उपराष्ट्रपतिको पहलमा अब मदन भण्डारी लोकमार्ग रोल्पा हुँदै

–उपराष्ट्रपतिको ध्यानाकर्षणपछि भौतिक मन्त्रीले भने, ‘मदन भण्डारी लोकमार्ग प्यूठान–रोल्पा–सल्यान हुँदे सुर्खेत जोडिन्छ’
रोल्पा समाचारदाता
चैत्र २ गते, काठमाण्डौं

 


झापाको शान्तिपुरदेखि डडेलधुराको जोगबुढासम्म बन्ने मदन भण्डारी लोकमार्ग रोल्पा र सल्यान हुँदै निर्माण हुने भएको छ । सरकारले गत जेठमा १२ सय किलोमिटर लामो मदन भण्डारी लोकमार्ग निर्माण गर्ने घोषणा गर्दा प्यूठान–दाङ–सुर्खेत हुँदै जाने घोषणा गरेको थियो ।
अब मदन भण्डारी लोकमार्ग गुल्मीबाट प्यूठान–रोल्पाको खुङ्ग्री             (चतुर्भुज)–घोडागाउँ–माडीचौर–घर्तिगाउँ–जिनाबाङ– सल्यानको दमाचौर–खलङ्गा–कुविण्डे ताल–बालुवा संग्रही हुँदै सुर्खेत जोड्ने गरी संशोधन हुने भएको छ । पूर्व पश्चिम राजमार्ग र मध्य पहाडी पुष्पलाल लोकमार्गले नछुने रोल्पा र सल्यानलाई मदन भण्डारी लोकमार्गले पनि नछुने भएपछि दुई जिल्लाका जनता आक्रोसित बनेका थिए । उक्त कुराको सम्वोधन गर्नका लागि उपराष्ट्रति पुनमगरले सम्वोधन गरी रोल्पाका जनतालाई पनि जोड्न अनुरोध गरेपछि संशोधन हुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई ध्यानाकर्षण गराएपछि मदन भण्डारी लोकमार्ग रोल्पा र सल्यान हुँदै निर्माण हुने भएको हो । बुधबार अपरान्ह उपराष्ट्रपति पासाङलाई भेट्न उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले मदन भण्डारी लोकमार्ग अब प्यूठान–रोल्पा–सल्यान हुँदै सुर्खेत जोड्ने गरी निर्माण हुने बताउनुभयो ।


‘अब मदन भण्डारी लोकमार्ग प्यूठानबाट दाङ–सुर्खेत होइन रोल्पा–सल्यान हुँदै सुर्खेत जोडिन्छ’, उपराष्ट्रपतिसँगको घेटमा मन्त्री महासेठको भनाई उधृत् गर्दै उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले भने, ‘यसै अनुसार संशोधन हुन्छ र डीपीआर निर्माण हुन्छ ।’ लोकमार्गको गुल्मी भन्दा पश्चिममा विस्तृत आयोजना प्रतिवेदन               (डीपीआर) बनेको छैन ।
मदन भण्डारी लोकमार्ग रोल्पा–सल्यान हुँदै निर्माण गर्न उपराष्ट्रपति पासाङ, उर्जा, जलस्रोत तथा सिचाईं मन्त्री वर्षमान पुन ‘अनन्त’, पूर्वमन्त्री टेकबहादुर बस्नेत, कर्णाली प्रदेश मन्त्री प्रकाश ज्वाला लगायतले पहल गर्दै आउनुभएको थियो ।
प्रधानमन्त्रीलाई उपराष्ट्रपतिको ध्यानाकर्षण गराउनुभएको थियो । उपराष्ट्रपति पासाङले आफ्नो सचिवालय मार्फत गत माघ १६ गते प्रधानमन्त्री ओलीलाई पत्र लेखेर प्रस्तावित मदन मण्डारी लोकमार्ग निर्माण संशोधन गर्न ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले लोकमार्गलाई रोल्पा–सल्यान हुँदै लैजानुपर्ने ७ बुँदे कारण तथा औचित्य समेत सुझाव दिनुभएको थियो । १. पूर्वपश्चिम लोकमार्ग र पुष्पलाल लोकमार्ग दुवैले रोल्पा र सल्यानलाई नछुँदा ठूलो भाग छुट्न जाने, २. प्यूठानबाट सुर्खेत जोडिनलाई सापेक्षित छोटो दुरी पर्न जाने र सरल सहज हुन जाने, ३. रोल्पा र सल्यानको मध्ये भागबाट लोकमार्ग जाने हुँदा ठूलो जनसंख्या लाभाम्वित र उत्साहित हुने, बसाई सराइँको अहिलेको दरलाई लोकमार्ग निर्माण हुँदा न्यूनीकरण गराउन सहयोग मिल्ने, धेरै बस्तीहरु भएर लोकमार्ग जाने हुँदा बजार सुलभ बन्न गई उत्पादन वृद्धि हुने, जसले समृद्धिमा सहयोग पुग्ने, ६. एक दुई ठाउँ बाहेक स्थानीय रुपमा ट्र्याक खुलिसकेकोले निर्माण कार्यका लागि कुनै समस्या नहुने, ७. अहिले रोल्पा–सल्यानका जनता सुर्खेत वा पश्चिम जानका लागि घुमाउरो सडक दाङ झर्नुपर्ने बाध्यताको अन्त्य हुने विषय समेत सुझाव दिनुभएको थियो ।
गत जेठ ७ गते बसेको मन्त्री परिषद् बैठकका निर्णय अनुसार लोकमार्गले चुरे, भित्रि मधेस क्षेत्रलाई जोड्ने गरी मदन भण्डारी लोकमार्ग निर्माण गर्ने घोषणा गरेको थियो ।  झापाको शान्तिनगरबाट सुरु हुने लोकमार्ग सुनसरीको धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको रिडी, तम्घास, शिमलटारी, प्युठानको बागदुला, देवीस्थान, दाङको घोराही, तुलसीपुर, पुरनधारा, सुर्खेतको बोटेचौर, बड्डीचौर, डोटीको सिमचौर, वीपीनगर, कैलालीको सहजपुर, डडेलधुराको बुडर, जोगबुढा हुँदै रुपालसम्म पुग्ने भनिएको थियो । अब प्यूठानबाट दाङ नभई रोल्पा–सल्यान हुँदै सुर्खेत जोडिनेछ । यो मार्ग संशोधन हुनेभएपछि अब रोल्पा खुंग्री, घोडागाउँ, जेदबाङ, करेटी, माडीचौर, घर्तीगाउँ, जिनाबाङसम्मका जनताहरु पनि लाभाविन्त हुनेछन् । रोल्पाबाट आउने भएपछि रोल्पालीहरु खुशी भएका छन् । रोल्पालीहरु केन्द्रीय स्तरमा मुख्य भूमिका रहेको बेलामा मदन भण्डारी लोकमार्गले नछुदाँ बढेको गुनासाहरु अब छुने भएपछि हर्षित भएका छन् ।

 

You may also like