मतदान अधिकृत र सहायक अधिृतको तालिम सकियो

रोल्पा समाचारदाता
रोल्पा मंसिर ४
मंसिर १० गते सम्पन्न हुने पहिलो चरण अन्तरर्गत रोल्पा जिल्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको तालिम समापन भएको छ । ५ गतेदेखि सदरमुकामबाट अलि टाढा पर्ने स्थानमा टोली हिड्ने भएकाले गर्दा ४ गते समापन गरिएको छ ।
रोल्पा जिल्लाका ३२० जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको छ । तालिम दुइ चरण गरी प्रदान गरिएको हो । सो तालिममा मतदान अधिकृत र सहायक अधिकृतको क्षेत्राधिकार, कतव्र्य साथै आर्थिक तथा भौतिक व्यवस्थापका विषयमा प्रदान गरिएको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले बताउनुभयो । सो तालिममा मतदान स्थलको व्यवस्थापन, मतदान केन्द्र, मतदानका लागि सर्व पक्षिय तथा सर्वदलीय छलफल, सहकार्य, सुरक्षा चुनौति, मतदान स्थलमा गरिने विभिन्न क्रियाकलाप, मतपेटिको रक्षा लगायतका विषमया तालिम प्रदान गरिएको छ ।
तालिमको समापन कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरले राजनीतिक हिसावले यो युग परिवर्तन गर्ने रणनैतिक महत्वको चुनाव सफल पार्नका लागि सबैलाई अनुरोध गर्नुभयो ।
यस्तै मुख्य निर्वाचन अधिकृत बासुदेवलाल श्रेष्ठले सबै कर्मचारीहरुले यो राष्ट्रको अभियानलाई सफल पर्नका लागि अनुरोध गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा समितिका संयोजक डा. डिजन भट्टराईले सुरक्षा व्यवस्थापनको हिसावले सबै तयारी पुरा भइसकोले ढुक्क भएर मतदान केन्द्रमा गएर मतदान गराएर पट पेटिका लिएर आउनका लागि निर्देशन दिनुभयो । उहाँले सुरक्षाको हिसावले कुनै काम बाँकी नरहेको बताउँदै उहाँहरु सबैलाई राज्यको अभियान पूरा गर्नका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी सुशिल बैद्य, जिल्ला कृषि विकास कार्यालय रोल्पामा बरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी कल्पना पौडेल, जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रमुख ज्ञानेन्द्र फ्यूयाल, प्रमुख अनुसन्धान अधिकृत मनोज ढकाल, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह बिक लगायतको आतिथ्यता रहेको थियो ।
भोली विहान ७ बजेदेखि नै सम्पूर्ण मतदान अधिकृत र मतदान सहायकसहित अन्य कर्मचारीको टोली गाउँमा गाउँ–गाउँमा जानका लागि सम्पूर्ण तयारी भइसको जानकारी निर्वाचन कार्यालय रोल्पाले बताएको छ ।

You may also like