प्र.जि.अ. नरेन्द्र कुमार रानामगरद्वारा पत्रकार भेटघाट

प्र.जि.अ. नरेन्द्र कुमार रानामगरद्वारा पत्रकार भेटघाट
मङ्सिर २२ गते
लिबाङ रोल्पा


This image has an empty alt attribute; its file name is j1-1024x768.jpg

रोल्पा, प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरद्वारा आज पत्रकारहरु भेटघाट गर्नुभएको छ । सरोकारवाला निकायहरुसँगको भेटघाटले शान्ति सुरक्षा, शुसासनका कायममा जिल्ला प्रशासन कार्यालयलाई थप सहयोग पुग्ने भएको छ ।
उहाँले पत्रकार भेटघाटमा भन्नुभयो,‘संविधानले स्थानीयत तहहरुलाई धेरै अधिकारको व्यवस्था गरेको छ । तर, बजार अनुगमन, कोरोना भाइरस नियन्त्रण, विकास योजना लगायत अन्य कुराहरुमा कार्यालयले आवश्यक समन्वयमा गर्दै आएको छ । यस जिल्लाको शान्ति सुरक्षा सँगसँगै कार्यालयबाट प्रवाह सेवालाई नागरिक मैत्रीबाट प्रदान गर्दै आएको छ ।’
यस कार्यालयबाट प्रवाह सेवालाई थप प्रभावकारी बनाउनका लागि सरकोरावाला निकायहरुको सल्लाह सुझावहरुको अपेक्षासहित आज पत्रकार भेटघाट आयोजना गरेको उहाँले बताउनुभयो । यस जिल्लामा पछिल्लो समयमा आत्म हत्या बढ्दो क्रममा रहेको हँुदा यसलाई रोकथामका लागि सरोकारवाला निकायहरुसँग समन्वय सहकार्यमा न्यूनिकरण गर्नुपर्ने उहाँले जोड दिनुभयो । यस जिल्लामा यस कार्यालयको समन्वयमा कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी भूमिकालाई उहाँले स्मरण गर्दै अब यसको रोकथाममा पुनः जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।
संघीय सरकारबाट यस जिल्लाको रोल्पा नगरपालिका बाहेक अन्य नौं वटा स्थानीय तहहरुमा कोरोना अस्पताल निर्माणका लागि आवश्यक वजेटको व्यवस्था भएको हुँदा अब यस जिल्लामा कोरोना भाइरस नियन्त्रणमा सहज बन्ने प्रमुख जिल्ला अधिकार रानामगरले धारणा व्यक्त गर्नुभयो । घरेलु हिंसा न्यूनिकरणका लागि स्थानीय तहहरुमा सेफ हाउस सञ्चालन गर्नेपर्ने आवश्यक उहाँले आवश्यकता औल्याउनुभयो । सहभागी पत्रिकाहरुको शान्ति सुरक्षा, सुशासनमा देखिएका समस्याहरु सम्बन्धित निकायहरुमा जानकारी लिएर थप व्यवस्था गर्ने प्रतिवद्वता उहाँले व्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is j2-1024x768.jpg

यस कार्यालयले आर्थिक २०७७÷२०७८ को श्रावण महिनादेखि हालसम्मको कार्य सम्पादनको प्रगति विवरण उहाँले प्रस्तुत गर्नुभएको थियो । जन्मको आधारमा नागरिकता एक हजार ८६६, नागरिकताको प्रतिलिपि ६६३ , राहदानी– द्रुत सेवा २५६, साधारण सेवा १८२, राहदानी वितरण ११६, गुनासो वा ठाडो उजुरी ८ वटा, सक्कलै निवेदन ५ वटा, नामथर र उमेर आदि प्रमाणित एक हजार २३७ वटा, राष्ट्रिय परिचय पत्र एक हजार ६०९ वटा, पारिवारिक पेन्सन शपथ पत्र र रहल पहल सम्बन्धि सिफासि ११ वटा, सार्वजनिक मुद्वा दर्ता ८ वटा, संस्था नविकरण २४ वटा, ८ वटा पत्रिका नविकरण गरेको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको अन्तिम कार्यकालको अध्यक्ष महेश न्यौपाने, सोही अधिवेशनको पहिलो कार्यकाल अध्यक्ष मानसिंह विश्वकर्मा, संस्थागत अध्यक्ष काशिराम डाँगी सहित अन्य विभिन्न सञ्चामाध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागी थियो ।

You may also like