जनतालाई शुखी बनाउने गरी देशको नेतृत्व लिने विप्लबको सपना


मानसिंह विश्वकर्मा
११ मंसिर, रोल्पा ।


नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ दलाल संसदीय व्यवस्थाले निम्याएको विकृतिको विरुद्धमा र राष्ट्रिय स्वाधिनको पक्षमा रहदै नेपालीहरुलाई विदेशीहरुको हातबाट मुक्त गरी स्वतन्त्र नेपालको नेतृत्व गर्न चाहेको बताउँनुभयो । उहाँले भन्नुभयोः—“यो व्यवस्थाबाट जनतालाई शुखी र खुसी बनाउन सकिदैन, तर समाजवाद उन्मुख, राजनीति, अर्थ व्यवस्था निर्माण गर्दै जनतालाई खुशी बनाउने गरी देशको नेतृत्व आफू र आफ्नो पार्टी तयार छ । ” उहाँले देशमा कम्युनिष्ट, समाजवादी र देशभक्तहरुको धुव्रिकरण तिव्ररुपमा हुनु पर्ने बताउँदै आफूहरु माओवादी, कम्युनिष्ट, समाजवादी र देशभक्तहरुसँगको एकता सहकार्यलागि निरन्तर लागेको बताउँदै आफूहरुको गति अनुसार अरुले सोच्न ढिलाई गरेको बताउनुभयो ।
यस्तो नेकपा मध्य दक्षिण रोल्पा जिल्लाको आयोजनामा सोमबार लिबाङमा भएको अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनुभएको हो । आफूले पनि नेपालको नेतृत्व गर्ने सपना रहेको नेपालको अहिलेको असन्तुष्टि र अस्तव्यस्तताको निकास वैज्ञानिक समाजवादले मात्र सम्भव भएको बताउनुभएको छ । उहाँले करिव ५ वर्ष आफूहरुले नेतृत्व गर्न पाएपछि देशलाई स्वाधिनता बनाउनु पर्ने बताउनुभयो ।
महासचिव विप्लव सीले नेपालको राजनैतिक संकट देशमा गरिहदै गएकोले गर्दा त्यसको लागि सबैले आफ्नो स्थानमा जिम्मेवार रहदै एक पटक राष्ट्र र राष्ट्रियताबाट सोच्नका लागि अपिल गर्नुभयो । नेपालको राजनीतिक दिन प्रतिदिन गिजोलिएको बताउँदै अबको विकल्प भनेकै वैज्ञानिक समाजवाद रहेको बताउनुभयो । लोकतान्त्रिक प्रतिष्पर्धा भनिए पनि जनताको मत होइन, पैसा निर्णायक हुने गरेको उहाँको बताउँदै भन्नुभयो ः—“यो व्यवस्थामा गरिव तथा उत्पीडित वर्गको सत्तामा सहभागी हुन सक्दैन, त्यही दलाल तथा भ्रष्टचारीहरुको नै जाने गर्दछन् यो कसरी जनताको सहभागीता हुन सक्छ ? त्यसैले यो व्यवस्था फेर्न आवश्यक छ ।”
बाहिर तामझाम देखिए पनि भित्रभित्रै खोक्रो हुँदै गएको जीवनपद्धती बदल्न अहिलेकै राज्य प्रणालीबाट सम्भव नभएको उहाँको भनाइ छ । सामन्त वर्ग र दलाल पुजीपति वर्गलाई परास्त नगर्दासम्म नेपालको अर्थतन्त्र सीमित व्यक्तिकै निगाहमा रहने बताउनुभयो । नेपालको राज्यव्यवस्था सर्वाधिक संकटमा गुज्रिरहेको भन्दै विप्लवले अहिलेको अवस्थाबाट कोही पनि नागरिक सन्तुष्ट नभएको बताउनुभयो । परिवर्तनका निम्ति नेपाली जनताले गरेको बलिदानको अनुपातमा परिणाम प्राप्त नभएकाले असन्तुष्टि बढेको उहाँको भनाइ छ ।
बैदेशिक हस्तक्षेपकै कारण नेपाली परनिर्भर बन्दै गएको भन्दै उहाँले भन्नुभयो, ‘नेपालमा यदि साँच्चै राम्रो गर्ने हो भने विदेशीहरुको हस्तक्षेपबाट मुक्त गर्नसक्ने दृष्टिकोण, विचार, राज्य, नेतृत्व र जनता चाहिन्छ । यसको शृङ्खला नमिलेसम्म नेपाल कहिल्यै उँभो लाग्नेवाला छैन ।’ अर्को प्रसँगमा बोल्दै विप्लवले नामका लागि होइन, साँच्चैको माओवादी एकीकरणका लागि आफूहरु सदैव तयार रहेको बताउनुभयो । ‘अहिले समाजवादी मोर्चा पनि बनाएका छौं’ विप्लवले भन्नुभयो, ‘माओवादी मात्र किन ? सबै वामपन्थी एकठाउँमा आउनुपर्छ भन्ने हाम्रो मान्यता हो, त्यही अनुसार पहल पनि भइरहेको छ ।’
उहाँले आफूले निरन्तर जनताको पक्षमा लडिरहने बताउँदै रोल्पाली र आम देशबासीलाई धोका नदिने बताउँदै उहाँले आफूहरुलाई साथ दिनका लागि निरन्तर अपिल गर्नुभयो ।
रोल्पा लिबाङ भएको कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य सन्तोष सी, अनिल सी, केन्द्रीय सदस्य, पार्टी कार्यकता लगाययत, राजनीतिक दल, पत्रकार, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।
केन्द्रीय सदस्य तथा मध्य रोल्पा जिल्ला इन्चार्ज आक्रोस सीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन कपिल सीले गर्नुभएको थियो । स्वागत सेक्रटरी प्रभात सीले गर्नुभएको थियो ।

You may also like