रोल्पाका स्थानीयतहमध्ये रोल्पा नगरपालिका प्रथम भएपछि नगरप्रमुखद्वारा धन्यवाद व्यक्त


रोल्पा समाचारदाता
पुष ६ गते लिबाङ

This image has an empty alt attribute; its file name is rolpa-nagarpakia.jpg

रोल्पा जिल्लाका १० वटा स्थानीयतहहरु मध्ये रोल्पा नगरपालिका प्रथम भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्नमा रोल्पा नगरपालिका रोल्पा जिल्ला मै पहिलो भएको छ । लुम्बिनी प्रदेशले स्थानिय तह संस्थागत क्षमता स्वमूल्याकन गरेकोमा ८२.२५ प्रतिशत अङ्कका साथ रोल्पा नगरपालिका प्रथम भएको हो ।
रोल्पा नगरपालिका प्रथम स्थान र चौथो स्थानमा आएपछि रोल्पा नगरपालिका नगर प्रमुखको सचिवालयको पेजबाट रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तीमगरले धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले यो सफलता प्राप्त गर्नका लागिका मेहनत गर्ने जनप्रतिनधी, कर्मचारी लगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । त्यस्तै नगर प्रमुख सुरेन्द्र थापा घर्तीमगरले रोल्पा नगरपालिका राजनीतिक दल, कर्मचारी, पूर्व जनप्रतिनधी, साझेदारी निकाय, पत्रकार नागरिक समाज लगायत रोल्पाबासीलाई धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले यस वर्षमा पनि नतिजालाई कायम गर्ने गरी काम गर्ने सबैलाई आग्रह गर्नुभयो ।


संघीय सरकारले एल.आई. एस.ए. मापनमा शासकिय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक वजेट तथा व्यवस्थापन, वित्तिय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पुर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत व्यबस्थापन र सहकार्य र समन्वयमा मुल्याकन गर्दा उत्कृष्ट अङ्कका साथ रोल्पा जिल्लाका १० वटा स्थानिय तह मध्ये रोल्पा नगरपालिका पहिलो स्थानमा रहेको छ । यस्तै प्रदेश सरकारले गरेको एफ.आर.ए.मा चौथो स्थान हाशिल गरेको छ ।
यि सबै मापदण्डलाई मुल्याङ्कन गर्दा त्रिवेणी गाउँपालिका ७६.२५ प्रतिशतका साथ द्वितीय, सुनिलस्मृति गाउँपालिका ६९ प्रतिशत अङ्क साथ तृतिय भएको छ । त्यस्तै स्थानीयतह संस्थागत क्षमता स्वमूल्याङ्नमा सबैभन्दा कम अङ्क माडी गाउँपालिकाले ४१.२५ प्रतिशत अङ्क ल्याएको रोल्पा नगरपालिकाका लेखा प्रमुख बसन्त गरीले जानकाकरी जानकारी दिनुभयो ।
त्यस्तै वित्तिय सुशासन जोखिम मूल्याकन लुम्बिनी प्रदेशमा रोल्पानगरपालिका ८४.५ अङ्क लिएर चौथो नम्बरमा परेको छ । पहिलो धुर्कोट गाउँपालिका, दोस्रो गुल्मी दरबार गाउँपलिका र तृतिय मदाने गाउँपालिका भएको छ ।

You may also like