उप प्रमुख घर्तीको संयाेजकत्वमा नगर स्तरीय संरक्षण विषयगत क्षेत्र समन्वय समिति गठन

उप प्रमुख घर्तीको संयाेजकत्वमा नगर स्तरीय संरक्षण विषयगत क्षेत्र समन्वय समिति गठन
असार, १ गते
लिबाङ–रोल्पा


रोल्पा नगरपालिका कार्यालय रोल्पाका उप प्रमुख मनकुमारी घर्तीमगरको संयोजकमा आज नगर स्तरीय संरक्षण विषयगत क्षेत्र समन्वय समिति गठन गरिएको छ । समितिले नगरपालिकाको वडाहरुमा स्थापना भएका क्वारेन्टाइनहरुमा महिला, बालबालिका र जेष्ठ नगरिकहरुको अवस्थामा अनुगमन गर्ने भएको छ ।
यस समितिलको निर्णय अनुसार यस नगरपालिका वडाहरुको विभिन्न ठाउँहरुका क्वारेन्टाइनमा राखिएका महिला, बालबालिका र जेष्ठ नागरिकहरुको व्यस्थापन र तिनीहरुको समस्याहरु बारेमा जानकारी लिनका लागि अनुगमन गर्ने जस्ता जनहितमा निर्णयहरु पारित भएको ग्ल्ँएब् रोल्पा जिल्ला कार्यक्रम अधिकृति खगेन्द्र भट्टले जानकारी दिनुभयो । समितिमा रोल्पा नगरपापिलकाको प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, शिक्षा शाखा प्रमुख उप सचिव महेन्द्र पराजुली, स्वास्थ्य शाखा प्रमुख टंक गिरी, विपद् व्यवस्थापन शाखा प्रमुख विपिन कँवर, जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला सेल मिना कुमारी बि.क, ग्ल्ँएब् जिल्ला कार्यक्रम अधिकृत खगेन्द्र भट्ट, नेपाल रेडक्रस सोसाइटी लिबाङ उपशाखा सभापति टेजराज आचार्य, मानन अधिकार सचेत केन्द्र (हुरेक) नेपाल रोल्पाको प्रतिनिधि, रोल्पा नगरपालिका कार्यालय महिला विकास निरीक्षक पवित्रा बुढामगर यस समितिको सदस्यमा रहनुभएको छ ।

You may also like