नेकपाका महासचिव विप्लब जनयुद्धको उद्गम स्थल थबाङदेखि आफ्नो पुख्यौली घरसम्म


मानसिंह विश्वकर्मा
मंसिर १० गते


नेकपाका महासचिव नेत्रविक्रम चन्द १० वर्षे जनयुद्धको उद्गम स्थल केन्द्रीय आधार इलाका थबाङ देखि आफ्नो पुख्यौली घर रोल्पाको इरिबाङसम्म पुग्नु भएको छ । पार्टी पुनर्गठन दिवसको अवसरमा सम्वोधान गर्न आउने कार्यक्रम अन्तगृत रोल्पाको पूर्वी गेट सुलिचौरबाट रोल्पा जिल्ला प्रवेश गर्नुभएमा महासचिव रोल्पा जिल्लाको बागमारा घर्तीगाउँका बजार केन्द्रमा पार्टी कार्यकर्ता र सर्वसाधारण जनतासँग भेटघाट गर्दै रोल्पाको लिबाङमा मंसिर १० गते अर्थात आज साझ रोल्पाको सदरमुकाममा आउन लाग्नु भएको छ ।
रोल्पाको थबाङमा लामो समयपछि प्रवेश गर्नुभएका विप्लबले जनतासभालाई सम्वोधन गर्दै जनताको लागि लडिएको जनयुद्ध जनताकै पक्षमा रहेको बताउँदै अझै पनि देशमा राष्ट्रिय स्वाधिनताका लागि अर्को जनयुद्ध हुने बताउनुभयो । उहाँले रोल्पाको थबाङमा प्रतिक्षारत रहेका कार्यकता र आम देशवासीलाई थबाङबाट सत्य तथा न्यायपूर्ण आन्दोलनमा आफ्नो पार्टीले नेतृत्व गर्ने र साथ दिन आग्रह गर्नुभयो ।


उहाँले जनता सपना पूराका लागि माओवादी आन्दोलनका लिडरहरुले बेलैमा सोच्न नसकेको बताउँदै दलाल तथा संसदीय राज्य व्यवस्थाका विरुद्ध बैज्ञानिक समाजले मात्रै हल गर्न सक्ने बताउनुभयो । उहाँले आफूले कहिल्यै पनि जनतालाई धोका नदिने बताउनुभयो ।
यस्तै रोल्पा इरिबाङमा जन्मिनु भएका नेत्रविक्रम चन्द आफ्नो पुख्यौली घर इरिबाङ पुग्दा त्यस क्षेत्रका जनता, पार्टी कार्यकर्ता र आफ्न्तले भव्य स्वागत गरेका छन् । नागरिकहरुले आफ्नो गाउँमा जन्मेर पनि देश र जनताको लागि ठूलो योगदान गर्न सफल भएकाले अझै पनि जनताको पक्षमा नै लडि रहन शुभकामना व्यक्त गरेका छन् । उनलाई आफ्ना कार्यकर्ताले मात्रै होइन कि आम नागरिकले पनि स्वागत गरेका छन् । यस्तै घर्तीगाउँ बजारमा आज विहान हुने कार्यकर्ताको भेटघाटलाई पनि मसिनरी छलफल चलाउने कार्यक्रम रहेको आयोजकले बताएको छ ।
सोमबार विहान ८ बजे रोल्पाको लिबाङमा हुने कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधी र नागरिक समाज र पत्रकार तथा सर्वसाधारणसँग राष्ट्रिय राजनीतिका बारेमा छलफल गर्नु हुने भएको छ ।


रोल्पा जिल्लामा पछिल्लो चरणमा विभिन्न पार्टीका मुख्य नेतृत्वहरु आउने क्रम जारी रहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि रोल्पाको थबाङदेखि लिबाङसम्म पुग्नुभयो । नेकपाका महासचिव नेत्रवित्रम चन्द पनि रोल्पाको थबाङदेखि देखि लिबाङसम्म पुग्नु भयो । उहाँहरु दुवै जनाले जनयुद्धको विषय, देशमा राष्ट्रिय स्वाधिनता, राष्ट्रियता, भ्रष्टचारीको अन्य, सामाजिक न्याय, शुसानको पक्षमा आफ्नो धारणा सार्वजनिक गर्नुले माओवादी आन्दोलनलाई एकीकृत गर्न सक्ने सम्भावना रहेको जनताको बुझाई बनेको छ ।


यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामीछाने पनि रोल्पाको थबाङमा आउनुभएको थियो । त्यति बेला कतिपयले राजनीतिक दललले राम्रो काम गर्न नसकेको गुनासो गरेका थिए । त्यसैले रोल्पालाई आफ््नो आधार इलाका नै बनाई राख्ने हो भने माओवादीहरुले विशेष ध्यान रोल्पालाई दिनै पर्दछ की ?

You may also like