टावरै टावरको रमणीय डाँडामा सडक र खानेपानीको समस्या

टावरै टावरको रमणीय डाँडामा सडक र खानेपानीको समस्या
घनश्याम के.सी
असोज २३ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is g1-1024x576.jpg

शान्ति प्रक्रियापछि विभिन्न संस्थाहरुले रोल्पा जिल्लाको उपयुक्त उचाई भएको सातदो बाटोका नजिकको डाँडामा लाखौं लाख रकम लगानीमा टावर निर्माणबाट जनतालाई आ–आफ्नो प्रविधि सेवा प्रदान गरीरहेका छन् ।
यस जिल्लाको पूर्व पश्चिम जोड्ने सडकले सातदो बाटोलाई छोएको छ । तर, यस ठाउँको नजिकको डाँडासम्म सडकको पहुँच पुगेको छैन । सडकको पहुँच नहुँदा आवतजावत र आवश्यक सामग्री ओसारपसारमा असहज वातावरण सिर्जना भएको छ । उच्च डाँडामा सडकको पहुँच मात्र होइन खानेपानीको पनि पहुँच पुगेको छैन । यस डाँडामा निर्माधिन टावरको हेरचाहका लागि बसेका मानिसहरुलाई खाद्यन्न, खानेपानी, टावरमा आवश्यक साम्रगी सातादो बाटोबाट मानिसलाई काम गर्न असहज भएको छ ।

This image has an empty alt attribute; its file name is g1-1024x576.jpg

रोल्पा नगरपालिकाको सातदोबाटो सदरमुकाम लिबाङ नजिक रहेको डाँडामा घना जंगल सुन्दर ठाउँमा नेपाली टेलिकम, रेडियो नेपालको टावर, नेपाल टेलिभिजनको टावर, एनसेल टावर, सामुदायिक रेडियो जलजलाको टावर, सामुदायिक रेडियो रोल्पाको टावर, सामुदायिक रेडियो मालश्रीको टावर, हेल्लो मोबाइलको टावर, वरल्डलिङ्क इन्टरनेटको टावर, सुविसु इन्टरनेटको टावर, वयवसर्फर इन्टरनेटको टावर र भुकम्प मापन स्टेशनको टावर रहेका छन् । तर, यस ठाउँमा सडक सञ्जाल, खानेपानीको व्यवस्थापनमा कुनै पनि निकायको ध्यान दिएका छैनन् । ति टावरमा खटिने कर्मचारीहरुले जोखिम मोलेर काम गरीरहेका छन् । विरामी भएमा स्वास्थ्य संस्था पुगी उपचारका लागि समयमै पुग्न सक्ने अबस्था छैन । कुनै एक संरचनामा विद्युत सट भएर, चट्याङ परेर अथवा अन्य कुनै कारणले आगलागी भएमा तुरुन्त उद्धार गर्न सकीने अवस्था छैन । मानवीइ क्षति पनि हुनसक्ने सम्भावना छ । सडक विस्तार नहुँदा सम्भावित आगलागी हुँदा दमकल पानी र आवश्यक जनशक्ति उपलब्ध समस्या छ । यो सन्दुर रमणीय डाँडा गाउँ, बजारदेखि धेरै टाढा छ । सतादो बोटाको मुख्य सडकबाट डाँडामा पुग्न पैदल यात्राबाट करीव एक घण्टा समय लाग्छ । ति टावरमा खटिने कर्मचारीलाई दैनिकी आवश्यक सामानहरु खाद्यान्न, पानी, तरकारी, नयाँ टावर निर्माण वा निर्मित टावरको मर्मत सामग्री आफैले बोक्नु पर्ने बाध्यता छ । मानिसले पिठ्युमा बोकेर उक्त डाँडासम्म पु¥याउँदा चिप्लिदा सामान विग्रिदा आर्थिक भार बढेको छ । सातदो बाटोको दक्षिण क्षेत्रमा ढुङ्ग बगैचा र भ्यु टावरको संरचना निर्माधिन अवस्थामा छ । पर्यटनको प्रचुर सम्भावना बोकेको ठाउँको सडक विस्तार र खानेपानीको व्यवस्थामा सम्बन्धित निकायहरुले ध्यान पु¥याउन जरुरी छ ।

You may also like