकारी सम्पादक), ओम खत्री (व्यवस्थापक), डिल्ली राज न्यौपाने (प्रमुख समाचारदाता), मनोज घर्तीमगर (समाचारदाता), टेकम वली (समाचारदाता), रामकुमार बुढामगर (वेव डेपलोपर) टेकबहादुर विश्वकर्मा (पत्रिका डिजाइनर), नन्द कुवर (व्यवस्थापक), प्रवेश आचार्य (सहसम्पादक), धनीराम शर्मा ऋतुविचार (सह सम्पादक), जुनिश कुमार विष्ट (सत्रिय समाचारदाता) प्रमुख अतिथि उर्जामन्त्री वर्षमान पुनमगर, पूर्व सभामुख अनेसरी घर्तीमगरले सम्मान गर्नुभएको थियो ।


यसैगरी रोल्पा समाचार साप्ताहिको १४ आँै वार्षिकोत्सवको अवसरमा रोल्पा समाचार साप्ताहिक तथा अफसेट प्रेसका विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगदाताहरुलाई सर्वाेकृष्ट सहयोगदाता सुनिल स्मृति गाउँपालिका, उत्कृष्ट सहयोगदाता रोल्पा नगरपालिका, उत्कृष्ट सहयोगदातासुनछहरी गाउँपालिका
उत्कृष्ट सहयोगदाता लुंग्री गाउँपालिका, उत्कृष्ट सहयोगदाता परिवर्तन गाउँपालिका,उत्कृष्ट सहयोगदाता थबाङ गाउँपालिका, उत्कृष्ट सहयोगदाता त्रिवेणी गाउँपालिका, उत्कृष्ट सहयोगदाता रुन्टीगढी गाउँपालिका, उत्कृष्ट सहयोगदाता गंगादेव गाउँपालिका, उत्कृष्ट सहयोगदाता माडी गाउँपालिका, सरकारी कार्यालयबाट नेपाल विद्युत प्राधिकरण कार्यालय, रोल्पा, रोल्पा अस्पताल रेउघा रोल्पा, जिल्ला प्रहरी कार्यालय रोल्पा, विद्यालयहरुको तर्फबाट हामीलाई सहयोग गर्ने बाल कल्याण मा.वि., आसासीय विद्यालयहरुको तर्फबाट
तुलसी आवासी मा.वि., रोल्पा उद्योग वाणिज्य संघ, मानव अधिकार तथा सचेतन केन्द्र हुरेक रोल्पा, ग्रामीण विकास तथा चेतना समाज रुडास रोल्पा, विकास सरोकार समाचार डिकोस रोल्पा, दलित महिला सचेतन केन्द्र रोल्पा, नेपाल रेडक्रस सोसाइटी, रोल्पा जलजला यातायात जलजला यातायात प्रा.ली, नमस्ते आर्शिरबाद नमस्ते यातायात प्रा.ली.लाई सम्मान गरिएको थियो ।
यसैगरी रोल्पा समाचार साप्ताहिको १४ आँै वार्षिकोत्सवको अवसरमा रोल्पा समाचार साप्ताहिकमा योगदान गर्ने तथा भवन निर्माणमा सहयोग गर्ने, जग्गादता डम्बरकुमारी हमाल, गोमा देवि आचार्य, सर्वज्ञा हार्डवर लिबाङ रोल्पा, नेपाल बैंक लिमिटेड रोल्पा, जेआरएस इन्जिनिरिङ सोलुसन प्रा.ली. रोल्पा न.पा. २, आइतराम बुढामगर, मानबहादुर थापा मगर, माधव आचार्य, बरमन बुढामगर, केसी इलेक्ट्रोनिक्स तिलक केसी, प्रज्योती फर्निचर, रेउघा सामुदायिक फर्निचर, वगेश्वरी ढुवानी सेवा, विष्ट ढुवानी सेवा लगायतलाई सम्मान गरिएको थियो । यसैगरी कार्यक्रममा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेर मनोरञ्जन प्रदान गर्ने तुलसी आ.मा.वि. लिबाङ, होलीभिजन आ.मा.वि. लिबाङ रोल्पालाई सम्मान गरिएको थियो ।

कार्यक्रम उद्घाटन समारोह
मञ्चमा अतिथिहरु र बाहिर पनि सहभागीहरुको भीड भियो । पानीको भरी निरन्तर परिरहेको थियो । त्यसैमा रोल्पा समाचार साप्ताहिकको १४ आँै वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रम प्रमुख अतिथि वर्षमन पुनमगरलेले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभयो । साथै विरुवामा पानी हालेर पालैपालोसँग अतिथिहरुले उद्घाटन गर्नुभयो । त्यस पछि रोल्पा समाचार साप्ताहिकको भवन उद्घाटनकोका लागि ताम्रापत्र खोल्ने काम भयो । सो ताम्रा पत्रमा लेखिएको अक्षर प्रमुख अतिथि ऊर्जा मन्त्री वर्षमान पुनको आग्रहमा अनुरोधमा पत्रबार महासंघका अध्यक्ष गोविन्द आचार्यले पढेर सुनाउनुभयो । त्यसपछि रिवन काटेर उद्घाटन गर्नुभएको थियो ।

मायाँको चीनो
रोल्पा समाचार साप्ताहिको १४ आँै वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रममा सहभागी भइदिएर कार्यक्रमको गरिमा र ऐतिहासिकता प्रदान गर्ने प्रमुख अतिथिः माननीय उर्जा तथा जलश्रोत तथा सिचाई मन्त्री, माननीय प्रतिनिधीसभा सदस्य एवं पूर्व सभामुख ओनसरी घर्तीमगर, विशिशिष्ट अतिथिः माननीय आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, प्रदेश सभासदस्य दीपेन्द्र कुमार पुनमगर, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिल नेपालका का.वा. अध्यक्ष किशोर श्रेष्ठ, पूर्व संविधान सभा सदस्य एवं राष्ट्रिय दलित पत्रकार संघ, नेपाल विनोद पहाडी, प्रेस काउन्सिल नेपालका प्रमुख प्रशाकीय अधिकृत झविन्द्र भुसाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं नेपाल राष्ट्रिय दलित पत्रकार संघका उपाध्यक्ष गोपाल बराइली लगायतलाई मायाको चीनो प्रदान गरिएको थियो ।
कार्यक्रम रोल्पा समाचार साप्ताहिकका प्रकाशक एवं सम्पादक मानसिंह विश्वकर्माको अध्यक्षतामा भएको थियो । सञ्चालन रोल्पा समामाचार साप्ताहिकका कार्यकारी सम्पादक रेशम विश्वकर्माले सञ्चालन गर्नुभएको थियो ।

You may also like